Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक १९, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

‘खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ हुँदै

रासस ३१२ पटक पढिएको प्रकाशित मिति: २०८१ चैत्र ११, सोमबार (७ महिना अघि)
‘खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ हुँदै

खोटाङ, ११ चैत
आगामी वैशाख दोस्रो साता खोटाङको दिक्तेल बजारमा ‘दोस्रो बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ सञ्चालन हुने भएको छ ।

नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङको संयुक्त आयोजनामा वैशाख–१५ गतेदेखि २० गतेसम्म दिक्तेल बजारमा खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव सञ्चालन हुने भएको हो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा छ दिनसम्म सञ्चालन हुने महोत्सवमा ६३ वटा पदकका लागि एथलेटिक्ससहित खुला ब्याडमिन्टन, खुला पुरूष बुद्धिचाल र साहित्यिक प्रतियोगिता आयोजना गरिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रूपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन, सन् २०५० भित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्नेलगायतका उद्देश्यसहित महोत्सवको आयोजना गरिएको नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभयो ।

महोत्सवमा दश वर्षमुनिका छात्रछात्राका लागि एक माइल, १२ वर्षमुनिका छात्रछात्राका लागि दुई किलोमिटर, ६० वर्षमाथि पुरूषको दुई किलोमिटर, आमाहरूको पाँच किलोमिटर, १२ वर्षदेखि १५ वर्षमुनिको छात्रछात्राका लागि सात किलोमिटर र ३५ वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीको दौड प्रतियोगिता हुनेछ । पन्ध्र वर्षमाथिका पुरूष महिला दश किलोमिटर र महिलारपुरूष २१ किलोमिटर हाफ म्याराथन प्रतियोगिता सञ्चालन हुने आयाजकले जनाएको छ ।

दश वर्षमुनिका छात्रछात्रा एक माइल दौड प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुनेले रू तीन हजार, रू दुई हजार, रू एक हजार, १२ वर्षमुनिका छात्रछात्रा दुई किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले रू चार हजार, रू तीन हजार र रू एक हजार ५००, ६० वर्षमाथिका पुरूषको दुई किलोमिटर र आमाहरूको पाँच किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले रू पाँच हजार ५००, रू तीन हजार ५०० र रू दुई हजार ५०० का दरले पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

बाह्र वर्षदेखि १५ वर्षमुनिको छात्रछात्रा सात किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले रू सात हजार ५००, रू छ हजार ५०० र रू पाँच हजार ५००, ३५ वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीको दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले नगद रू १५ हजार, रू दश हजार र रू सात हजार पुरस्कार पाउनेछन् ।

पन्ध्र वर्षमाथिका पुरूष महिला दश किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले नगद रू १५ हजार, रू दश हजार, रू सात हजार र महिला पुरूष २१ किलोमिटर हाफ म्याराथन प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचाँै, छैटौँ र सातौँ हुनेले नगद रू ७७ हजार ७७७, रू ५५ हजार ५५५, रू २५ हजार ५५५, रू १५ हजार ५५५, रू ११ हजार १११, रू सात हजार ७७७ र रू पाँच हजार ५५५ पुरस्कार पाउने जनाइएको छ ।

खुला पुरूष ब्याडमिन्टनअन्तर्गत १५ वर्षमुनिका सिङ्गलमा प्रथम, द्वितीय र तृतीय हुनेले रू सात हजार ७७७, रू छ हजार ६६६, रू पाँच हजार ५५५, खुला सिङ्गलमा प्रथम, द्वितीय, तृतीय हुनेले रू १५ हजार ५५५, रू ११ हजार १११, रू पाँच हजार ५५५ प्राप्त गर्नेछन् । खुला डबलमा प्रथम, द्वितीय र तृतीय हुनेले रू २० हजार, रू १५ हजार, रू दश हजार तथा ४५ वर्षमाथिका डबल र खुला मिक्स ब्याडमिन्टनमा प्रथम, द्वितीय र तृतीय हुनेले रू ११ हजार १११, रू सात हजार ७७७ र रू पाँच हजार ५५५ का दरले पुरस्कार पाउनेछन् ।

खुला बुद्धिचालमा प्रथम, द्वितीय र तृतीय हुनेले रू ४० हजार, रू २५ हजार, रू १५ हजारसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । जिल्ला समन्वय समिति खोटाङको सभाहलमा बुद्धिचाल तथा दिक्तेलस्थित माटिकोरे खेलमैदानको खोटाङ बहुउद्देश्यीय कभर्डहलमा ब्याटमिन्टन र साहित्य महोत्सव हुने जनाइएको छ ।

महोत्सवका लागि रू ३९ लाख ५५ हजार ८७ बजेट लाग्ने अनुमान गरिएको नेपाल सितोरियो कराते सङ्घ खोटाङका अध्यक्ष सुमन राईले जानकारी दिनुभएको छ । जिल्लाका दशवटै स्थानीय तह र शुभेच्छुकको आर्थिक सहयोगमा महोत्सव गर्ने तयारी गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सञ्चारमन्त्रीद्वारा गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

    सञ्चारमन्त्रीद्वारा गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

  • सुनचाँदीको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

  • आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

    आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

  • वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

    वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सञ्चारमन्त्रीद्वारा गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

    सञ्चारमन्त्रीद्वारा गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

    सुनचाँदीको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

    आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

    वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

    वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution