Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

प्रत्यूष १३१ पटक पढिएको प्रकाशित मिति: २०८२ बैशाख २७, शनिबार (७ महिना अघि)
उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

मुस्ताङ, २७ वैशाख
उत्तरी चीनसँग सिमान जोडिएको उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा धमाधम राष्ट्रिय परिचयपत्र वितरण गर्न थालिएको छ ।

उपल्लो मुस्ताङमा बसोबास गर्ने नागरिकलाई जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरण गर्न थालेको हो । लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको पहलमा जिल्ला प्रशासन कार्यालय मुस्ताङले शुक्रबारदेखि उपल्लो मुस्ताङमा दुईदिने राष्ट्रिय परिचयपत्र वितरण शिविर सुरू गरेको छ ।

गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्ट ९राजु० र उपाध्यक्ष छिरिङ ल्हामो गुरूङको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय मुस्ताङअन्तर्गत राष्ट्रिय परिचय पत्र शाखाले लोघेकर दामोदरकुण्ड गाउँपालिका केन्द चराङमा पुगेर तीन सय २५ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो । स्थानीय तहको समन्वयमा उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्डसहित लोमान्थाङमा छ सय ६८ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रम रहेको प्रजिअ भुसालले बताउनुभयो ।

उपल्लो मुस्ताङमा राष्ट्रिय परिचयपत्र वितरणका लागि चार जना कर्मचारी खटिएको प्रजिअ भुसालको भनाइ छ । यसअघि राष्ट्रिय परिचयपत्र प्राप्तिका लागि दर्ता प्रक्रिया पूरा गराउन मुस्ताङको जोमसोम पुगेर नामाङ्कन दर्ता गरेका नागरिकलाई गाउँपालिका केन्द्रमै राष्ट्रियपत्र पाउँदा निकैनै खुसी भएको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले उल्लेख गर्नुभयो । अध्यक्ष विष्टका अनुसार राष्ट्रियपत्र लिन जोमसोम आउजाउँ गर्दा नागरिकको कम्तीमा प्रति व्यक्ति छ हजार बढी रकम खर्च हुनेमा प्रशासनबाट खटिएको टोलीबाट शिविर सञ्चालन गरी परिचयपत्र वितरण गर्दा स्थानीय नागरिकले आर्थिक भार व्यवहोर्नु नपरेको अध्यक्ष विष्टले जनाउनुभयो ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङबाट खटिएको टोलीले स्थानीय नागरिकको सेवा र सुविधालाई ध्यानमा राखेर जिल्लामा पहिलो पटक राष्ट्रिय परिचयपत्र शिविर सञ्चालन गरेको हो । शिविर सञ्चालनबाट दिनै खर्चिएर सदरमुकाम जोमसोम धाउनुपर्ने झन्झट टरेको लोघेकर दामोदरकुण्ड–१ वडाध्यक्ष टै ढिन्डुक ठकुरीले बताउनुभयो । प्रशासनले पालिकावासी र नागरिकको सेवा सुविधालाई केन्द्रमा राखेर सेवा प्रवाह गरेको वडाध्यक्ष गुरूङको भनाइ छ ।

पछिल्लो समय सरकारले सामाजिक सुरक्षा भत्ता तथा बैंक खाता खोल्न र अन्य प्रशासनिक प्रयोजनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गराएसँगै मुस्ताङमा स्थानीय नागरिकले राष्ट्रिय परिचयपत्र प्राप्त गर्न वितरण दर्ता गर्ने क्रम बढेको छ । नागरिकलाई पृथक नम्बरसहितको राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहसँगको सहकार्यमा अभियान सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

  • बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

  • धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

    धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

  • सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

    सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

  • प्रत्यूष ई-पेपर थप

    महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

    महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

    धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

    सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

    सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution