Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सङ्खुवासभासहित पूर्वी पहाडी जिल्लामा लाखेजात्रा सुरु

रासस २१७ पटक पढिएको प्रकाशित मिति: २०८२ श्रावण १३, मंगलबार (४ महिना अघि)
सङ्खुवासभासहित पूर्वी पहाडी जिल्लामा लाखेजात्रा सुरु

किमाथाङ्का (सङ्खुवासभा), १३ साउन
 नागपञ्चमीका दिनदेखि नेवार समुदायको बाहुल्यता रहेको पूर्वका ओखलढुङ्गा, खोटाङ, सङ्खुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम, ताप्लेजुङलगायतका जिल्लामा आजदेखि लाखेनाच सुरु भएको छ ।
सङ्खुवासभाको खाँदबारी नगरापलिका–१ मा रहेको भीमसेन मन्दिरमा पूजाआजा गरी विधिवत् रूपमा लाखेजात्रा सुरु गरिएको छ । नेवार संस्कृति र परम्पराअनुसार भीमसेन मन्दिरमा पूजाआजा र सगुन खुवाएर नागपञ्चमीबाट लाखे निकालिन्छ ।
नेवाःदेयदवू नगर कार्य समिति खाँदबारीको संयोजनमा नागपञ्चमीका दिनदेखि सुरु भएको लाखेनाच कृष्ण जन्माष्टमीसम्म हरेक दिन बजार परिक्रमा गराउँदै प्रदर्शन गरिन्छ । नेवार समुदायको कुलदेवता भीमसेनको पूजासँगै ढोल, ढोलकी, भ्याम्टा, मुकुन्डो, लाखेले लगाउने कपडालगायत सामग्रीहरूको पूजा गरी खाँदबारीलगायतका बजारहरूमा लाखेनाच सुरु गरिएको नेवाःदेयदवू नगरकार्य समिति खाँदबारीका अध्यक्ष पुष्पबहादुर श्रेष्ठले बताउनुभयो ।
उपत्यका तीन सहर काठमाडौँ, भक्तपुर र ललितपुर मुख्य थलो बनाएका नेवारी समुदायहरु मुलुकका विभिन्न स्थानहरुमा बसोबास गर्दै आएका छन् । पूर्वमा हेर्दा धनकुटाबजार, भोजपुरको टक्सार बजार र सङ्खुवासभाको चैनपुर, खाँदबारी, वाना, सिभुवाका बजारहरुमा नेवार समुदायको बसोबास छ । लाखेनाचका क्रममा स्थानीय लोकभाका, वेशभूषा र चालचलन एवं रोपाइँजात्रा, घोडेजात्रा, गाईजात्रा र अन्य जात्रा देखाउँदै समाजका विभिन्न विकृतिमाथि व्यङ्ग्य गर्ने अनि सर्वसाधारणलाई मनोरञ्जन दिने गरिन्छ ।
भीससेन मन्दिरबाट विधिवत् रूपमा सुरु भएको लाखेले खाँदबारी बजार परिक्रम गरेको छ । द्वापर युगमा भगवान् श्रीकृष्ण र उनका मामा कंशबीचको लडाइँको झल्को दिनेगरी विभिन्न गतिविधि गर्दै जिल्लामा नेवार समुदाय भएका बजार क्षेत्रमा लाखेनाच निकाल्ने चलन छ ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

  • बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

  • धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

    धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

  • सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

    सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

  • प्रत्यूष ई-पेपर थप

    महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

    महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

    धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

    सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

    सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution