Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ मंसिर ४, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

दमौली–केशवटार खण्ड चक्रपथका रूपमा विकास हुँदै

रासस २७ पटक पढिएको प्रकाशित मिति: २०८२ मंसिर ४, बिहिबार (३ घण्टा अघि)
दमौली–केशवटार खण्ड चक्रपथका रूपमा विकास हुँदै

तनहुँ, ४ मङ्सिर
 जिल्ला सदरमुकाम दमौलीबाट १४ किलोमिटर दूरीमा पर्ने व्यास नगरपालिका–१४ केशवटार जाने मार्गलाई स्तरोन्नति गरी चक्रपथ ९रिङ्गरोड०का रूपमा विकास गर्न थालिएको छ । गण्डकी प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा नाला निर्माण, सडक विस्तार र कालोपत्रेका लागि रु तीन करोड ५० लाख बजेट विनियोजन भएपछि उक्त खण्डमा अहिले तीव्रताका साथ काम भइरहेको छ ।
दमौली–केशवटार, धरमपानी, बन्दीपुर हुँदै पृथ्वीराजमार्गको डुम्रे बजारसँग जोडेर चक्रपथका रूपमा विकास गर्न लालिगएको व्यास–१४ का कार्यवाहक वडाध्यक्ष दुर्गा आलेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस खण्डमा पर्ने १४ किमीमध्ये हालसम्म सात किमी सडक कालोपत्र भइसकेको छ ।” उक्त विनियोजित बजेटले यस वर्ष एक किमी कालोपत्र गरेपछि छ किमी बाँकी रहने उहाँले बताउनुभयो ।
सहरी पूर्वाधार विकास तथा शासकीय कार्यक्रमअन्र्तगत विश्व बैंकको रु छ करोड ऋण अनुदान व्यास नगरपालिकाबाट स्वीकृत भएर दोस्रो चरणका लागि प्रक्रिया अघि बढाइएको व्यासका योजना शाखा अधिकृत भेषराज तिवारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाबाट गत भदौमा आवश्यक कागजपत्र पेस गरिसकिएको छ । सहयोगी दाता सकारात्मक छन्, जेनजी आन्दोलनका कारण केही समय ढिलाइ भएको हो ।”
गण्डकी प्रदेश सरकारबाट रु एक करोड बजेट पुनः विनियोजन भएको जनाउँदै केशवटार मोटरमार्ग स्तरोन्नतिका लागि नगरले पटकपटक गरी हालसम्म करिब रु चार करोड बजेट विनियोजन गरिसकेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “यो मोटरमार्गको स्तरोन्नतिका लागि नगरले बर्सेनि बजेट विनियोजन गर्दै आइरहेको छ ।”
आदिवासी जनजातिको बाहुल्यता रहेको यस क्षेत्रमा घरबासका रूपमा पर्यटन प्रवर्द्धन कार्य हुँदै आएको छ । स्थानीय कला, संस्कृति र परम्पराको  जर्गेना गर्दै स्थानीय उत्पादनलाई घरबासमा प्राथामिकता दिइँदै आइएको कार्यवाहक वडाध्यक्ष आलेले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक पहुँच वृद्धि भएसँगै अब छिट्टै केशवटार सुगम गाउँ बन्ने अपेक्षा गरिएको छ ।”
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पाटन दरबारमा १६ विद्यार्थीद्वारा कलाका पुराना अभ्यास प्रस्तुत

    पाटन दरबारमा १६ विद्यार्थीद्वारा कलाका पुराना अभ्यास प्रस्तुत

  • आज विश्व बाल दिवस, अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै

    आज विश्व बाल दिवस, अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै

  • डब्लुएचओद्वारा निर्मित ‘प्रिफ्याब’ भवन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

    डब्लुएचओद्वारा निर्मित ‘प्रिफ्याब’ भवन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

  • नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

    नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक २७ गते बिहिबार

    २०८२ कात्तिक २७ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पाटन दरबारमा १६ विद्यार्थीद्वारा कलाका पुराना अभ्यास प्रस्तुत

    पाटन दरबारमा १६ विद्यार्थीद्वारा कलाका पुराना अभ्यास प्रस्तुत

    दमौली–केशवटार खण्ड चक्रपथका रूपमा विकास हुँदै

    दमौली–केशवटार खण्ड चक्रपथका रूपमा विकास हुँदै

    आज विश्व बाल दिवस, अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै

    आज विश्व बाल दिवस, अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै

    डब्लुएचओद्वारा निर्मित ‘प्रिफ्याब’ भवन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

    डब्लुएचओद्वारा निर्मित ‘प्रिफ्याब’ भवन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution