Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ मंसिर २८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

प्रत्यूष ३० पटक पढिएको प्रकाशित मिति: २०८२ मंसिर २८, आईतबार (६ घण्टा अघि)
मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

दमौली (तनहुँ), २८ मङ्सिर
 भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन(पोखरा सडक शीघ्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ । जामुनेबाट पोखरासम्म पर्ने पश्चिमखण्डको आज निरीक्षण गर्दै उहाँले निर्धारित समयमा काम सम्पन्न गरी आवागमन सहज बनाउन निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको हो ।
मन्त्री घिसिङले पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्मको हालसम्म भएको प्रगति विवरणबारे जानकारी लिँदै समस्या समाधानका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पश्चिम खण्डमा भौतिक प्रगति ५९ दशमलव ७६ प्रतिशत र वित्तीय प्रगति ४७ दशमलव ८० प्रतिशत भएको छ ।
आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार ४८ दशमलव ८८ किलोमिटर दूरीको उक्त खण्डमा हालसम्म ३७ दशमलव चार किमीमा एकतर्फी रूपमा पहिलो तहको कालोपत्र सकिएको छ । त्यसमध्ये २९ दशमलव ६१ किमीमा चार लेन र सात दशमलव ७९ किमीमा दुई लेन कालोपत्र सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।
उक्त खण्डमा १२ मध्ये ११ पुल निर्माण सम्पन्न भइसकेका छन् भने सेती नदीमा पुल निर्माणाधीन छ । गत आर्थिक वर्षमा पश्चिम खण्डको २५ किमी सडक चार लेनमा स्तरोन्नति गर्ने लक्ष्य राखिएकामा २३ दशमलव शून्य छ किमी कालोपत्र भएको आयोजना प्रमुख कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार ११ पुल निर्माण गर्ने लक्ष्य राखिएकामा लक्ष्यबमोजिम ११ वटै सम्पन्न भएका छन् ।
छैसठ्ठी कल्भर्ट निर्माण गर्ने लक्ष्य राखिएकामा ६५ र ५१ दशमलव पाँच किमी नाला निर्माण गर्ने लक्ष्य राखिएकामा ४५ दशमलव दुई किमी सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ । आगामी पुस १६ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७८ जेठ ३ गते रु सात अर्ब ४० करोडमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • घरबासले फेरिँदै कोरिखाका महिलाको दैनिकी

    घरबासले फेरिँदै कोरिखाका महिलाको दैनिकी

  • धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

    धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

  • आत्मनिर्भरताको प्रतीक: बद्री दाइ र उहाँको लटरम्म सुन्तला बगैंचा

    आत्मनिर्भरताको प्रतीक: बद्री दाइ र उहाँको लटरम्म सुन्तला बगैंचा

  • एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछ : मन्त्री घिसिङ

    एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछ : मन्त्री घिसिङ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ मंसिर २८ गते आईतबार

    २०८२ मंसिर २८ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    घरबासले फेरिँदै कोरिखाका महिलाको दैनिकी

    घरबासले फेरिँदै कोरिखाका महिलाको दैनिकी

    मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

    मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

    धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

    धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

    आत्मनिर्भरताको प्रतीक: बद्री दाइ र उहाँको लटरम्म सुन्तला बगैंचा

    आत्मनिर्भरताको प्रतीक: बद्री दाइ र उहाँको लटरम्म सुन्तला बगैंचा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution