Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

घरबासले फेरिँदै कोरिखाका महिलाको दैनिकी

रासस १०४ पटक पढिएको प्रकाशित मिति: २०८२ मंसिर २८, आईतबार (१ महिना अघि)
घरबासले फेरिँदै कोरिखाका महिलाको दैनिकी

बन्दीपुर (तनहुँ), २८ मङ्सिर
 पहिलाको रिखा गाउँकाका अधिकांश महिला खेतीपातीमा रमाउँथे । महिलाको दैनिकी घर, परिवार र खेतीपाती सम्हाल्ने हुन्थ्यो । तर पछिल्लो समय होमस्टे ९घरबास०सञ्चालनमा आएपछि गाउँमा आयआर्जन गर्ने नयाँ माध्यम बन्नुका साथै यहाँका महिला आत्मनिर्भर बन्दै गएका छन् ।
तनहुँको बन्दीपुर गाउँपालिका(५ मा रहेको कोरिखा सामुदायिक घरबास विसं २०७५ देखि सञ्चालनमा आएको हो । सुरुआतमा गाउँका २४ मध्ये ११ परिवारको सहभागितामा सञ्चालनमा ल्याइएको घरबास अहिले विस्तार हुँदै गएको छ ।
सामुदायिक घरबासको आफ्नै भवन निर्माण सम्पन्न भइसकेको जनाउँदै घरबासकी अध्यक्ष सावित्री गुरुङले ५० जना पाहुना सहिजै बस्न मिल्नेगरी संरचना बनाइएको बताउनुभयो । गाउँमा रोजगारीको अभावका कारण युवा वैदेशिक रोजगारीमा जान बाध्य भएका उल्लेख गर्दै उहाँले भन्नुभयो, “युवालाई गाउँमै रोक्न सकियोस् भन्ने उद्देश्यले आफ्नै ठाउँमा केही गरौँ भन्ने सोचबाट होमस्टे सुरु गरेका हौँ ।”
बन्दीपुर(५ को कोरिखा क्षेत्रमा घरबास सञ्चालन गरिरहनुभएकी सोममाया गुरुङले भन्नुभयो, “पहिला घरधन्दा र खेतीपातीमै समय बित्थ्यो । होमस्टे सुरु भएपछि पाहुनालाई सेवा दिन पाउँदा सानो भए पनि आम्दानीको बाटो खुलेको छ । आफ्नै घरबाट आम्दानी हुन थालेपछि आत्मविश्वास पनि बढेको छ ।”
घरबास सञ्चालक चिनिमाया गुरुङले आम्दानीको स्रोत स्थापित हुँदै गएपछि आत्मविश्वास बढ्नुका साथै गाउँमै केही गर्न सकिन्छ भन्ने विश्वास दिलाएको बताउनुभयो । कम आम्दानी भए पनि घरखर्च चलाउन सहज भएको उहाँको भनाइ छ । पाहुनासँग घुलमिल हुँदा हाम्रो संस्कृति, कला, परम्पराका चिनाउन पाउँदा खुसी लाग्ने उहाँको अनुभव छ ।
घरबासमा आउने पाहुनालाई बेलुकाको खाजा, खाना र बास तथा बिहानको खाजासहित प्रतिव्यक्ति रु ८०० को एकमुष्ट योजना ९प्याकेज० उपलब्ध गराउने गरिएको चिनिमायाले जानकारी दिनुभयो । “यहाँ विशेषगरी स्थानीयस्तरमा उत्पादित ढिँडो, लोकल कुखुरा, खसी तथा बोकाको मासु, कोदोको रोटी र मह खुवाउने गरिन्छ । साथै स्थानीय संस्कृति झल्कने कौरा, चुड्का र घाटु नृत्यसमेत प्रस्तुत गरिन्छ”, उहाँले भन्नुभयो ।
पर्यटन पहुँचका हिसाबले पनि कोरिखा सहज स्थानमा पर्दछ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका(५ याम्पाबाट करिब छ किलोमिटर दूरीमा रहेको कोरिखा सवारीसाधनबाट करिब १५ मिनेटमा पुग्न सकिन्छ । त्यस्तै, डुम्रेबाट बन्दीपुर हुँदै वा बन्दीपुर बजारबाट बाहुन भञ्ज्याङ पार गरी करिब १५ मिनेटको सवारीयात्रामा कोरिखा पुग्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

  • नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

  • बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

  • म्याग्दीमा रु ३१ करोड ६० लाखको सुन्तला उत्पादन

    म्याग्दीमा रु ३१ करोड ६० लाखको सुन्तला उत्पादन

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २६ गते सोमबार

    २०८२ माघ २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

    म्याग्दीमा रु ३१ करोड ६० लाखको सुन्तला उत्पादन

    म्याग्दीमा रु ३१ करोड ६० लाखको सुन्तला उत्पादन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution