Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

कोरियाली भोजनालय स्थापनार्थ उद्यमशीलता तालिम सम्पन्न

रासस १६७ पटक पढिएको प्रकाशित मिति: २०८२ श्रावण २६, सोमबार (४ महिना अघि)
कोरियाली भोजनालय स्थापनार्थ उद्यमशीलता तालिम सम्पन्न

काठमाडौँ, २६ साउन
 नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङले उद्यमशीलतासम्बन्धी सीप हासिल गरी कोरियामा रोजगारको अनुभव भएका धेरै नेपाली युवाले स्वदेश फर्केर राम्रो व्यवसाय गर्न सकेको बताउनुभएको छ ।
गणतन्त्र कोरिया सरकारको आर्थिक सहयोगमा कोइका नेपाल तथा एचआरडी कोरियाको समन्वयमा सञ्चालित के–फुड ९कोरियाली परिकार० उद्यमशीलता तालिम कार्यक्रमको समापन गर्दै उहाँले यस प्रशिक्षणमा भाग लिएका प्रशिक्षार्थीहरुलाई नेपालमा नै उद्यमी बनाउन लक्ष्य लिइएको बताउनुभयो ।
राजदूत पार्कले केही महिनाअघि दूतावासले प्रकाशनमा ल्याएको कोरियाको अनुभवमा आधारित ‘तपाईं पनि मालिक बन्न सक्नुहुन्छ’ नामक पुस्तकमा समावेश भएका ५० जना सफल उद्यमीको प्रेरणादायी कथाहरुका बारेमा जानकारी गराउँदै नयाँ उद्यमीलाई विभिन्न किसिमका तालिमले मार्गदर्शन गर्ने बारेमा उल्लेख गर्नुभयो । कोइका नेपालका प्रमुख खोङ मुहनले ‘के–हामी परियोजना’मार्फत कोरियामा रोजगारको अनुभव भएका युवा पुस्तालाई विभिन्न प्रशिक्षण तालिममार्फत स्वदेशमा नै उद्यमी बनाउनका लागि ध्यान केन्द्रित गरेको बताउँदै स्थिर दिगो विकासका लागि नेपालसँग हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा श्रम मन्त्रालयका सहसचिव कृष्णप्रसाद सापकोटाले कोरिया सरकारको सहयोगमा सन् २०२२ बाट सञ्चालन भएको उद्यमशीलता तथा पुनःस्थापना कार्यक्रममार्फत धेरै व्यक्तिहरु लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । नेपालमै कोरियाली भोजनालय स्थापना गर्ने उद्देश्यले सञ्चालित प्रशिक्षण कार्यक्रममा १५ जना प्रशिक्षार्थी सहभागी छन् । आठ दिनसम्म सञ्चालित सो प्रशिक्षणमा कोरियाबाट आएका भोजनविज्ञले कोरियाली विभिन्न खानाका परिकारहरु बनाउने सीप सिकाएका थिए ।
कोरिया सरकारले कोरियामा रोजगारीको अनुभव भएका युवाहरुलाई लक्षित गरी विभिन्न सहयोगमार्फत दिगो ‘स्टार्टअप इकोसिस्टम’ विस्तार गर्ने जनाएको छ । स्टार्टअपमार्फत रोजगारी सिर्जना भई नेपालको अर्थतन्त्र थप सहयोग पुग्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

  • बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

  • धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

    धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

  • सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

    सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

  • प्रत्यूष ई-पेपर थप

    महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

    महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

    धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

    सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

    सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution