Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ मंसिर ५, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

‘उच्च शिक्षा विकासमा नेपाल–नर्वेको सहकार्य निरन्तर हुन्छ’

रासस १९ पटक पढिएको प्रकाशित मिति: २०८२ मंसिर ५, शुक्रबार (१ घण्टा अघि)
‘उच्च शिक्षा विकासमा नेपाल–नर्वेको सहकार्य निरन्तर हुन्छ’

कर्णाली, ५ मङ्सिर
नेपालका लागि नर्वेका राजदूत डाग्नी म्योसले उच्च शिक्षा विकासमा नेपाल–नर्वेको सहकार्य निरन्तर हुने बताउनुभएको छ ।

मध्यपश्चिम विश्वविद्यालयद्वारा बिहीबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘खुला संसद् र नागरिक सहभागितासम्बन्धी अन्तरसंवाद’ कार्यक्रममा राजदूत म्योसले दुई देशबीच शैक्षिक विकासमा हुने सहकार्यले थप उचाइ प्राप्त गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मध्यपश्चिम विश्वविद्यालयको समावेशी शिक्षा प्रवर्द्धनमा सहकार्य हुँदै आएको छ । आगामी दिनमा पनि स्नातक र स्नातकोत्तर तहका कार्यक्रममा सहयोगलाई निरन्तरता दिनेछौँ ।”

शिक्षा क्षेत्रमा विश्वभर विश्वसनीय विकास साझेदारका रूपमा परिचित नर्वेली राजदूत म्योससहित संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका नेपालस्थित आवासीय प्रतिनिधि क्योको योकोसुका सम्बद्ध टोलीले मध्यपश्चिम विश्वविद्यालय परिवारसँग पहिलोपटक अन्तरसंवाद गर्न पाउँदा खुसी लागेको बताएको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा डा ध्रुवकुमार गौतमले उच्च शिक्षा विकासका लागि अनुसन्धान तथा क्षमता विकासमा नर्वेजियन कार्यक्रम ९नोरहेड–दोस्रो० अन्तर्गत सञ्चालित बिल्डिङ इन्क्लुसिभ एजुकेसन इन नेपाल ९बीआइईपिएन० परियोजनाबाट प्राप्त उपलब्धि र प्रभावप्रति उच्च प्रशंसा व्यक्त गर्नुभयो । ओस्लोमेट–ओस्लो मेट्रोपोलिटन विश्वविद्यालयको नेतृत्वमा इनल्यान्ड नर्वे युनिभर्सिटी अफ एप्लाइड साइन्सेज, त्रिभुवन विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयको साझेदारीमा अघि बढाइएको यो प्रमुख परियोजनाले समावेशी शिक्षा तथा विशेष शिक्षाका क्षेत्रमा शैक्षिक र संस्थागत क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान गरेको उपकुलपति प्रा डा गौतमले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस साझेदारीले प्रमाण–आधारित शिक्षण, उच्च गुणस्तरीय अनुसन्धान र नीतिगत पैरवीमा विश्वविद्यालयको आधारलाई उल्लेखनीय रूपमा सुदृढ गरेको छ । परियोजनाले समावेशी शिक्षामा दक्ष, सक्षम र दिगो प्रभाव पार्ने जनशक्ति उत्पादन गर्ने मजबुत संरचना तयार गरेको छ ।” समावेशी र समान शिक्षा सुनिश्चित गर्न दिगो विकास लक्ष्य ४ र १० सँग मेल खाने अन्तरराष्ट्रिय सहकार्यलाई उपकुलपति प्रा डा गौतमले उत्कृष्ट नमूनाका रूपमा प्रस्तुत गर्नुभयो ।

मध्यपश्चिम विश्वविद्यालयले २०२६ मा अन्तरराष्ट्रिय समावेशी शिक्षा सम्मेलन आयोजना गर्ने तयारीका साथै नर्वेजियन साझेदारहरूसँग संयुक्त परियोजना तथा शैक्षिक आदानप्रदानका नयाँ सम्भावना खोज्न इच्छुक रहेको उहाँको भनाइ थियो । उपकुलपति प्रा डा गौतमले नेपाल र नर्वेबीचको सम्बन्ध मित्रता एवं सहयोगपूर्ण र परस्पर सम्मानमा आधारित भएको बताउँदै मानव विकास सूचकाङ्कका हिसाबले निकै पछि परेको कर्णालीको उच्च शिक्षा विकासमा मध्यपश्चिम विश्वविद्यालयले नेतृत्वदायी भूमिका खेलेको जनाउनुभयो ।

सन् १९७३ मा दुई मुलुकबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएयता नर्वे नेपालका लागि शिक्षा, मानवअधिकार, ऊर्जा तथा वातावरण संरक्षणका क्षेत्रमा सहकार्य गर्दै आएको एक विश्वासिलो विकास साझेदार देश भएकाले पनि नर्वेली राजदूत म्योसले विश्वविद्यालयसँग गरेको अन्तरसंवादलाई अर्थपूर्ण रूपमा लिएको नोरहेड–दोस्रो परियोजना संयोजक एवं मध्यपश्चिम विश्वविद्यालय योजना, विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा विष्णुकुमार खड्का जानकारी दिनुभयो ।

उक्त अन्तरसंवाद कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्रा डा शोभाखर कँडेल, अन्तरराष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा यदुप्रसाद ज्ञवालीले विश्वविद्यालयको संक्षिप्त जानकारी, यसले सञ्चालन गर्दै आएका कार्यक्रम तथा शैक्षिक उपलब्धिका बारेमा प्रस्तुति राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • लोकतन्त्र, देश र जनताका लागि फागुन २१ गतेको निर्वाचन अपरिहार्यः राष्ट्रपति

    लोकतन्त्र, देश र जनताका लागि फागुन २१ गतेको निर्वाचन अपरिहार्यः राष्ट्रपति

  • छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा

    छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा

  • आज विश्व टेलिभिजन दिवस

    आज विश्व टेलिभिजन दिवस

  • पाटन दरबारमा १६ विद्यार्थीद्वारा कलाका पुराना अभ्यास प्रस्तुत

    पाटन दरबारमा १६ विद्यार्थीद्वारा कलाका पुराना अभ्यास प्रस्तुत

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक २७ गते बिहिबार

    २०८२ कात्तिक २७ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ‘उच्च शिक्षा विकासमा नेपाल–नर्वेको सहकार्य निरन्तर हुन्छ’

    ‘उच्च शिक्षा विकासमा नेपाल–नर्वेको सहकार्य निरन्तर हुन्छ’

    लोकतन्त्र, देश र जनताका लागि फागुन २१ गतेको निर्वाचन अपरिहार्यः राष्ट्रपति

    लोकतन्त्र, देश र जनताका लागि फागुन २१ गतेको निर्वाचन अपरिहार्यः राष्ट्रपति

    छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा

    छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा

    आज विश्व टेलिभिजन दिवस

    आज विश्व टेलिभिजन दिवस

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution