Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ मंसिर २४, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

मुस्ताङमा स्याउ बगैँचा व्यवस्थापन गर्न सुरु

रासस १८ पटक पढिएको प्रकाशित मिति: २०८२ मंसिर २४, बुधबार (१ घण्टा अघि)
मुस्ताङमा स्याउ बगैँचा व्यवस्थापन गर्न सुरु

मुस्ताङ, २४, मङ्सिर
 यहाँका घरपझोङ, थासाङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका किसान यतिबेला स्याउ बगैँचा व्यवस्थापनमा जुटेका छन् । गुणस्तरीय स्याउ उत्पादन गरी उत्पादकत्व बढाउने उद्देश्यले स्याउको बगैँचा व्यवस्थापन अनिवार्य भएपछि किसानको सक्रियता बढेको हो ।
जिल्लामा विगतका वर्षभन्दा यस वर्ष स्याउ बगैँचा व्यवस्थापन चाँडो सुरु गरिएको हो । भदौदेखि कात्तिकसम्म स्याउको ‘पोस्टहार्भेस्ट’ ९बाली उत्पादन वा कटानीदेखि उपभोक्ताले उपभोग नगरेसम्म गरिने व्यवस्थापनका सम्पूर्ण क्रियाकलाप० सकिएसँगै स्याउका बोटमा पात झरेर उजाड बनिसकेका छन् । यस वर्ष जमिनको तापक्रम नघटेकाले स्याउका पात छिटो सुकेका किसान बताउँछन् ।
समान्यतया यहाँ स्याउ बगैँचा व्यवस्थापन पुस र माघमा गर्ने गरिए पनि यस वर्ष पातहरू झरिसकेकाले बगैँचा व्यवस्थापनमा किसानको सक्रियता बढेको घरपझोङका किसान दिवश थापाले बताउनुभयो । हिउँदयामको जाडो मौसममा यहाँका किसानले आफ्नो समयअनुकूल बगैँचाको व्यवस्थापन गर्ने उहाँले जानकारी दिनुभयो ।
“बगैँचा व्यवस्थापनको पहिलो प्राथमिकतामा स्याउका बोटको उपयुक्त काँटछाँट गर्नुहुन्छ । प्रत्येक बोटका हाँगाबिगामा सूर्यको प्रकाश समान रूपमा पर्नुपर्ने र चारैतिरबाट हावा खेल्नुपर्ने हुन्छ । यसो भएमा सूर्यको प्रकाश र हावाको माध्यमबाट बिरुवालाई चाहिने आवश्यक तत्व प्राप्त हुन्छ । बोटमा पलाएका अनावश्यक हाँगाबिगा र पातले स्याउको गुणस्तर र उत्पादनमा ह्रास पुर्‍याउन सक्ने भएकाले उपयुक्त काँटछाँट गर्नु जरुरी हुन्छ”, किसान थापाले भन्नुभयो । जलवायु परिवर्तनका कारण तापक्रम नघट्दा स्याउको हार्भेस्ट पछि छिटोछिटो पात झरेर बगैँचाका बोटहरू पतझड जस्तै बनेका उहाँको भनाइ छ ।
हिउँदयामा किसानलाई बगैँचा व्यवस्थापन गर्न भ्याइनभ्याइ हुने गर्दछ । बोट काँटछाँट गर्नु, मलजल तथा सिँचाइको व्यवस्था गर्नु, रोगकिराको सङ्क्रमणबाट जोगाउन ‘बोरोपेस्ट’ र बोरोमिक्चर’ छर्किनुलगायत काम गर्नुपर्ने किसान थापाले जानकारी दिनुभयो । बगैँचाको उचित व्यवस्थापन नगरे अपेक्षा गरेअनुरुपमा गुणस्तरीय उत्पादन नदिने उहाँको भनाइ छ ।
स्याउखेतीका लागि हिउँदयामको हिउँ अति आवश्यक मानिने किसान थापाले औँल्याउनुभयो । बगैँचा व्यवस्थापन गर्ने समयमा परेको हिउँले जमिनको उर्वराशक्तिलाई मजबुद बनाउने, जमिनको भित्री तहसम्म सिँचाइ पुग्ने र रोगकिराको सङ्क्रमणलाई न्यूनीकरण गर्न मद्दत पुर्‍याउने थापाले जानकारी दिनुभयो । पछिल्लो समय अनुकूल मौसममा हिउँ नपर्दा प्राकृतिक सिँचाइको विकल्प खोज्नुपरेको उहाँको भनाइ छ ।
मुस्ताङको तल्लो क्षेत्रका तीन पालिकाका किसानले स्याउ बगैँचा व्यवस्थापन गर्न सुरु गरेपनि माथिल्लो क्षेत्रमा आगामी पुस १५ गतेदेखि माघ मसान्तसम्म व्यवस्थापन गरिने जिल्लास्थित कृषि तथा पशु विकास कार्यालयका प्रमुख राजेश गुरुङले जानकारी दिनुभयो । माथिल्लो मुस्ताङको उच्च उचाइमा तापक्रम घटेकाले बोटबकाट पात पूर्ण रूपमा झर्न समय लाग्ने भएकाले ती क्षेत्रमा बगैँचा व्यवस्थापन ढिलो सुरु हुने उहाँले बताउनुभयो ।
स्याउको हार्भेस्ट भइसकेर बोटहरूबाट पात झरिसकेकाले यो बेला बगैँचा व्यवस्थापन प्रमुख भएको गुरुङले उल्लेख गर्नुभयो । बाटमा पलाएका अनावश्यक हाँगाहरू काँटछाँट गर्ने, रोगकिरा नियन्त्रणका लागि सुक्ष्म खाद्य तत्व तथा बोरोपेस्ट र बोरोमिक्चर उपयुक्त विधि अपनाएर छर्किनुपर्ने उहाँको भनाइ छ । “यसरी बोटहरूबाट झरेका पाँतलाई एकिकृत गरी मलको रूपमा प्रयोग गर्न सकिन्छ । स्याउको गुणस्तर र उत्पादन वृद्धि गराउन बगैँचा व्यवस्थापनभित्र पर्ने सबै मापदण्ड पूरा गर्नुपर्ने हुन्छ”, कार्यालय प्रमुख गुरुङले भन्नुभयो ।
कार्यालयले स्याउ बगैँचा व्यवस्थापनका लागि स्थानीय तहका कृषि प्राविधिक, सरोकार भएका निकायका कृषि प्राविधिकलगायतलाई लक्षित गरी तीनदिने स्याउ बगैँचा व्यवस्थापनसम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक तालिम सञ्चालन गरेको कार्यालय प्रमुख गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार हिउँदयामको समयमा स्याउका बोटहरू सुषुप्त अवस्था अर्थात् निदाएको अवस्थामा हुने भएकाले यो बेलामा गरिएको व्यवस्थापनले उपयुक्त प्रतिफल दिने छ । अन्य समय गरिएको व्यवस्थापनले स्याउका बोटहरूलाई क्षति पुर्‍याउन सक्ने भएकाले किसानले यसतर्फ ध्यान दिनुपर्ने उहाँले सुझाव दिनुभयो ।
जिल्लामा यस वर्ष स्याउको उत्पादन आशिंक रूपमा ह्रास आएको जनाउँदै कार्यालय प्रमुख गुरुङले उचित मूल्य पाएकाले किसानले स्याउको बिक्रीबाट आम्दानी बढाएका बताउनुभयो । यस वर्ष मुस्ताङमा स्थानीय स्याउ छ हजार ७८ मेट्रिकटन र हाइब्रिड स्याउ एक हजार २५० मेट्रिकटन उत्पादन भएको जिल्लास्थित कृषि तथा पशु विकास कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • कुखुरामा ‘एनेमिया भाइरस’

    कुखुरामा ‘एनेमिया भाइरस’

  • विश्वले अभूतपूर्व जल सङ्कटको सामना गरिरहेको छः मन्त्री डा परियार

    विश्वले अभूतपूर्व जल सङ्कटको सामना गरिरहेको छः मन्त्री डा परियार

  • निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता

    निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता

  • प्राकृतिक शीतभण्डारमा किबी

    प्राकृतिक शीतभण्डारमा किबी

  • प्रत्यूष ई-पेपर थप

    २०८२ मंसिर २४ गते बुधबार

    २०८२ मंसिर २४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मुस्ताङमा स्याउ बगैँचा व्यवस्थापन गर्न सुरु

    मुस्ताङमा स्याउ बगैँचा व्यवस्थापन गर्न सुरु

    कुखुरामा ‘एनेमिया भाइरस’

    कुखुरामा ‘एनेमिया भाइरस’

    विश्वले अभूतपूर्व जल सङ्कटको सामना गरिरहेको छः मन्त्री डा परियार

    विश्वले अभूतपूर्व जल सङ्कटको सामना गरिरहेको छः मन्त्री डा परियार

    निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता

    निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution