Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक १७, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

‘भोजपुरे खुकुरी’ को माग उच्च : बनाउन कालीगढको चरम अभाव

प्रत्यूष १०५ पटक पढिएको प्रकाशित मिति: २०८२ भाद्र ३१, मंगलबार (१ महिना अघि)
‘भोजपुरे खुकुरी’ को माग उच्च : बनाउन कालीगढको चरम अभाव

भोजपुर, ३१ भदौ
परम्परागत खुकुरी बनाउने कालीगढ पेसाप्रति नयाँ पुस्ताको रुचि घट्दै जाँदा जिल्लामा ‘भोजपुरे खुकुरी’ निर्माणमा सङ्कट देखिएको छ । दक्ष कालीगढको अभावले मागअनुसारको उत्पादन गर्न नसकिएको व्यवसायीहरू बताउँछन् ।

पुस्तान्तरण नहुँदा तथा संरक्षणको अभावले कालीगढ पेसा सङ्कटमा पर्दै गएको हो । भोजपुरे खुकुरीको माग स्थानीय बजार, बाहिरी जिल्लासँगै अन्तरराष्ट्रिय बजारसम्म हुने भए पनि मागअनुसारको खुकुरी उत्पादन हुन नसकेको व्यावसायीहरूको भनाइ छ ।

खुकुरीले ख्याति कमाएको जिल्लामा दक्ष कालीगढ अभावले उत्पादनमा कमी आएको स्थानीय कालीगड हर्कबहादुर विश्वकर्माले बताउनुभयो । कालीगड पेसामा नयाँ पुस्ताको रुचि हराउँदै गएका कारण खुकुरी उत्पादनमा कमी आउँदा माग धान्न समस्या रहेको उहाँको भनाइ छ ।

“पछिल्लो समय भोजपुरे खुकुरीको देश–विदेशबाट माग आउने गरेको छ”, उहाँले भन्नुभयो, “गाउँघरमा अहिले दक्ष जनशक्ति नहुँदा उत्पादनमा कमी आएको छ । बजारको मागलाई धान्न मुस्किल छ । यो पेसालाई पुस्तान्तरणको अभाव देखिएको छ ।”

मुख्य गरेर भोजपुरे, सिरुपाते, चित्लाङ्गले कोथीमोडालगायतका खुकुरीको बजारमा बढी माग रहेको उहाँले बताउनुभयो । यहाँ उत्पादन भएका खुकुरी आकारअनुसार न्यूनतम रु एक हजारदेखि अधिकतम २० हजारसम्म पर्ने व्यवसायी दिनेश गजमेरले बतउनुभयो । बाहिरका जिल्लाबाट दुईचार सय खुकुरीको माग आउने भए पनि धेरै माग भएको खण्डमा धान्न समस्या हुने उहाँको भनाइ छ ।

विगतका वर्षहरूमा धेरै कालीगढ भए पनि पछिल्लो समयमा व्यावसायिक रूपमा यो काम गर्ने मानिसहरूको सङ्ख्या क्रमशः घट्दै गएको उहाँले जानकारी दिनुभयो । बढी मेहेनत गर्नुपर्ने साथै व्यवसाय गर्नका लागि आवश्यक हुने कच्चा पदार्थ अभावसँगै नयाँ पुस्तामा यसप्रति मोह कम भएकाले यो पेसा सङ्कटमा पर्दै गएको उहाँले बताउनुभयो ।

विदेश जाने लहरको कारण गाउँघरमा सञ्चालनमा रहेका खुकुरी बनाउने आरन उद्योग बन्द हुँदा खेतीपातीका लागि आवश्यक पर्ने कृषि औजार उपकरण बनाउने जनशक्तिको पनि अभाव देखिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ : कार्यवाहक प्रमुख आयुक्त

    निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ : कार्यवाहक प्रमुख आयुक्त

  • ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापना

    ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापना

  • राष्ट्रपति  कतारतर्फ  प्रस्थान

    राष्ट्रपति कतारतर्फ प्रस्थान

  • वायुसेवा निगमका बेथिति अन्त्यका लागि प्रधानमन्त्री कार्कीको निर्देशन

    वायुसेवा निगमका बेथिति अन्त्यका लागि प्रधानमन्त्री कार्कीको निर्देशन

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ : कार्यवाहक प्रमुख आयुक्त

    निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ : कार्यवाहक प्रमुख आयुक्त

    ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापना

    ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापना

    राष्ट्रपति  कतारतर्फ  प्रस्थान

    राष्ट्रपति कतारतर्फ प्रस्थान

    वायुसेवा निगमका बेथिति अन्त्यका लागि प्रधानमन्त्री कार्कीको निर्देशन

    वायुसेवा निगमका बेथिति अन्त्यका लागि प्रधानमन्त्री कार्कीको निर्देशन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution