Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ६, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नवलपरासीमा आल्मुनियम रड उत्पादन गर्ने उद्योग सञ्चालन

प्रत्यूष २४९ पटक पढिएको प्रकाशित मिति: २०८१ चैत्र १४, बिहिबार (८ महिना अघि)
नवलपरासीमा आल्मुनियम रड उत्पादन गर्ने उद्योग सञ्चालन

नवलपरासी (बर्दघाट सुस्तापश्चिम), १४ चैत
 पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१६ हकुईमा आल्मुनियम रड उत्पादन उद्योग सञ्चालनमा आएको छ । लिट्मस इन्डस्ट्रिज लिमिटेडले बुधबार एक कार्यक्रम आयोजना गरी नेपालमा पहिलो पटक आल्मुनियम रड उत्पादनको औपचारिक सुरुवात गरेको हो ।
कार्यक्रमलाई उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले स्वादेशी उत्पादनको प्रयोग बढाउन नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिँदै यसका लागि तीनै तहको सरकार योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने धारणा राख्नुभयो । उद्योगलाई प्रभावकारी रूपमा सञ्चालन गरेमा स्थानीयस्तरमा रोजगारीका अवसर सृजना हुनुका साथै आर्थिक समृद्धि हासिल गर्न सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
तीनै तहका सरकारबीच सहकार्य र समन्वय आवश्यक पर्ने बताउँदै राउतले यसका लागि रचनात्मक र सृजनात्मक कार्यक्रममार्फत अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । स्वादेशी उत्पदानको क्षमता बढाउन विभिन्न नीतिलाई अगाडि सारिएको जनाउँदै उहाँले यो उद्योगले नेपाली बजारमा हुने आल्मुनियम आयात प्रतिस्थापन तथा न्यूनीकरण गर्दै स्वदेशी उत्पादनमा आत्मनिर्भर र समुन्नत बनाउने विश्वास व्यक्त गर्नुभयो ।
हाल नेपालमा तार, केबललगायत निर्माणमा प्रयोग हुने आल्मुनियम रड आयातमार्फत आपूर्ति हुँदै आएको उद्योगका प्रबन्ध निर्देशक रोहित गुप्ताले बताउनुभयो । उहाँका अनुसार रु चार अर्बमा सञ्चालित यस उद्योगले आल्मुनियम रडको आयात परनिर्भरतालाई घटाउनुका साथै देशभित्र उच्च गुणस्तरीय रड निर्माण हुनेछ ।
देशभित्र आल्मुनियम रडको खपत क्षमता आठ हजार टन रहेको बताउँदै गुप्ताले यस उद्योलगे २० हजार टन उत्पदान गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो । नेपालसहित भारत र तेस्रो मुलुकसम्म रड निर्यात गर्ने लक्ष्य लिइएको उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

    पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

  • बागलुङका किसानका व्यथा :  सुन्तला सस्तोमा बेच्न बाध्य

    बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

  • पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

  • बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

  • प्रत्यूष ई-पेपर थप

    अनियमित मौसमको असरः यस वर्ष धान उत्पादन घट्यो

    अनियमित मौसमको असरः यस वर्ष धान उत्पादन घट्यो
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

    पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

    बागलुङका किसानका व्यथा :  सुन्तला सस्तोमा बेच्न बाध्य

    बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution