Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ६, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

विपद् जोखिमबाट बच्न उच्च सकतर्कता अपनाउन निर्देशन

रासस २५७ पटक पढिएको प्रकाशित मिति: २०८२ श्रावण २०, मंगलबार (४ महिना अघि)
विपद् जोखिमबाट बच्न उच्च सकतर्कता अपनाउन निर्देशन

काठमाडौँ, २० साउन
 कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मनसुनजन्य विपद् जोखिमलाई मध्यनजर गरी सरकारका सम्पूर्ण निकायलाई आवश्यक सतर्कता अपनाउन निर्देशन दिनुभएको छ ।
शहरी विकास मन्त्रालयमा आज गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानविर राई, मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टसहित बसेको बैठकमा कार्यवाहक प्रधानमन्त्री सिंहले देशका विभिन्न भूभागमा देखिएको मनसुनजन्य जोखिमको जानकारी लिनुभएको थियो ।
बैठकमा उहाँले हाल देशका विभिन्न स्थानको मौसम र सम्भावित जोखिमबारे जानकारी लिँदै पूर्वतयारीमा रहन, घटना घटिहालेमा क्षति हुन नदिन, खोज तथा उद्धारका लागि ‘हाइअलर्ट’ मा रहन निर्देशन दिनुभएको छ ।
त्यसैगरी उहाँले सम्भावित जोखिमको क्षेत्रमा एसएमएस अलर्ट, स्थानीय सञ्चारमाध्यम र सुरक्षा निकायमार्फत पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन पनि निर्देशन दिनुभयो ।
बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख भट्टले लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दियामा पानी पार्ने प्रणाली सक्रिय रहेको जानकारी गराउनुभयो । भारी वर्षा हुँदा बबई नदी र राप्ती नदीको पश्चिम भागमा खतराको तह पार गरेकाले बर्दिया क्षेत्रमा अबको ४ देखि ५ घण्टामा डुबान हुन सक्ने सम्भावना रहेको बताउनुभयो ।
त्यसैगरी मधेस प्रदेशमा देखिएको खडेरीको अवस्थाका बारेमा पनि कार्यवाहक प्रधानमन्त्री सिंहले चासो राख्नुभएको थियो । सो क्रममा प्राधिकरणका प्रमुख भट्टले मधेसमा हल्का वर्षा भइरहेको र ८० प्रतिशत रोपाइँ भएको जानकारी गराउनुभयो । आज राति कैलाली र कञ्चनपुरमा भारी वर्षाको सम्भावना रहेको बारे बैठकमा जानकारी गराइएको छ ।
मकवानपुरमा पनि मनसुन सक्रिय हुने आँकलन गरिएको छ । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्लाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई अतिआवश्यकबाहेक कार्यक्षेत्र नछाड्न निर्देशन जारी गरिएको जानकारी गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

  • बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

  • धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

    धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

  • सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

    सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

  • प्रत्यूष ई-पेपर थप

    महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

    महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

    धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

    सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

    सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution