Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सेवाशुश्रूषा पेसा मात्र नभएर मानवीय सेवा पनि होः परराष्ट्रमन्त्री

प्रत्यूष १३७ पटक पढिएको प्रकाशित मिति: २०८२ भाद्र २०, शुक्रबार (३ महिना अघि)
सेवाशुश्रूषा पेसा मात्र नभएर मानवीय सेवा पनि होः परराष्ट्रमन्त्री

काठमाडौँ, २० भदौ
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले सेवाशुश्रूषा घर, समुदाय तथा राष्ट्रको एक पेसा मात्र नभएर मानवीय सेवा पनि हो भन्नुभएको छ ।

बिहीबार यहाँ आयोजित एक कार्यक्रममा उहाँले भन्नुभयो “बाल्यकालदेखि वृद्धावस्थासम्मका सेवाशुश्रूषासम्बन्धी समग्र गतिविधिलाई केवल पेसा वा जागिरका रूपमा मात्र हेरिनु हुँदैन, यो मानवीय सेवा पनि हो ।”

सेवाशुश्रूषासम्बन्धी गतिविधिको घर, समुदाय तथा राष्ट्रियस्तरमा मूल्याङ्कन कम भएको र अर्थतन्त्रमा यसको योगदानका बारेमा खोजी नगरिएको बताउँदै मन्त्री राणाले मुलुकमा यस क्षेत्रको योगदान कृषिको हाराहारीमा रहेको, प्रायः महिलाले यसको असमान भार वहन गरिरहेका, यसले अर्थतन्त्र, राजनीति र सार्वजनिक जीवनमा हुने महिला सहभागितालाई अवरुद्ध गरेको उल्लेख गर्नुभयो ।

नेपालले परिवर्तनको आवश्यकतालाई पहिचान गरेको, १६औँ योजनाले पहिलोपटक सेवाशुश्रूषालाई हाम्रो विकास दृष्टिकोणको केन्द्रमा राखेको उहाँले बताउनुभयो । मन्त्री राणाले सेवाशुश्रूषाको क्षेत्रमा गरिने लगानीलाई खर्चका रूपमा नलिई उच्च प्रतिफलयुक्त लगानीका रूपमा हेरिनुपर्ने बताउँदै उहाँले स्वास्थ्य र शिक्षा क्षेत्रमा विद्यमान यसको अभावलाई पूरा गर्न सके देशमा लाखौँले रोजगारी पाउने र कम्तीमा त्यो अवसर ६० प्रतिशत महिलाहरूको पक्षमा रहने अध्ययनहरुले देखाएका जानकारी दिनुभयो ।

दशकौँअघिदेखि आफूहरूले मुलुकको सुदूरपश्चिम तथा अन्य क्षेत्रमा सुरक्षित मातृत्व तथा लैङ्गिक समानता कायम गर्ने अथक प्रयास जारी राखेको बताउँदै मन्त्री राणाले परिणामस्वरुप देशमा मातृ तथा शिशु मृत्युदर घटाउँदै दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा अग्रसर भएको चर्चा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

    स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

  • देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

    देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

  • भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

    भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

  • शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

    शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ३ गते बिहिबार

    २०८२ पुस ३ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

    स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

    देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

    देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

    भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

    भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

    शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

    शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution