Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ श्रावण ७, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

पर्यटन प्रवर्द्धनका लागि मौलिक संस्कृति र सम्पदाको संरक्षण

रासस २३ पटक पढिएको प्रकाशित मिति: २०८२ श्रावण ७, बुधबार (१२ घण्टा अघि)
पर्यटन प्रवर्द्धनका लागि मौलिक संस्कृति र सम्पदाको संरक्षण

म्याग्दी, ७ साउन
 पर्यटन प्रवर्द्धनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका(७ हिस्तानमा मौलिक संस्कृति र सम्पदा संरक्षणगर्न थालिएको छ । यस वडामा बाहुल्य बसोबास रहेको मगर समुदायको मौलिक सम्पदा भूमे थान, धार्मिकस्थल गिद्धेश्वर मन्दिर, कला र संस्कृतिको संरक्षण तथा व्यवस्थापनमार्फत पर्यटन प्रवर्द्धनको प्रयास थालिएको हो ।
भूमे पूजा गर्ने संस्कृतिको निरन्तरताका लागि थानहरूको संरक्षण, मौलिक पुख्र्यौली नृत्यको पुस्तान्तरण र जनजीवनमा प्रयोग हुने सामग्रीहरूको संरक्षणका सङ्ग्रहालय भवन बनाइएको अन्नपूर्ण–७ का वडाध्यक्ष मइलन गर्बुजा पुनले जानकारी दिनुभयो ।
मगर समुदायमा भूमे थानको धार्मिक र सांस्कृतिक महत्त्व छ । भूमे थानमा यस समुदायले प्रकृतिको पूजा गर्छन् । धार्मिकस्थल र संस्कृति संरक्षणको साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यस वर्ष हिस्तानको घराम्दी र रिमास्थित भूमेथानमा पूर्वाधार निर्माण गरेको वडाअध्यक्ष पुनले बताउनुभयो ।
“गाउँपालिकाको रु नौ लाख बजेटबाट घेराबार, पदमार्ग र पर्खाल बनाएर संरक्षण गरिएको हो । रिमाको भूमेथानमा समुदायले आर्थिक सहयोग जुटाएर निरन्तरता दिएका छन्”, उहाँले भन्नुभयो, “रु १२ लाख बजेटबाट घराम्दीको भूमेथान वरपर तारजाली लगाएर घेराबार, खानेपानी, सार्वजनिक शौचालय, पदमार्ग र आश्रयस्थल निर्माण भएका छन् ।”
प्रधानमन्त्री रोजगार कार्यक्रमको रु छ लाख ९० हजार बजेटबाट घराम्दी गाउँबाट भूमेथान जोड्ने ढुङ्गाको सिँढीसहितको पदमार्ग निर्माण भएको छ । भूमेथान वरपर पर्खाल, तारबार र फलामको घेराबार गरेपछि दुर्घटनाको जोखिम हटेको अन्नपूर्ण–७ का वडा सदस्य गेमबहादुर पुनले बताउनुभयो ।
“पूजाआजाको समयमा भीडभाड हुँदा साँघुरो ठाउँमा लडेर दुर्घटना हुने जोखिम थियो”, उहाँले भन्नुभयो, “घेराबार, पदमार्ग र खानेपानीलगायत पूर्वाधार बनेपछि सहज र सुरक्षित भएको छ ।” भूमेपूजाका लागि सहरबजार र विदेशमा गएकाहरु पनि आफ्नो जन्मथलो फर्कंदा चहलपहल हुन्छ ।
“म्याग्दीका सबै मगर बस्तीमा जेठ महिनामा भूमे पूजा गर्ने चलन छ । केही ठाउँमा मङ्सिरमा भूमे पूजा गरिन्छ । गाउँलेहरू भेला भएर साझा रूपमा भूमे पूजा गरेर भोज र मगर संस्कृतिमा आधारित पुख्र्यौली नाच प्रस्तुत गर्छन्”, उहाँले भन्नुभयो ।
विपद् र अनिष्ट नहोस् भन्ने कामनासहित भूमेको थानमा भेँडाको साँढेको बलि चढाएर नाचगान गर्दै जमिन र प्रकृतिको पूजा गर्ने चलन रहेको अन्नपूर्ण–७ का पूर्ववडाध्यक्ष गमप्रसाद फगामीले बताउनुभयो । उहाँका अनुसार अन्नपूर्ण गाउँपालिकाले टिकोटमा पर्यटक आकर्षित गर्न, भुलाउन र परम्परागत मौलिक सामग्रीको संरक्षण गर्न सङ्ग्रहालय स्थापनाका लागि भवन बनाइएको छ ।
पछिल्लो दुई आर्थिक वर्षमा विनियोजन भएको रु २९ लाख बजेटबाट निर्माण भएको दुईतले भवनमा दैनिक जीवनयापनमा प्रयोग हुने परम्परागत मौलिक सामग्री सङ्कलन गरेर राखिने वडा सदस्य बुद्धिवीर पुनले बताउनुभयो ।
यसैगरी, हिस्तानको औलास्थित धार्मिकस्थल गिद्धेश्वर मन्दिर जोड्ने पदमार्गलगायत पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा रु १५ लाख बजेट विनियोजन भएको छ । विभिन्न टोलका पुख्र्यौली नृत्य समूहलाई पोसाक सहयोग र युवा पुस्तालाई कला हस्तान्तरणका लागि प्रशिक्षण सञ्चालन भएका छन् ।
हिस्तानको घराम्दीस्थित प्यारीबाराही तालको वरपर पदमार्ग निर्माण र तालमा उम्रिएको झार निकालेर सफा गरिएको छ । गुराँसे जङ्गलका बीचमा रहेको हिस्तानको फूलबारीमा गुराँस पार्क बनाइएको छ । अन्नपूर्ण–धौलागिरि सामुदायिक पर्यावरणीय र करवाकेली पदमार्गमा समेटिएको हिस्तानको आकर्षण प्रकृति र संस्कृति हो ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नेप्से पाँच दशमलव १७ अङ्कले बढ्यो

    नेप्से पाँच दशमलव १७ अङ्कले बढ्यो

  • एक सय ५७ रोपनीमा सुन्तलाखेती विस्तार

    एक सय ५७ रोपनीमा सुन्तलाखेती विस्तार

  • पर्यटक तान्दै चौरीखर्क

    पर्यटक तान्दै चौरीखर्क

  • कर्मचारी आवश्यकता सम्बन्धी सूचना

    कर्मचारी आवश्यकता सम्बन्धी सूचना

  • प्रत्यूष ई-पेपर थप

    २०८२ साउन ७ गते बुधबार

    २०८२ साउन ७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेप्से पाँच दशमलव १७ अङ्कले बढ्यो

    नेप्से पाँच दशमलव १७ अङ्कले बढ्यो

    पर्यटन प्रवर्द्धनका लागि मौलिक संस्कृति र सम्पदाको संरक्षण

    पर्यटन प्रवर्द्धनका लागि मौलिक संस्कृति र सम्पदाको संरक्षण

    एक सय ५७ रोपनीमा सुन्तलाखेती विस्तार

    एक सय ५७ रोपनीमा सुन्तलाखेती विस्तार

    पर्यटक तान्दै चौरीखर्क

    पर्यटक तान्दै चौरीखर्क

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution