Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

गाउँघरमा प्रयोग हुने परम्परागत पानीघट्टाको प्रचलन हराउँदै

रासस १३३ पटक पढिएको प्रकाशित मिति: २०८२ मंसिर २५, बिहिबार (१ महिना अघि)
गाउँघरमा प्रयोग हुने परम्परागत पानीघट्टाको प्रचलन हराउँदै

भोजपुर, २५ मङ्सिर
 गाउँघरमा कुटानीपिसानीका लागि प्रयोग हुँदै आएको परम्परागत पानीघट्टा चलाउने प्रचलन भोजपुरमा क्रमशः हराउँदै गएको छ ।  संरक्षण अभावमा पानीघट्टाजस्ता परम्परागत साधन ओझेलमा पर्न थालेका हुन् ।
ओरालोमा पानीलाई कुलोमार्फत झारेर पङ्खा घुमाइ ढङ्गाको जातोको साहाराले मकै, गहुँ, कोदो, फापर, जौंलगायत अन्न पिस्ने पानीघट्टा विगतमा ग्रामीण क्षेत्रको प्रमुख कुटानीपिसानी विधि थियो । गाउँघरका बासिन्दाले कुटानी–पिसानीका लागि सहज, सस्तो र सरल विकल्पका रूपमा पानीघट्टालाई अपनाउने गर्थे । तर, अहिले पानीघट्टा चलाउने परम्परा हराउँदै गएको टेम्केमैयुङ–५ का वृद्ध बेनीबहादुर विष्ट बताउनुहुन्छ ।
“अहिले पानीघट्टाको चलन हराउँदै गएको छ”, उहाँले भन्नुभयो, “पहिला टोलभरिका मानिस कुटानीपिसानी गर्न पानीघट्टा आउने गर्थे, अहिले यो पुरानो चलन लोपहुँदै गएको छ ।” पानीघट्टामा कुटानीसिपानी गर्दा विद्युतीय तथा डिजेल, पेट्रोलबाट सञ्चालन हुने मिल भन्दा सस्तो पर्ने टेम्केमैयुङ–५ मा पानीघट्टा सञ्चालन गर्दै आउनुभएका हरिबहादुर लम्सालले बताउनुभयो ।
पछिल्लो समय पानीघट्टा चलाउने प्रचलन लोपहुँदै गएको उहाँले बताउनुभयो । आफूले भने परम्परागत सामग्रीको संरक्षण गर्ने लक्ष्यले पानीघट्टा चलाउँदै आएको उहाँको भनाइ छ । “पानीघट्टामा पिसिएको अन्न स्वादिलो हुन्छ”, उहाँले भन्नुभयो, “आधुनिक प्रविधिको विकाससँगै यस्ता परम्परागत सामग्री हराउँदै गइरहेका छन्, मैले भने परम्परा जोगाउन निरन्तर चलाइरहेको छु ।” उहाँले पानी प्रशस्त भएको समयमा पानीघट्टाले दिनमा छदेखि आठ मुरीसम्म अन्न पिस्न सक्ने  बताउनुभयो ।
स्थानीयका अनुसार पानीघट्टाले पिसिएको अन्न स्वादिलो, ताजा र स्वास्थ्यका लागि उत्तम हुन्छ । प्राकृतिक तरिकाले पिसिने भएकाले अन्नको पोषण र स्वाद जस्ताको त्यस्तै रहने उनीहरुको भनाइ छ । तर, पछिल्लो पुस्ताले यस्तो परम्परागत साधनप्रति कम चासो देखाउँदै आएको छन् । परम्परागत सीप र पहिचान जोगाउन पानीघट्टाको संरक्षण गर्न आवश्यक रहेको स्थानीयवासीले बताउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

  • नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

  • बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

  • म्याग्दीमा रु ३१ करोड ६० लाखको सुन्तला उत्पादन

    म्याग्दीमा रु ३१ करोड ६० लाखको सुन्तला उत्पादन

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २६ गते सोमबार

    २०८२ माघ २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

    म्याग्दीमा रु ३१ करोड ६० लाखको सुन्तला उत्पादन

    म्याग्दीमा रु ३१ करोड ६० लाखको सुन्तला उत्पादन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution