Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ४, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

हुलाकको सार्थकता घटेको छैन : सञ्चारमन्त्री खरेल

प्रत्यूष १३७ पटक पढिएको प्रकाशित मिति: २०८२ आश्विन २३, बिहिबार (२ महिना अघि)
हुलाकको सार्थकता घटेको छैन : सञ्चारमन्त्री खरेल

काठमाडौँ, २३ असोज
 सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बदलिँदो विश्वव्यापी परिवेशमा हुलाक सेवाको आवश्यकता झनै बढेको बताउनुभएको छ । १५१औँ विश्व हुलाक दिवसका अवसरमा हुलाक सेवा विभागले आज आयोजना गरेको कार्यक्रममा उहाँले हुलाक सेवालाई समयानकूल सुधार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।
“हुलाकको आवश्यकता र सार्थकता घटेको छैन”, मन्त्री खरेलले भन्नुभयो, “हुलाक सेवालाई आधुनिक, प्रतिस्पर्धी र व्यावसयिक बनाउनुपर्छ ।” सरकार हुलाक सेवाको व्यावसायिकीकरण गर्ने पक्षमा रहेको उल्लेख गर्दै उहाँले यसबाट मात्रै हुलाक सेवाको विश्वव्यापी पहुँच अभिवृद्धि गर्न सकिने बताउनुभयो ।
“स्थानीय तह र समुदाय, परिवार र व्यक्तिको तहसम्म हुलाक सेवा पु¥याउनुपर्छ । विश्वको जुनसुकै देशमा रहेका नेपालीका बीचमा हुलाक सेवाको पहुँच हुनुपर्छ”, मन्त्री खरेलले भन्नुभयो । उहाँले हुलाक सेवालाई सुदृढ बनाउन मन्त्रालय सदैव सकारात्मक रहेको उल्लेख गर्नुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सूचना प्रविधिको विकास र सरकारका केही नीतिका कारण हुलाक सेवा केही ओझेलमा परे पनि यसको महत्व नघटेको बताउनुभयो । उहाँले भन्नुभयो, “सूचना प्रविधिको प्रयोगमामार्फत ‘स्मार्ट हुलाक’ बनाउनेतर्फ लाग्नुपर्छ ।”
विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले हुलाक सेवालाई ‘स्मार्ट’ बनाएर नागरिकको घरदैलोमा पुग्ने सपना पूरा गर्न स्रोतसाधनको उचित प्रबन्ध गरिदिन सरकारसँग आग्रह गर्नुभयो ।
सो अवसरमा मन्त्री खरेलले नेपाली क्रिकेट टोली ९महिला र क्वालिफाइड यु–२००, महोत्तरीको महिटहानीस्थित लक्ष्मीनारायण मन्दिर, मुस्ताङको लोमान्थाङस्थित सिजा झोङ गुफा र शिक्षाविद् डा हर्कबहादुर बुढा मगरको तस्बीर अङ्कित टिकटमा टाँचा लगाउनुभएको थियो ।
कार्यक्रममा ‘फिलाटेलिक’, उत्कृष्ट कर्मचारीलगायतलाई सम्मान गरिएको थियो । दिवसका अवसरमा विभाग परिसरमा विभिन्न हुलाक टिकट प्रदर्शन गरिएको थियो । ‘नागरिकका लागि हुलाक, स्थानीय सेवा र विश्वव्यापी पहुँच’ भन्ने नाराका विश्वव्यापी रुपमा आज विश्व हुलाक दिवस मनाइँदैछ ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

    स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

  • देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

    देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

  • भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

    भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

  • शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

    शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ३ गते बिहिबार

    २०८२ पुस ३ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

    स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

    देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

    देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

    भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

    भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

    शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

    शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution