Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङको दार्खामा संचालित निःशुल्क स्वास्थ्य शिविरबाट ७ सय ७७ जना लाभान्वित

प्रत्यूष १०५ पटक पढिएको प्रकाशित मिति: २०८२ मंसिर २९, सोमबार (१ महिना अघि)
धादिङको दार्खामा संचालित निःशुल्क स्वास्थ्य शिविरबाट ७ सय ७७ जना लाभान्वित

धादिङबेशी,२९ मंसिर । उत्तरी धादिङको खनियाबास गाउँपालिका–स्थित दार्खामा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट ७ सय ७७ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन् । दुरदराजका तथा आर्थिक रूपमा कमजोर नागरिकलाई गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको थियो । शिविरमा खनियाबास गाउँपालिकासहित छिमेकी गाउँपालिकाका नागरिकहरूले समेत सेवा लिएका थिए ।

अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजनामा, धादिङ समाज अमेरिकाको सहकार्य, धादिङ समाज बेल्जियमको विशेष सहयोग तथा मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको प्राविधिक सहयोगमा मंसिर २६ र २७ गते शिविर सम्पन्न भएको हो । स्थानीय सहयोगमा खनियाबास गाउँपालिका र डिपिन धादिङ रहेका छन् ।

खनियाबास ग्रामीण अस्पतालको परिसरमा सञ्चालन गरिएको शिविरमा जनरल फिजिसियन, महिला रोग विशेषज्ञ, दन्त रोग विशेषज्ञ तथा हाड–जोर्नी विशेषज्ञसहितको चिकित्सक टोलीले सेवा प्रदान गरेको थियो । अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालका अनुसार दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी सहज र निःशुल्क रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो ।

शिविरमा महिला स्वास्थ्य सम्बन्धी १ सय ७० जना, हाड–जोर्नी सम्बन्धी २ सय ६० जना, दाँत सम्बन्धी १ सय ७० जना तथा इन्टरनल मेडिसिन सम्बन्धी १ सय ६० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। यस क्रममा १ सय ४० जनाको दाँत निकालिएको, १ सय ५० जनाको भिआइए परीक्षण तथा १ सय ६० जनाको भिडियो एक्स–रे गरिएको आयोजकले जनाएको छ।

अन्तर्राष्ट्रिय धादिङ समाजका सल्लाहकार तथा डिपिन धादिङका अध्यक्ष डा. प्रताप छत्कुलीका अनुसार शिविर मंसिर २६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म र मंसिर २७ गते दिउँसो १ बजेसम्म सञ्चालन गरिएको थियो। शिविरमा स्वास्थ्य परीक्षण, परामर्श, औषधि वितरण तथा आवश्यक परे थप उपचारका लागि सिफारिस समेत गरिएको थियो ।

शिविर समापन कार्यक्रममा खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सम्मान गर्दै निःशुल्क स्वास्थ्य शिविर आयोजना तथा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सेक्केमान तामाङ, वडा अध्यक्षहरू, स्वास्थ्य प्रमुख ईतराम तामाङ, खनियाबास ग्रामीण अस्पतालका इन्चार्ज शंकर पटेल लगायतको सहभागिता रहेको थियो ।

शिविर सफल बनाउन अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष तथा कार्यक्रम संयोजक राजन खकुराल, धादिङ समाज अमेरिका अध्यक्ष टकबहादुर रुवाली तथा धादिङ समाज बेल्जियमका अध्यक्ष कृष्णप्रसाद न्यौपानेलगायतको विशेष सहयोग रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

  • धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

  • अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution