Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक १८, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बागलुङ र पर्वत भएर बग्ने कालीगण्डकी नदीमा रोकिएन दोहन

रासस १६४ पटक पढिएको प्रकाशित मिति: २०८२ श्रावण २७, मंगलबार (२ महिना अघि)
बागलुङ र पर्वत भएर बग्ने कालीगण्डकी नदीमा रोकिएन दोहन

गलकोट (बागलुङ), २७ साउन ।
 बर्खायाममा नदीजन्य पदार्थ ठेक्कामा निकाल्न नपाइने प्रावधान छ । गत असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था विपरीत बागलुङ र पर्वत भएर बग्ने कालीगण्डकी नदीमा दोहन भइरहेको छ ।
कालीगण्डकी नदीको बागलुङ र पर्वततर्फको दजर्नभन्दा बढी स्थानमा अवैध रूपमा बालुवा निकालिएको छ । स्थानीयको आँखा छल्न क्रसर व्यवसायीले नदीजन्य पदार्थको मध्यरातमा समेत दोहन गरिरहेका छन् ।
शनिबार राति ९ बजे सहस्रधारा क्षेत्रको भाटेखोला बगरमा कालीगण्डकीको दोहोन भइरहको थियो । एउटा स्काभेटरले कालीगण्डकीबाट बालुवा निकाल्दै थियो भने पाँच वटा टिपरले बालुवा बोकेर लैजाँदै थिए । बागलुङको भाटेखोला बगर मात्रै हैन एक दर्जन स्थानबाट अहिले नदीजन्य पदार्थको दोहन गरेर नदी छेउमै भण्डारण गरिएको देख्न सकिन्छ ।
बर्खाको समयमा उर्लेको कालीगण्डकीले ल्याउने बालुवा अबैद्ध रुपमा सङ्कलन गरी हिउँदभरी उपभोक्तालाई चर्को मूल्यमा बिक्री गर्दै आइरहेका छन् । नदीजन्य पदार्थ रातिमा सङ्कलन गरिरहेका स्थानीय बताउँछन् ।
अहिले दोहन भइरहेको बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङ र भाटेखोला–१३ नम्बर वडाको कालाखोला बगरलगायत स्थानमा दोहन भइरहेको कालीगण्डकी बचाउ अभियानका संयोजक आरके अदिप्त गिरीले बताउनुभयो । अवैध नदी दोहान भइरहँदा स्थानीय सरकारले कडाइ गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
म्याग्दी, पर्वत र बागलुङ भएर बग्ने पवित्र कालीगण्डकी दोहोनले शालग्राम शिलासमेत सङ्कटमा परिसकेका गिरीले उल्लेख गर्नुभयो । पर्वत खण्डमा नदीजन्य पदार्थको बढी दोहोन भइरहेको छ भने बागलुङतर्फको सहस्रधारा पारीको भाटेखोला, खनियाघाट र दब्ल्याङ क्षेत्रमा दोहन भइरहेको उहाँको भनाइ छ ।
असारदेखि भदौ १५ गतेसम्म दोहन गर्न नपाइने कानुनी व्यवस्था भए पनि मध्यबर्खामा नदीजन्य पदार्थ सञ्चित गर्ने समयमा कालीगण्डकी नदीको दोहन भइरहँदा स्थानीय तह, प्रशासन र जिल्ला समन्वय समिति एकले अर्कालाई दोष दिएर पन्छने गरेका गिरीले बताउनुभयो ।
नदी दोहन रोक्नका लागि पटकपटक नागरिकस्तरबाट भइरहेका प्रयासलाई सम्बन्धित निकायले बेवास्ता गरेका उहाँको भनाइ छ । उहाँका अनुसार प्रहरी प्रशासन र स्थानीय तहको मौनताका कारण दोहनले प्रश्रय पाइरहेको हो ।
“प्रहरी प्रशासनको मिलेमतोबिना दोहन सम्भव छैन, मालढुङ्गामा प्रहरी छ, नजिकै दोहान भइरहेको छ”, गिरीले भन्नुभयो, “गण्डकी सभ्यता जोगाउन कालीगण्डकीलाई दोहनमुक्त बनाएर संरक्षणको सूचीमा राखौँ ।” दोहनलाई प्रश्रय दिँदा कालाखोला बगर कटान भइसकेको छ भने स्थानीय निकायको राजस्व गुमिरहेको छ ।
कालीगण्डकीको बीच भागबाट नदी दोहन भइरहँदासमेत बागलुङ र पर्वत जिल्लाका सरोकार भएका निकायले कुनै चासो नदिएका गिरीले गुनासो गर्नुभयो । ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ अनुसार नदी तथा खोला किनारबाट ५०० मिटर टाढा मात्रै ढुङ्गा, गिटी, बालुवा उत्खनन गर्न पाइने व्यवस्था भए पनि नदीको बीच भागबाटै दोहन भइरहेको उहाँको भनाइ छ ।
गिरीले सभ्यताको सूचक मानिने कालीगण्डकी नदी नासिनु भनेको हाम्रो मानव सभ्यता नासिनु जस्तै हो भन्नुभयो । पारिस्तिथिक प्रणाली खल्बलाउनु र प्राकृतिक सम्पदा नास्ने अधिकार कोही कसैलाई नभएको बताउँदै गिरीले कालीगण्डकी नदी सभ्यता बचाउन सबैले राज्यतहलाई जनदबाब र पैरवी गर्नुको विकल्प नरहेको धारणा राख्नुभयो ।
नियमविपरीत नदी दोहन जारी राख्दा बागलुङ नगरपालिका–१ स्थित माझी बस्ती, मालढुङ्गा तथा कालाखोला बगर क्षेत्रका घर बाढीको उच्च जोखिममा पर्न थालेका छन् ।
नदीजन्य पदार्थको सुरक्षाका लागि प्रहरी परिचालन भए पनि दोहन रोक्न नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक तिलक भारती स्वीकार्नभयो । स्थानीय तहले ठेक्का लगाउन नसक्ने, राजस्व गुम्ने डरलगायत कारणले दोहन नरोकिएको बताउँदै उहाँले नयाँ रणनीति बनाएर नदी दोहन भइरहेको स्थानमा सादा पोषाकमा प्रहरी परिचालन गर्ने योजना रहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ : कार्यवाहक प्रमुख आयुक्त

    निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ : कार्यवाहक प्रमुख आयुक्त

  • ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापना

    ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापना

  • राष्ट्रपति  कतारतर्फ  प्रस्थान

    राष्ट्रपति कतारतर्फ प्रस्थान

  • वायुसेवा निगमका बेथिति अन्त्यका लागि प्रधानमन्त्री कार्कीको निर्देशन

    वायुसेवा निगमका बेथिति अन्त्यका लागि प्रधानमन्त्री कार्कीको निर्देशन

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ : कार्यवाहक प्रमुख आयुक्त

    निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ : कार्यवाहक प्रमुख आयुक्त

    ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापना

    ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापना

    राष्ट्रपति  कतारतर्फ  प्रस्थान

    राष्ट्रपति कतारतर्फ प्रस्थान

    वायुसेवा निगमका बेथिति अन्त्यका लागि प्रधानमन्त्री कार्कीको निर्देशन

    वायुसेवा निगमका बेथिति अन्त्यका लागि प्रधानमन्त्री कार्कीको निर्देशन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution