Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ आश्विन २३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

पुख्र्यौली सीपको सदुपयोग गर्न घरमै उद्योग स्थापना

रासस २४ पटक पढिएको प्रकाशित मिति: २०८२ आश्विन २३, बिहिबार (४ घण्टा अघि)
पुख्र्यौली सीपको सदुपयोग गर्न घरमै उद्योग स्थापना

दोधारा चाँदनी (कञ्चनपुर), २३ असोज
 शुक्लाफाँटा नगरपालिका–७ का जगतबहादुर सिंहलाई यतिबेला कपडा उत्पादन र तयारी पोशाक बनाउन भ्याइनभ्याइ छ ।
चाडपर्वका कारण बजारमा माग बढेपछि श्रीमान, श्रीमतीसहित परिवारका सदस्य कपडा बुन्न र सिलाउन व्यस्त देखिन्छन् । घरमै तान बनाएर सुरु गरिएको उद्योगमा धागो कात्ने, कपडा बुन्ने र पोशाकसमेत तयार गरिन्छ । पुख्र्यौली सीपलाई पुस्तान्तरण गर्न स्थापना गरिएको उद्योगमा अहिले अल्लो, गाँजा, बाँस र ऊनका कपडा उत्पादन हुने गर्दछन ।
यसबाट सीपको सदूपयोग र परिवार नै स्वरोजगार भएकाले सिंह बताउनुहुन्छ । “हाम्रा पूर्खाले दार्चुलामा हुँदा राडी पाखीको काम गर्थे, हाम्रा पूर्खाबाट सीकेको सीपलाई सदुपयोग गर्न घरमै उद्योग स्थापना गरेका हौं”, सिंहले भन्नुभयो, “रु तीन लाख लगानीमा हाते मेसिनबाट सुरु गरेको उद्योगमा अहिले रु २० लाख लगानी पुगिसक्यो ।” उहाँले अहिले चार वटा मोटर मेसिन थप गरेर उद्योगमा थप लगानी गरेको बताउनुभयो ।
“एक जना भारतीय कामदार राखेका छौं, दुई छोरा, श्रीमती र आफु पनि उद्योगमै काम गर्छौं”, उहाँले भन्नुभयो, “यसबाट हाम्रो परिवारको खर्च चलेको छ, सन्तुष्ट छौं ।” सुरुवातका वर्षहरुभन्दा पछिल्ला वर्षमा तयारी कपडाको माग धेरै आउने गरेको उहाँले बताउनुभयो । सिंह परिवारको पुख्र्यौली पेशा नै कपडा बुन्ने हो । दार्चुलामा राडीपाखी बनाएर बिक्री गर्ने उहाँहरु २०४४ सालमा तराई बसाइ सर्नुभयो । त्यसपछि पुख्र्यौली पेशाले निरन्तरता पाउन नसके पनि ३५ वर्षपछि पारिवारिक सल्लाहपछि पुनः आफ्नो कामलाई सुरुवात गरेको उहाँको भनाइ छ ।
“सीप हुँदा हुँदै त्यतिकै बस्ुनभन्दा उद्योग स्थापना गरौं भन्ने एक दिनको पारिवारिक बसाइमा सल्लाह भयो”, सिंहले भन्नुभयो, “उद्योग स्थापनापछि हरेक वर्ष राम्रो आम्दानी हुदै गएको छ, गत वर्ष मात्रै रु तीन लाख आम्दानी भयो ।” घरमै उद्योग स्थापना गर्दा कामदारको समस्या भोग्नु परेको उहाँ बताउनुहुन्छ । “अहिले पनि उद्योगमा कामदार पाउन मुस्किल छ, भारतीय कारिगर मात्रै छन्”, उहाँले भन्नुभयो, “देशभित्र मेहनत गर्ने बानी छैन सबैमा विदेश मोह छ ।”
उहाँले आफुले स्वदेशमै कच्चा पदार्थ प्रशोधन गरेर धागो उत्पादन गर्ने गरेको बताउनुभयो । केही कच्चा पदार्थ भने भारतबाट आयात गर्ने गरेको उहाँको भनाइ छ । कपडाभन्दा तयारी पोसाकको माग धेरै आउने गरेकाले अहिले तयारी पोसाक उत्पादनमा जोड दिएको सिंह बताउनुहुन्छ । “स्थानीय उत्पादन टिकाउ पनि हुन्छ स्वास्थ्यका लागि पनि फाइदाजनक छ”, सिंहले भन्नुभयो, “सुरुवातमा बजारमा समस्या थियो अहिले माग धेरै आउने गरेको छ ।”
प्राकृतिक फाइबरबाट निर्मित कपडा शरिरका लागि निकै फाइदाजनक मानिन्छ । यसको  निर्माणका लागि अल्लो र गाँजाको धागो मात्रै उत्पादन हुने गर्दछ भने कटनका लागि भारतबाट धागो आयात गर्नुपर्ने झन्झट छ । त्यसैले यस्ता कच्चापदार्थ स्वदेशमै उत्पादन गर्न सके त्यसले घरेलु उद्योग सञ्चालनमा निकै टेवा पुग्ने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • हुलाकको सार्थकता घटेको छैन : सञ्चारमन्त्री खरेल

    हुलाकको सार्थकता घटेको छैन : सञ्चारमन्त्री खरेल

  • सुनको मूल्य निरन्तर अकासिँदो

    सुनको मूल्य निरन्तर अकासिँदो

  • मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

    मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

  • नेपाल सरकार र जर्मन सरकारबीच विभिन्न सम्झौतामा हस्ताक्षर

    नेपाल सरकार र जर्मन सरकारबीच विभिन्न सम्झौतामा हस्ताक्षर

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असोज २२ गते बुधबार

    २०८२ असोज २२ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    हुलाकको सार्थकता घटेको छैन : सञ्चारमन्त्री खरेल

    हुलाकको सार्थकता घटेको छैन : सञ्चारमन्त्री खरेल

    पुख्र्यौली सीपको सदुपयोग गर्न घरमै उद्योग स्थापना

    पुख्र्यौली सीपको सदुपयोग गर्न घरमै उद्योग स्थापना

    सुनको मूल्य निरन्तर अकासिँदो

    सुनको मूल्य निरन्तर अकासिँदो

    मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

    मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution