Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ भाद्र २, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सिन्धुपाल्चोकमा ड्रागनफ्रुटखेतीप्रति आकर्षण बढ्दै

प्रत्यूष २३ पटक पढिएको प्रकाशित मिति: २०८२ भाद्र २, सोमबार (२ घण्टा अघि)
सिन्धुपाल्चोकमा ड्रागनफ्रुटखेतीप्रति आकर्षण बढ्दै

चौतारा, २ भदौ
 वर्षमा दुईपटक फल दिने र खेती गर्न पनि सहज हुने भएकाले पछिल्लो समय सिन्धुपाल्चोकका किसान ‘ड्रागन फ्रुट’ खेतीतर्फ आकर्षित भएका छन् । सुक्खा ठाउँमा खेती गर्न सकिने, खेती गरिएको जमिनभित्र अग्ला नहुने विभिन्न जातका फलफूल, अदुवा बेसार, लसुन प्याजलगायत सागसब्जी पनि उत्पादन गर्न सकिने भएकाले दोहोरो फाइदा हुने देखेपछि यहाँका किसान ड्रागन फ्रुटखेतीतर्फ आकर्षित भएका हुन् ।
जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१४ डडुवाका किसान ज्ञानेन्द्र मैनालीले पछिल्लो दुई वर्षदेखि ड्रागनफ्रुटखेती सुरू गर्नुभएको छ  । सात रोपनी जमिनमा लगाएको ड्रागनफ्रुटले अहिले उत्पादन दिन थालेपछि उहाँले आम्दानीसमेत गर्न थाल्नुभएको हो ।
मैनालीले वर्षमा दुईपटक बजारमा यो फल बिक्री गर्नुहुन्छ । उहाँले खेतबाट प्रतिकिलो ३५० देखि ४०० रूपैयाँसम्ममा ड्रागनफ्रुट बिक्री गर्दै आएको उहाँ बताउनुहुन्छ । वर्षमा करिब एक हजार केजी बिक्री गरी आम्दानी गरिरहेको बताउने उहाँ परम्परागत बालीको तुलनामा राम्रो आम्दानी हुने देखिएपछि यस खेतीप्रति थप उत्साहित भएको बताउनुहुन्छ ।
बाँझो जमिनलाई फल्ने बनाउने उहाँको यो प्रयास केवल व्यक्तिगत सफलता होइन, सिङ्गो गाउँले अनुकरण गर्न सक्ने उदाहरणीय कृषि क्रान्ति पनि हो । दुई वर्षको मेहनत र माटोसँगको निरन्तर सम्बन्धपछि ती बिरुवाहरूले फल दिन थालेको मनालीको भनाइ छ । उहाँले भन्नुभयो, “यो खेती केवल व्यावसायिक रूपमा फाइदाजनक होइन, भविष्यको दिगो आधार बन्न सक्छ ।”
त्यस्तै साँगाचोकको पोखरेमा चौतारा छापका सुशील श्रेष्ठको करिब पाँच रोपनी जग्गामा ड्रागनफ्रुटको खेती छ । यहाँ करिब ४०० बिरुवा रोपिएका छन् । अहिले सबै बोटबाट रातो र सेतो जातका ड्रागनफ्रुट फल उत्पादन भइरहेको छ । उहाँले उत्पादन गरेको फल खरिद गर्न व्यापारीहरू बगानमै आउँछन् । ज्येष्ठदेखि कात्तिकसम्ममा दुईपटक फल बेचेर आम्दानी गर्दै आएको उहाँ बताउनुहुन्छ ।
खेती गर्न सजिलो, फल स्वादिलो तथा पोषिलो हुनाका साथै बजार मूल्यमा पनि समस्या नभएपछि ड्रागनफ्रुट व्यवसायमा किसानको आकर्षण बढ्दै गएको हो । बजारमा ड्रागनफ्रुट प्रतिकिलो ६५० देखि ८५० सम्ममा किन्न पाइन्छ । नेपालमा पहिलोपटक जगनाथ राईले विदेशबाट ड्रागनफ्रुट भित्र्याएर खेती गर्नुभएको थियो ।
पछिल्लो समय सिन्धुपाल्चोकमा किसानको ‘ड्रागनफ्रुट’ खेतीप्रति आकर्षण बढ्दै गएको छ । एकपटक लगाएको बिरुवाबाट वर्षौंसम्म आम्दानी लिन सकिने, सजिलो खेती प्रविधि र राम्रो बजार मूल्य भएकाले परम्परागत खेती छोडेर किसान व्यावसायिक ड्रागनफ्रुट खेतीतर्फ आकर्षित हुन थालेका हुन् । यसले सिन्धुपाल्चोकमा व्यावसायिक कृषि विस्तारको नयाँ सम्भावना पनि देखाएको छ ।
कृषि प्राविधिकहरूका अनुसार ड्रागनफ्रुट खेतीका लागि सिन्धुपाल्चोकको हावापानी उपयुक्त छ । यो खेती एकपटक लगाएपछि १५–२० वर्षसम्म फल दिने, कम सिँचाइ र कम मलको आवश्यकता हुने तथा बजार मूल्य उच्च हुने भएकाले कृषकहरूका लागि लाभदायक विकल्प हो ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • क्यानडा नेपालको भरपर्दो मित्र होः राजदूत पौड्याल

    क्यानडा नेपालको भरपर्दो मित्र होः राजदूत पौड्याल

  • सामुदायिक वनमा झाडी फाँडेर वृक्षरोपण सुरू

    सामुदायिक वनमा झाडी फाँडेर वृक्षरोपण सुरू

  • सबै पक्षले पेरिस सम्झौतामा गरेका प्रतिबद्धता पूरा गर्नुपर्छः राष्ट्रपति

    सबै पक्षले पेरिस सम्झौतामा गरेका प्रतिबद्धता पूरा गर्नुपर्छः राष्ट्रपति

  • जडीबुटीखेती गरेर वार्षिक सातलाखसम्म आम्दानी लिँदै वडाध्यक्ष शेर्पा

    जडीबुटीखेती गरेर वार्षिक सातलाखसम्म आम्दानी लिँदै वडाध्यक्ष शेर्पा

  • प्रत्यूष ई-पेपर थप

    २०८२ साउन २८ गते बुधबार

    २०८२ साउन २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    क्यानडा नेपालको भरपर्दो मित्र होः राजदूत पौड्याल

    क्यानडा नेपालको भरपर्दो मित्र होः राजदूत पौड्याल

    सिन्धुपाल्चोकमा ड्रागनफ्रुटखेतीप्रति आकर्षण बढ्दै

    सिन्धुपाल्चोकमा ड्रागनफ्रुटखेतीप्रति आकर्षण बढ्दै

    सामुदायिक वनमा झाडी फाँडेर वृक्षरोपण सुरू

    सामुदायिक वनमा झाडी फाँडेर वृक्षरोपण सुरू

    सबै पक्षले पेरिस सम्झौतामा गरेका प्रतिबद्धता पूरा गर्नुपर्छः राष्ट्रपति

    सबै पक्षले पेरिस सम्झौतामा गरेका प्रतिबद्धता पूरा गर्नुपर्छः राष्ट्रपति

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution