Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक १८, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सामुदायिक वनमा झाडी फाँडेर वृक्षरोपण सुरू

रासस ८१ पटक पढिएको प्रकाशित मिति: २०८२ भाद्र २, सोमबार (२ महिना अघि)
सामुदायिक वनमा झाडी फाँडेर वृक्षरोपण सुरू

सिरहा, २ भदौ
 यहाँको लहान नगरपालिका–१५ स्थित चुरे क्षेत्रमा पर्ने झोवाई खोल्सी सामुदायिक वनमा स्थानीय समुदायको सक्रिय सहभागितामा झाडी फाँडेर व्यवस्थित वृक्षरोपण अभियान सुरू गरिएको छ ।
वातावरणीय संरक्षण, जैविक विविधता विस्तार र वन उपजको उत्पादन वृद्धि गर्ने उद्देश्यले थालिएको यस अभियानले चुरे क्षेत्रको हरियाली पुनःस्थापना गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।
सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लगनलाल चौधरीका अनुसार वनभित्रका खाली जग्गाहरूमा पहिले रोपिएका बिरुवाहरूको गोडमेल गर्ने र नयाँ बिरुवाहरू रोप्ने काम धमाधम भइरहेको छ । उहाँका अनुसार, डिभिजन वन कार्यालय सिरहा, लहानको प्राविधिक सहयोगमा स्थानीय उपभोक्ताहरूले वृक्षरोपण र संरक्षण कार्यमा सक्रिय भूमिका निर्वाह गरिरहेका हुन् ।
“वनको ४।५ प्रतिशत क्षेत्रमा पहिले गरिएको वृक्षरोपणको रेखदेख, संरक्षण र थप बिरुवा रोप्ने काम उपभोक्ता समितिको व्यवस्थापनमा भइरहेको छ,” चौधरीले भन्नुभयो । उहाँका अनुसार, वनमा मुख्यगरी टिक, जामुन, खयर, पाँचपाते, अमला, मसला लगाएका बिरुवा रोपिएका छन् ।
कुल २७७ हेक्टर क्षेत्रफलमा फैलिएको यस सामुदायिक वन क्षेत्रभित्र रहेका खाली जग्गाहरूमा हजारौँ बिरुवा लगाइएको चौधरीको भनाइ छ । त्यसमा, सडक विस्तारका क्रममा नष्ट भएका बिरुवाको क्षतिपूर्तिस्वरूप पनि सामुदायिक वनमा वृक्षरोपण गरिएको छ ।
यसैबीच, चाइना रेलवे कम्पनीले कञ्चनपुर–कमला सडक विस्तारका क्रममा मासिएका बोटबिरुवाबापत क्षतिपूर्तिस्वरूप करिब ३८ हजार बिरुवा सामुदायिक वनमा रोपिएको छ । यस सम्बन्धमा सडक विस्तार आयोजना पश्चिम खण्ड ९सिरहा०का सूचना अधिकारी सरोज कोइरालाले भन्नुभयो, “सडक विस्तारका क्रममा एउटा बोट नष्ट हुँदा त्यसको सट्टामा २५ वटा बिरुवा रोप्नुपर्ने प्रावधानअनुसार यस्तो गरिएको हो । त्यसमा हाम्रो आर्थिक व्ययभार मात्र रहेको छभने बिरुवा कहाँ र कस्तो रोप्ने भन्ने जिम्मेवारी डिभिजन वन कार्यालयको हो ।”
डिभिजन वन कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार, स्थानीय तह, सामुदायिक वन उपभोक्ता समिति र नागरिक समाजको सहकार्यमा चुरेको वातावरणीय संरक्षणमा ठूलो टेवा पुर्‍याउने उद्देश्यले यहाँका नाङ्गा डाँडामा हरियाली अभियान थालिएको जानकारी दिनुभयो । त्यसका लागि आव २०८१र८२ मा डिभिजन वन कार्यालयका तर्फबाट मात्रै करिब दश लाख बिरुवा रोपिएको छ, जुन चुरे संरक्षणतर्फको एक ऐतिहासिक प्रयासका रूपमा लिइएको छ ।
उहाँले चुरे क्षेत्रका नाङ्गाा डाँडामा वृक्षरोपण कार्य दिगो रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै अगाडि भन्नुभयो, “माटोको कटान, भू–क्षय, पानीको अभाव जस्ता समस्याहरूको समाधानमा वृक्षरोपणले ठूलो सहयोग गर्नेछ । त्यसैले ती बिरुवाहरूलाई जोगाएर हुर्काउने र वन क्षेत्रलाई स्थायी रूपमा हरियाली बनाउने कार्यमा स्थानीय सामुदायिक वन समितिसँग समन्वय गर्दै अघि बढ्नेछौँ ।”
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

    वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

  • पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

    पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

  • बाक्लो सङ्ख्यामा देखिन थाले निकुञ्जमा बाघ

    बाक्लो सङ्ख्यामा देखिन थाले निकुञ्जमा बाघ

  • सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

    वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

    पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

    पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

    बाक्लो सङ्ख्यामा देखिन थाले निकुञ्जमा बाघ

    बाक्लो सङ्ख्यामा देखिन थाले निकुञ्जमा बाघ

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution