Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १२, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा जोड दिनुहोस् : मेयर भीम प्रसाद ढुंगाना

प्रत्यूष २४२ पटक पढिएको प्रकाशित मिति: २०८२ कार्तिक २३, आईतबार (१ महिना अघि)
गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा जोड दिनुहोस् : मेयर भीम प्रसाद ढुंगाना

धादिङबेशी, २३ कात्तिक। शहीद मेमोरियल अस्पतालले अव गुणस्तरीय सेवामा जोड दिनुपर्ने नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाले बताउनु भएको छ । शनिबार धादिङबेशीमा शहीद मेमोरियल अस्पताल धादिङ प्रा.लि.को १९ औँ बार्षिक साधारण सभा तथा शहीद मेमोरियल प्राबिधिक शिक्षालय १३ औं बार्षिक साधारण सभालाई सम्बोधन गर्ने क्रममा उहाँले सो कुरा बताउनु भएको हो ।

नाफामुलक र सेवामुलक दुवै उदेश्य बोकेको संस्थाले सेवामुलक मात्र कार्य गर्नु प्रशंसनीय रहेको  र आगामी दिनमा अस्पतालले धादिङबासीको मन जित्नुपर्ने धारणा राख्नुभएको थियो ।

शनिबार नेपाल नगरपालिका महासंघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यता तथा बागमती प्रदेशका पुर्व सांसद डा।रामकुमार अधिकारीको बिशेष आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । साधारण सभामा आयुर्वेद तथा बैकल्पिक चिकित्सालय धादिङका प्रमुख अमुल्य दाहाल,सामुदायीक आँखा केन्द्र धादिङका प्रमुख सुपेन्द्र ताम्राकार,मानव अधिकार संगठन धादिङका अध्यक्ष कृष्णराज अधिकारी,नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका मन्त्री नेम बहादुर श्रेष्ठ,अस्पतालका संस्थापक अध्यक्ष बिनोदमान श्रेष्ठ लगाएतको आतिथ्यता रहेको थियो ।

साधारण सभामा सचिव बालकृष्ण नेपाली द्धारा प्रस्तत प्रगती तथा प्रस्तावित कार्यक्रम,कोषाध्यक्ष बद्री अधिकारीले प्रस्तुत आर्थिक प्रतिवेदन र प्रवन्धपत्र तथा नियमवली संसोधनको कार्यक्रम सर्वसहमत पास गरिएको छ । कम्पनीले साधारण सभाको अवसर पारेर अस्पतालले संस्थापक अध्यक्ष बिनोदमान श्रेष्ठ र उत्कृष्ट कर्मचारी देवनारायण श्रेष्ठलाई सम्मान गरेको थियो ।

धादिङ जिल्लामा नै पहिलो पटक ५० शैयाको अनुमती प्राप्त शहीद मेमोरियल अस्पताल धादिङ प्रा। लि।को १९ औँ बार्षिक साधारण सभाबाट नयाँ संचालक समति समेत चयन गरेको छ । साधारण सभाले पुनः बिष्णुलाल श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय नयाँ संचालक समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा कृष्ण बहादुर पौडेल,सचिवमा बद्री अधिकारी,कोषाध्यक्षमा रामचन्द्र गिरी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा शोभा छत्कुली,हरि बहादुर दनै र बिनोद ढकाल रहेका छन् ।

त्यसैगरी शहीद मेमोरियल प्राविधिक शिक्षालयको १३ औँ बार्षिक साधारणसभाबाट बालकृष्ण नेपालीको अध्यक्षतामा ५ सदस्यीय नयाँ संचालक समिति समेत चयन गरेको छ । जसको उपाध्यक्षमा खिल बहादुर धमला,सचिवमा कृष्ण प्रसाद ढकाल शिशिर, कोषाध्यक्षमा कृष्ण प्रसाद सिलवाल र सदस्यमा महेश रिजाल रहेका छन् ।

त्यसैगरी साधारणसभाले रामहरी अधिकारीको अध्यक्षतामा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति समेत चयन गरेको छ । जसको सदस्यहरुमा सुनमाया श्रेष्ठ र गोकर्ण घिमिरे रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

    स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

  • भोजपुरमा आँखाका बिरामीको खोजी तथा उपचार अभियान सञ्चालन

    भोजपुरमा आँखाका बिरामीको खोजी तथा उपचार अभियान सञ्चालन

  • धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद  क. रामबहादुर भण्डारीको चर्चा

    धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद क. रामबहादुर भण्डारीको चर्चा

  • दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ११ गते शुक्रबार

    २०८२ पुस ११ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

    स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

    भोजपुरमा आँखाका बिरामीको खोजी तथा उपचार अभियान सञ्चालन

    भोजपुरमा आँखाका बिरामीको खोजी तथा उपचार अभियान सञ्चालन

    धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद  क. रामबहादुर भण्डारीको चर्चा

    धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद क. रामबहादुर भण्डारीको चर्चा

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution