धादिङबेशी,२७ मंसिर । नेपाली कांग्रेस धादिङले प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनका लागि ३५ जना उम्मेदवारको नाम प्रदेश समितिमा सिफारिस गरेको छ । नेपाली कांग्रेस धादिङले २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन (प्रत्यक्ष तथा समानुपातिक) र २०८२ माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनलाई लक्षित गरी संघीय निर्वाचन क्षेत्र नं. १ र २ बाट उम्मेदवार सिफारिस गरेको हो ।
संघीय निर्वाचन क्षेत्र नं. १ को प्रत्यक्षतर्फ अर्जुनप्रसाद उप्रेती, कविन शाक्य, कृष्ण रिजाल, खिल गिरी, बद्रीप्रसाद अर्याल, विकास अधिकारी, विश्वप्रसाद अर्याल, मनोजकुमार श्रेष्ठ, रवि सुदन थापा, राधाकृष्ण भण्डारी सिफारिस भभएका छन् । समानुपातिक तर्फ उर्मिला थपलिया, कविता इटनी, भक्तकृष्ण सापकोटा, ज्ञानेन्द्र सिलवाल रहेका छन् । राष्ट्रिय सभातर्फ माधवराज पाण्डे, हरि अधिकारी रहेका छन् ।
संघीय निर्वाचन क्षेत्र नं. २ को प्रत्यक्षतर्फ रमेशप्रसाद धमला, वासुदेव तिमल्सिना, तिलकप्रसाद रुवाली, गोपाल विश्वकर्मा, दिनेशबहादुर गुरुङ, ईश्वर अधिकारी, डा. अमितसिंह कार्की, चन्द्रबहादुर थापा, अश्विन दुवाडी, देवीकुमारी बुर्लाकोटी, कल्पना अधिकारी रहेका छन् । समानुपातिकतर्फ दिलमान पाख्रिन, चीजकुमार श्रेष्ठ, अर्जुनबहादुर थापा, सेतेमान तामाङ, बालकृष्ण नेपाली, शान्ताकुमारी तामाङ, भगवती उप्रेती, रीता थापा मगर रहेका छन् । राष्ट्रिय सभातर्फ दिलमान पाख्रिन नाम सिफारिस भएको छ ।




प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
| प्रधानसम्पादक : | बद्रि अधिकारी |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |