Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ आश्विन २७, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

संरक्षणका पखाइमा चुदारा पेसा

प्रत्यूष २३ पटक पढिएको प्रकाशित मिति: २०८२ आश्विन २७, सोमबार (३ घण्टा अघि)
संरक्षणका पखाइमा चुदारा पेसा

भोजपुर, २७ असोज
भोजपुरमा काठका विभिन्न घरेलु भाँडाकुडा बनाउने परम्परागत ‘चुदारा पेसा’ को अस्तित्व सङ्कटमा परेको छ । नयाँ पुस्ताले पेसाप्रति चासो नदेखाउँदा र बजारमा प्लास्टिक तथा धातुका सामग्रीको प्रयोग बढ्दै जाँदा यो पूर्खौली सीप हराउने अवस्थामा पुगेको हो ।

विगतमा धेरैको सङ्ख्यामा मानिस यस पेसामा आवद्ध रहे पनि अहिले सीमित व्यक्तिले मात्र परम्परा जोगाइरहेको चुदारा पेसामा लामो समयदेखि संलग्न स्थानीय रत्नबहादुर विश्वकर्माले बताउनुभयो । “यो हाम्रो पूर्खौली पेसा हो” उहाँले भन्नुभयो,“तर अहिले सङ्कटमा परेको छ । पुस्तान्तरण नहुँदा र राज्यको ध्यान नपुगेकाले लोप हुने अवस्थामा पुगेको छ ।”

गाउँघरमा पाइने गोगुन, पँयू, दार, मौवा, कटहरजस्ता काठबाट गोलिया तयार गरी फलामको धारिलो हतियार ‘बाँक’ प्रयोग गरेर ठेकी, हर्पे, तोङ्बाको भाँडो, गम्बुलगायतका सामग्री बनाउने चलन आज पनि केहीले निरन्तरता दिइरहेका छन् ।काठलाई आकार दिन उनीहरूले अझै पनि परम्परागत विधि प्रयोग गर्छन् । खोलाबाट पानी डुँढमा खसालेर काठ घुमाउने र त्यसपछि हातले यन्त्र चलाएर कुद्ने शैली अहिले पनि प्रयोगमा रहेको छ ।

हालसम्म परम्परागत शैलीमा हुँदै आएकाले यसलाई आधुनिक उपकरण प्रयोग गरेर सञ्चालन ल्याउन सके काम गर्न सहज हुने चुदाराको काम गर्दै आएका स्थानीय जङ्गबहादुर विकले बताउनुभयो । “हामी अझै पनि बाउबाजेले जसरी काम गर्थे, त्यही विधिमा काम गर्छौँ” उहाँले भन्नुभयो,“आधुनिक उपकरण प्रयोग गर्न पाएका भए काम सजिलो र आकर्षक हुन्थ्यो ।”

उहाँका अनुसार अहिले परम्परागत उपकरणले काम गर्दा धेरै श्रम र समय खर्चिनुपर्ने भएकाले जीविका चलाउनसमेत कठिन भएको छ । पहिले गाईभैँसीको दूध जमाउन, मोही पार्न प्रयोग हुने काठका सामग्री गाउँघरमा अनिवार्य थिए । तर अहिले ती वस्तुलाई बजारमा पाइने स्टिल र प्लास्टिकका भाँडाले प्रतिस्थापन गरिरहेको विकको भनाइ छ । “यो हाम्रो संस्कृति र पहिचानसँग जोडिएको पेसा हो”उहाँले भन्नुभयो,“यसलाई जोगाउन सरकारले तालिम र प्रविधिको सहयोग गर्नुपर्छ । तब मात्र नयाँ पुस्ता आकर्षित हुन्छ ।”

उचित संरक्षण, आधुनिक उपकरण र बजार प्रवद्र्धनका उपाय अपनाउन सके यो परम्परागत सीपले सांस्कृतिक पर्यटन र रोजगारीको नयाँ बाटो खोल्न सहयोग पुग्ने यो पेसामा आवद्धहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सुनचाँदीको मूल्य हालसम्मकै उच्च

    सुनचाँदीको मूल्य हालसम्मकै उच्च

  • झाडी फाडेर फलफूलखेती

    झाडी फाडेर फलफूलखेती

  • धानबालीमा फड्के कीराको सङ्क्रमण

    धानबालीमा फड्के कीराको सङ्क्रमण

  • गर्भवतीलाई क्याल्सियम र आइरन चक्की अभाव

    गर्भवतीलाई क्याल्सियम र आइरन चक्की अभाव

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असोज २७ गते सोमबार

    २०८२ असोज २७ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सुनचाँदीको मूल्य हालसम्मकै उच्च

    सुनचाँदीको मूल्य हालसम्मकै उच्च

    संरक्षणका पखाइमा चुदारा पेसा

    संरक्षणका पखाइमा चुदारा पेसा

    झाडी फाडेर फलफूलखेती

    झाडी फाडेर फलफूलखेती

    धानबालीमा फड्के कीराको सङ्क्रमण

    धानबालीमा फड्के कीराको सङ्क्रमण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution