Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ मंसिर ४, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

पाटन दरबारमा १६ विद्यार्थीद्वारा कलाका पुराना अभ्यास प्रस्तुत

रासस ३२ पटक पढिएको प्रकाशित मिति: २०८२ मंसिर ४, बिहिबार (३ घण्टा अघि)
पाटन दरबारमा १६ विद्यार्थीद्वारा कलाका पुराना अभ्यास प्रस्तुत

काठमाडौँ, ४ मङ्सिर
 प्रविधिको विकाससँगै विश्वमा धेरै परिवर्तन भएका छन् । परम्परागत रूपमा मानिसले बनाउने सामान प्रविधिको सहयोगमा एकैछिनमा तयार हुन्छन् । कलामा पनि प्रविधिले आमूल परिवर्तन ल्याइदिएको छ ।
काठमाडौँ विश्वविद्यालयका १६ जना विद्यार्थीले भने प्रविधिको विकासले फड्को मार्नुअघि कलाकारले कला सिर्जनामा के कस्ता सामग्री प्रयोग गर्थे, चित्र र मूर्ति कसरी सिर्जना हुन्थ्ये भन्ने कुरालाई देखाउने प्रयास गरेका छन् ।
‘द म्याटरियालिटी अफ आर्ट, इफर्मल प्राक्टिसेज इन द नेपाली आर्ट वल्र्ड’ शीर्षकमा उनीहरूले बनाएका कला अहिले पाटन दरबार सङ्ग्रहालयमा प्रदर्शनमा राखिएका छन् । उनीहरूले परम्परागत रूपमा रङहरू कसरी बनाइन्थे र प्रयोग हुन्थ्यो भनेर पनि देखाउने प्रयास गरेका छन् । विद्यार्थीले दैनिक जीवनमा प्रयोग हुने सामग्रीलाई कलामार्फत उजागर गरिदिएका हुन् ।
चित्रकारले परम्परागत रूपमा कसरी कला सिर्जना गर्दथे भन्ने कुरालाई अध्ययन गरेर उनीहरूले चित्र तयार पारी प्रदर्शन गरेका काठमाडौँ विश्वविद्यालयका अध्यापक अनिल शाहीले बताउनुभयो । उहाँका अनुसार प्रायः काठमाडौँ उपत्यकाको नेवारी संस्कृतिलाई बढी जोड दिइएको उक्त कला प्रदर्शनीमा घण्टाघरदेखि, गाईजात्रा, लल्मी पूजा, भाइपुजा, नेवारको जङ्कुमा प्रयोग गरिने कलाकृति निर्माण गरेर प्रदर्शन गरिएका छन् ।
पूर्वजले प्रयोग गर्ने ‘ब्लकप्रिन्ट’, लक्ष्मी पूजामा लक्ष्मीको पोष्टर बनाएर पुरानो परम्परामा गरिने कामलाई यहाँ विद्यार्थीले प्रस्तुत गरेका अध्यापक शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “जस्तै जङ्कुमा विभिन्न देवीदेवतालाई साक्षीका लागि आह्वान गर्नुपर्ने रहेछ । त्यो साक्षीका रूपमा माटाका भाँडा बनाएर यहाँ राखिएको हो ।”
काठमा कुँदेर मसी छाप्ने र कागजमा चित्र बनाउने चलन पुरानो जमानामा थियो । अहिले उक्त शैली प्रयोग नभएकाले पुरानो समयमा कसरी काम गरिन्छ भनेर अग्रजलाई भेटेर अध्ययन गरी विद्यार्थीले कला सिर्जना गरेका शाहीले जानकारी दिनुभयो ।
अग्रजहरूले प्रयोग गरेका प्रविधिलाई यहाँ विद्यार्थीले उठान गरेर कला प्रदर्शनी गर्नु महत्त्वपूर्ण रहेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले बताउनुभयो । उहाँले भन्नुभयो, “यो विद्यार्थीका लागि अध्ययनको चरण पनि भयो भने पुराना कुराहरू सिक्न पाउँदा पुस्तान्तरणसमेतमा योगदान हुन्छ, अझै अग्रजसँग भेटेर अध्ययन गरेर युवा पुस्ताले सिक्नु भनेको आफैँमा नयाँ सन्देश हो ।”
विद्यार्थीले अग्रज कलाकार मदन चित्रकार, सूर्यबहादुर चित्रकार, लोक चित्रकारसँग सोधेर सामाग्रीहरू सङ्कलन गर्नुका साथै चित्र सिर्जना गरेका छन् । ती सबै सिर्जनाहरू यहाँ प्रदर्शनमा छन् । काठमाडौँ वश्वविद्यालयको चौथो सेमेस्टरमा पढ्ने विद्यार्थीले सामूहिक रूपमा यसरी कला सिर्जना गरेका हुन् ।
एउटै कपडामा समूहसमूहमा चित्र सिर्जना गरिएको छ । पहिले पनि समूहमा चित्र बनाउने चलन थियो, त्यसैले अहिले पनि त्यहीअनुसार प्रयोग गरिएको छ । नेवारी संस्कृति गाइजात्रामा प्रयोग हुने ‘सपारु’लाई यहाँ सुन्दररूपमा प्रदर्शन गरिएको छ । गाईजात्रा निकाल्दा गाईको साङ्केतिक रूपमा मुकुण्डो प्रयोग गरिन्छ, सोही देखाइएको अध्यापक शाहीले बताउनुभयो ।
अध्यापक शाहीले यो मुख्य गरी सिकाइका माध्यामबाट समाज कसरी चलिरहेको छ भनेर दखाउन खोजिएको बताउनुभयो । “समाज कसरी परिवर्तन भएको छ । नेवार समुदायको प्रचलन के रहेछ भनेर सिकाइ विद्यार्थीहरुका लागि पनि नयाँ अभ्यास भएको छ”, उहाँले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • दमौली–केशवटार खण्ड चक्रपथका रूपमा विकास हुँदै

    दमौली–केशवटार खण्ड चक्रपथका रूपमा विकास हुँदै

  • आज विश्व बाल दिवस, अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै

    आज विश्व बाल दिवस, अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै

  • डब्लुएचओद्वारा निर्मित ‘प्रिफ्याब’ भवन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

    डब्लुएचओद्वारा निर्मित ‘प्रिफ्याब’ भवन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

  • नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

    नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक २७ गते बिहिबार

    २०८२ कात्तिक २७ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पाटन दरबारमा १६ विद्यार्थीद्वारा कलाका पुराना अभ्यास प्रस्तुत

    पाटन दरबारमा १६ विद्यार्थीद्वारा कलाका पुराना अभ्यास प्रस्तुत

    दमौली–केशवटार खण्ड चक्रपथका रूपमा विकास हुँदै

    दमौली–केशवटार खण्ड चक्रपथका रूपमा विकास हुँदै

    आज विश्व बाल दिवस, अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै

    आज विश्व बाल दिवस, अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै

    डब्लुएचओद्वारा निर्मित ‘प्रिफ्याब’ भवन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

    डब्लुएचओद्वारा निर्मित ‘प्रिफ्याब’ भवन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution