Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ जेष्ठ ९, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

यसपालिको राष्ट्रिय ललितकला प्रदर्शनीमा ‘कलामा विविधता’ थप्नेगरी तयारी

रासस २७ पटक पढिएको प्रकाशित मिति: २०८२ जेष्ठ ९, शुक्रबार (९ घण्टा अघि)
यसपालिको राष्ट्रिय ललितकला प्रदर्शनीमा ‘कलामा विविधता’ थप्नेगरी तयारी

काठमाडौँ, ९ जेठ
 नेपाली ललितकलाको महाउत्सव मानिने यसपालिको राष्ट्रिय ललितकला प्रदर्शनीमा कलामा विविधता दिने प्रयास गरिने बताइएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा यही जेठ १५ देखि ३० गतेसम्म आयोजना हुने प्रदर्शनीमा सातै प्रदेशका विविधता झल्किने गरी प्रदर्शनी गर्ने अन्तिम तयारी भइरहेको प्रदर्शनी संयोजक एवं प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “नेपालमा अभ्यासमा रहेका रैथाने कलादेखि हालका समसामयिक कलालाई एकै ठाउँमा राखेर प्रदर्शनी हुँदैन । पहिलो अभ्यासका रुपमा यसपटक हरेक प्रदेशको छुट्टाछुट्टै ग्यालरीमा कला प्रदर्शनी हुनेछ । जसबाट प्रदेशको कला अवलोकनका साथै अध्ययन पनि गर्न सकिनेछ । प्रदर्शनीमा करिब ६०० कलाकारका ६५० हाराहारीका कलाकृतिहरु समावेश गरिनेछ ।”
राष्ट्रिय प्रदर्शनीको पूर्वसन्ध्यामा यसअघि फागुनमा सातै प्रदेशमा कला प्रदर्शनी गरिएको थियो । त्यहाँ कलाकारका एक हजार कलाकृति समावेश थिए । तीमध्ये छनोट भएका ५०० कलाकृति र आमन्त्रित कलाकारका गरी ६०० हाराहारीमा कला प्रदर्शनी हुने प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले बताउनुभयो ।
सातै प्रदेशममा अभ्यासमा रहेका विविध मौलिक कलाकृतिको प्रतिनिधित्व हुने गरी व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो । “लोककला, हस्तकलामा पनि समुदायगत, जातिगत, भौगोलिक क्षेत्रका हिसाबले पनि विविधता झल्किने गरी व्यवस्थापन गर्दैछौँ । यसमा मौलिक शिल्प ज्ञानहरू हुनेछन् भने त्यो साङ्केतिक रूपमा पनि हेर्न पाइने व्यवस्था गरिने छ । प्रदर्शनीमा दैनिक जीवनमा प्रयोग हुने सामान रहने छन्”, सदस्यसचिव काफ्लेले भन्नुभयो, “यसलाई हामीले पुनर्जागरणको चरण भनेका छौँ । नेपालका लोपोन्मुख कतिपय लोककला, हस्तकला, शिल्प हस्तकलाहरू देख्न पाइने छन् । राउटेदेखि मधेशका डोम समुदायले बनाउने कलाहरू प्रदर्शनीमा समावेश हुनेछन् ।”
प्रदर्शनीमा समसामयिक पक्षलाई उठाइएका आधुनिक पक्षलाई उठाइका लोककला, परम्परागत कला, शिल्प हस्तकला, विश्वमा चलेका न्यू मिडियासँग सम्बधित बहुआयामिक तथा सिर्जनात्मक वास्तुकलालगायत प्रदर्शनीमा राख्ने जनाइएको छ । नेपाल ललितकलालाई समावेशी बनाउँदै जनसाधारीकरण गर्नु प्रदर्शनीको मुख्य उद्देश्य रहेको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली बताउनुहुन्छ । उहाँले भन्नुभयो, “भोक, सोख र लोकलाई सन्तुलन मिलाउँदै लोक र भोकलाई सोखमा जोड्नका लागि तयार हुनुपर्छ । कलाको पहिचान स्थानीय, राष्ट्रिय, अन्तरराष्ट्रिय पहुँचमा पु¥याउँदै अर्थतन्त्रमा योगदान दिने उद्देश्य हो । विगत वर्षदेखि सातै प्रदेशका लुकेका कलालाई उजागर गर्दै प्रदर्शनी भइरहेको छ, त्यसले कलामा एउटा जागरण पैदा गर्न सफल भएको छ ।”
प्रदर्शनी सफल बनाउन प्रतिष्ठानका उपकुलपति लालकाजी लामाको संयोजकत्वमा मूल समिति र अन्य सातवटा उपसमिति गठन गरिएका छन् । यसपालि प्रदर्शनीअन्तर्गत सांस्कृतिक संस्थानसँगको सहकार्यमा साङ्गीतिक प्रस्तुति, नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा साहित्यिक प्रस्तुतिसमेत रहने गरी कार्यक्रम तयार पारिएको छ ।
प्रदर्शनीअन्तर्गत गत वर्ष जस्तै राष्ट्रिय, प्रादेशिक तथा नवप्रतिभा र विधागत पुरस्कारसमेत प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । यसका साथै दुई जनालाई विशेष सम्मानका रूपमा अरनिको सम्मान, कला प्रवर्द्धक तथा सहिदको स्मरणमा पुरस्कार तथा सम्मान, कला लेखक तथा पत्रकार र सहयोगी संस्थाहरूलाई पनि पुरस्कार तथा सम्मान प्रदान हुनेछ ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • अपाङ्गता भएकाहरूलाई हरेक क्षेत्रमा सबल बनाउन शिक्षा अपरिहार्य छः मन्त्री पन्त

    अपाङ्गता भएकाहरूलाई हरेक क्षेत्रमा सबल बनाउन शिक्षा अपरिहार्य छः मन्त्री पन्त

  • सुनको मूल्य तोलामा एक हजार सात सयले वृद्धि

    सुनको मूल्य तोलामा एक हजार सात सयले वृद्धि

  • गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु

    गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु

  • ‘रैथाने बालीलाई नै प्रयोगमा ल्याउनुपर्ने आवश्यकता छ’

    ‘रैथाने बालीलाई नै प्रयोगमा ल्याउनुपर्ने आवश्यकता छ’

  • प्रत्यूष ई-पेपर थप

    २०८२ जेष्ठ ६ गते मंगलबार

    २०८२ जेष्ठ ६ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    यसपालिको राष्ट्रिय ललितकला प्रदर्शनीमा ‘कलामा विविधता’ थप्नेगरी तयारी

    यसपालिको राष्ट्रिय ललितकला प्रदर्शनीमा ‘कलामा विविधता’ थप्नेगरी तयारी

    अपाङ्गता भएकाहरूलाई हरेक क्षेत्रमा सबल बनाउन शिक्षा अपरिहार्य छः मन्त्री पन्त

    अपाङ्गता भएकाहरूलाई हरेक क्षेत्रमा सबल बनाउन शिक्षा अपरिहार्य छः मन्त्री पन्त

    सुनको मूल्य तोलामा एक हजार सात सयले वृद्धि

    सुनको मूल्य तोलामा एक हजार सात सयले वृद्धि

    गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु

    गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution