Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ४, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

रासस २२ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष ४, शुक्रबार (१ घण्टा अघि)
स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

काठमाडौँ, ४ पुस
सन् २०४५ सम्म शूल्य कार्वन उत्सर्जन गर्ने तथा दिगो विकास लक्ष्य हासिल गर्न स्वच्छ ऊर्जा प्रविधिहरूको विकासमा जोड दिइएको छ । जर्मन विकास नियोग ९जिआइजेड०द्वारा आज यहाँ आयोजित ‘नेपालको स्वच्छ ऊर्जा भविष्य, दिगो ऊर्जा चुनौती कोषको उपलब्धि र अवसर’ विषयक छलफल कार्यक्रममा वक्ताहरूले स्वच्छ ऊर्जाको पहुँच विस्तारसँगै बजार निर्देशिक समाधानमार्फत ऊर्जा रुपान्तरणमा जानुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौतले नेपालमा स्वच्छ ऊर्जा भविष्य निर्माणका लागि दिगो ऊर्जा चुनौती कोष ९सस्टेनेबल एनर्जी च्यालेन्ज फण्ड० ले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

उहाँले निजी क्षेत्रलाई ऊर्जा क्षेत्रमा लगानी गर्न कोषले प्रोत्साहन गरेको, नवीन प्रविधिको प्रयोग बढाएको र ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वच्छ ऊर्जाको पहुँच विस्तार गर्न सहयोग पुगेको बताउनुभयो ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले दिगो ऊर्जा चुनौती कोषजस्ता कार्यक्रमले जलवायु परिवर्तनका असर न्यूनीकरण, रोजगारी सिर्जना र आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिएको धारणा व्यक्त गर्नुभयो ।

जिआइजेडका कार्यक्रम प्रबन्धक डा फ््रयाङ्क फेचरले नेपालसँगको सहकार्यलाई निरन्तरता दिँदै स्वच्छ ऊर्जा प्रवर्द्धनमा थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले दिगो ऊर्जा चुनौती कोषमार्फत साना तथा मध्यमस्तरका ऊर्जा परियोजनालाई वित्तीय तथा प्राविधिक सहयोग प्रदान गरिएको जानकारी दिनुभयो । उक्त कार्यले स्थानीयस्तरमा उद्यमशीलता विकास, ऊर्जा पहुँच विस्तार र दिगो विकास लक्ष्य हासिल गर्न मद्दत पुगेको फेचरको भनाइ छ ।

कार्यक्रममा केन्द्रका उपकार्यकारी निर्देशक डा नारायणप्रसाद अधिकारी र उपनिर्देशक शुभलक्ष्मी श्रेष्ठ, जर्मन दूतावासका बेन्जामिन सैडेल, जर्मन विकास नियोग ९जिआइजेड० का कार्यक्रम प्रबन्धक डा फेचर, विनका सल्लाहकार उसा मास्के मानन्धर, राष्ट्रिय वाणिज्य बैंकका राजीवमङ्गल जोशी, नेपालस्थित बेलायती दूतावासका साम फेल, ऊर्जा विशेषज्ञ सुमन ढकाललगायत वक्ताले आफ्नो धारणा राख्नुभएको थियो ।

स्वच्छ, दिगो तथा वातावरणमैत्री ऊर्जा विकासका सम्भावना, हालसम्म भएका उपलब्धि र आगामी अवसरबारे कार्यक्रममा छलफल गरिएको थियो । वक्ताहरूले स्वच्छ ऊर्जामा लगानी बढाउन अझै नीतिगत सुधार, निजी क्षेत्रको सक्रिय सहभागिता र अन्तरराष्ट्रिय साझेदारी आवश्यक रहेको धारणा राखेका थिए । यस्तै, ऊर्जा क्षेत्रमा नवप्रवर्तन, प्रविधि हस्तान्तरण र स्थानीय क्षमताको विकासमा जोड दिनुपर्नेमा धेरैको जोड थियो ।

कार्यक्रममा दिगो ऊर्जा चुनौती कोषअन्तर्गत सञ्चालनमा आएका परियोजनाका अनुभव, सिकाइ र सफलताका कथा प्रस्तुत गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

    देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

  • भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

    भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

  • शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

    शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

  • राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त

    राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ३ गते बिहिबार

    २०८२ पुस ३ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

    स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

    देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

    देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

    भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

    भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

    शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

    शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution