Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ श्रावण १३, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

संरक्षण नहुँदा भोजपुरको ‘ टेम्केसिद्ध मन्दिर’ जीर्ण

रासस २७ पटक पढिएको प्रकाशित मिति: २०८२ श्रावण १३, मंगलबार (१३ घण्टा अघि)
संरक्षण नहुँदा भोजपुरको ‘ टेम्केसिद्ध मन्दिर’ जीर्ण

भोजपुर, १३ साउन
यहाँको टेम्केडाँडामा रहेको ‘प्रसिद्ध टेम्केसिद्ध मन्दिर’ जीर्ण बनेको छ । समुद्री सतहबाट तीन हजार १०० मिटर उचाइमा रहेको यो मन्दिर संरक्षणको अभावमा जीर्ण बनेको हो ।

मन्दिर संरक्षण नहँुदा यहाँका संरचना भत्किन थालेका छन् भने मन्दिर परिसरमा पशुचौपाया पसेर फोहर गर्ने गरेका छन् । यहाँ रहेको मन्दिरमा सल्लाको काठलाई फुटाएर छानो लगाइएको छ । जहाँबाट मन्दिरभित्र पानी चुहिने गरेको छ । टिनको छानो लगाएर मन्दिर परिसरलाई घेराबारा गर्नुपर्ने स्थानीयवासी बताउँछन् ।

प्राकृतिक सौन्दर्यता नियाल्न साथै मन्दिरमा दर्शनका लागि अहिले मानिस दैनिकजसो आउने गरेको टेम्केडाँडा क्षेत्रमा गोठपालन गर्दै आउनुभएका गणेश विष्टले बताउनुभयो । मन्दिरबाट नजिकै आफ्नो गोठ रहेकाले यहाँको संरक्षणमा भ्याएसम्म ध्यान दिने गरेको विष्टको भनाइ छ । मन्दिर संरक्षण अभावमा जीर्ण बनेको उहाँको भनाइ छ ।

“टेम्केसिद्ध मन्दिर संरक्षण नहँुदा जीर्ण बनेको छ”, विष्टले भन्नुभयो, “मन्दिर लथालिङ्ग हुँदा मन्दिरमा पशुचौपाया पस्ने गरेका छन् । खासमा मन्दिरको महत्वलाई मानिसले बुझ्न नसकेकोजस्तो लाग्छ । यति सुन्दर ठाउँमा रहेको मन्दिर संरक्षणसँगै अन्य ठाउँमा चिनाउन सके राम्रो आम्दानीको स्रोत बन्न सक्छ ।”

यो स्थानलाई जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा स्थापित गर्नसके प्राकृतिकप्रेमीहरूका लागि यो उत्तम गन्तव्य बन्ने जानकारहरु बताउँछन् । मानिसहरूको धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको उक्त मन्दिरको संरक्षणमा सरोकारवाला पक्षको ध्यान नपुगेको देखिन्छ । मन्दिरमा लगाइएको घेराबारा भत्किएका छन् । आसपासमा चरन क्षेत्र भएकाले गाईवस्तुभित्र पसेर बस्दा मन्दिर फोहर बनेको स्थानीयवासीको भनाइ छ ।

ऐतिहासिक मन्दिर रहेकाले यसको संरक्षणमा ध्यान दिनुपर्ने टेम्कमैयुङ–५ मझौलका स्थानीय शिवकुमार विष्टले बताउनुभयो । यसको विकासमा ध्यान दिनसके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने उहाँको भनाइ छ । यहाँबाट सूर्योदय र सूर्यस्तको प्रष्ट दृश्य पनि देख्न सकिन्छ ।

मन्दिरको नजिकै परेवा उडाउने तथा बलि पूजा गर्ने ठाउँ पनि छ । भाकल पूरा गर्नका लागि यहाँ परेवा लगेर उडाउने प्रचलन छ । यो मन्दिरको दर्शन गरेमा दुःखकष्ट हट्ने तथा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । यहाँ बालाचतुर्दशी र रामनवमीमा गरी वर्षमा दुईपटक भव्य मेला लाग्ने गरेको छ । मानिसहरू आ–आफ्ना कूल, पितृको सम्झनामा सदबिज छर्नका लागि पुग्ने गरेका छन् ।

यहाँ लाग्ने मेलामा दर्शन गर्न भोजपुर, खोटाङ, धनकुटा, सङ्खुवासभाबाट पनि मानिसहरू आउने गरेका छन् । खास गरेर यहाँ लाग्ने मेलामा स्थानीय परिकारको स्वाद लिँदै, मन्दिरको दर्शनसँगै प्राकृतिक दृश्यावलोकन गर्न मानिसहरू पुग्ने गरेका छन् । मेलाबाहेक अन्य समयमा पनि दर्शन तथा पञ्चबलि गर्नका लागि जिल्लासँगै अन्य विभिन्न ठाउँबाट मानिसहरू यहाँ आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नेप्से परिसूचक ३० अङ्कले बढ्यो

    नेप्से परिसूचक ३० अङ्कले बढ्यो

  • सङ्खुवासभासहित पूर्वी पहाडी जिल्लामा लाखेजात्रा सुरु

    सङ्खुवासभासहित पूर्वी पहाडी जिल्लामा लाखेजात्रा सुरु

  • चाँगुनारायणमा दर्शनार्थीको घुइँचो

    चाँगुनारायणमा दर्शनार्थीको घुइँचो

  • काँकडभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिमा ढिलाइ

    काँकडभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिमा ढिलाइ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ साउन १२ गते सोमबार

    २०८२ साउन १२ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेप्से परिसूचक ३० अङ्कले बढ्यो

    नेप्से परिसूचक ३० अङ्कले बढ्यो

    सङ्खुवासभासहित पूर्वी पहाडी जिल्लामा लाखेजात्रा सुरु

    सङ्खुवासभासहित पूर्वी पहाडी जिल्लामा लाखेजात्रा सुरु

    चाँगुनारायणमा दर्शनार्थीको घुइँचो

    चाँगुनारायणमा दर्शनार्थीको घुइँचो

    काँकडभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिमा ढिलाइ

    काँकडभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिमा ढिलाइ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution