Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ भाद्र ५, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नमूना विद्यालयमा करोडौँ लगानी, नतिजा खस्कँदो

रासस २७२ पटक पढिएको प्रकाशित मिति: २०८१ चैत्र ४, सोमबार (५ महिना अघि)
नमूना विद्यालयमा करोडौँ लगानी, नतिजा खस्कँदो

गोरखा, ४ चैत
 यहाँका विभिन्न पाँच विद्यालयलाई शिक्षा मानव तथा स्रोत विकास केन्द्रले नमूना विद्यालय घोषणा गरी वर्सेनी करोडौँ अनुदान उपलब्ध गराएपनि शैक्षिक गुणस्तर खस्कँदो छ ।
दुल्लभ मावि घ्याम्पेसाल, महेन्द्र मावि कुन्दुर, सूर्यज्योति मावि ताकुकोट, परोपकार आदर्श मावि जौवारी र अमरज्योति मावि लुइँटेल नमूना विद्यालय घोषित  भइ करोडौँ अनुदान प्राप्त गरेपनि विगत पाँच वर्षको शैक्षिक प्रगति विवरण सन्तोषजनक नदेखिएको हो ।
गोरखा नगरपालिकास्थित महेन्द्र माविका प्राचार्य गोपालबाबु मरहट्टाले भन्नुभयो, “यो वर्ष रु १० लाख परेको छ, कार्यक्रम आएको सुरुको वर्ष रु ५० लाख आएको थियो ।”  प्राप्त बजेट शैक्षिक गुणस्तर निर्माणका लागि खर्च गरेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार १२र१२ कोठाको दुई वटा विद्यालय भवन, एउटा छात्रावास, व्यवस्थित शौचालय निर्माणसँगै कम्प्युटर, अन्य जिन्सी सामग्री खरिद गरिएको छ । विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न विविध कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
सो विद्यालयमा हाल पाँच सय ६४ जना विद्यार्थी अध्ययनरत छन् । सो विद्यालय नमूना घोषणा भएको वर्ष २०७४ को एसइईमा औसत २ दशमलव ४० जिपिए थियो । विसं २०७५ मा २ दशमलव ४८, २०७६ मा २ दशमलव ५९, २०७७ मा २ दशमलव ७४, २०७८ मा २ दशमलव २७ र वर्ष २०७९ मा २ दशमलव २१ मात्र जिपिए ल्याएको छ । गतवर्ष २०८० को एसइई नतिजा घटेर १ दशमलव ७२ जिपिए छ ।
भीमसेन थापा गाउँपालिका–१ घ्याम्पेसालस्थित दुल्लभ माविमा नमूना विद्यालय कार्यक्रम सञ्चालन भएसँगै भौतिक निर्माणले गति लिएको छ । हाल तीन सय २४ जना विद्यार्थी रहेको सो विद्यालयमा दुई वटा छ÷छ कोठे भवन निर्माण गर्नुका साथै विद्यालय बससमेत सञ्चालन गरिएको प्रअ लक्ष्मणबाबु आचार्यले बताउुनभयो ।
नमूना विद्यालय कार्यक्रमअन्तर्गत प्राप्त वार्षिक रु एक करोड भौतिक पूर्वाधारमा र बाँकी रु ५० लाख व्यवस्थापनमा खर्च गरेको उहाँले जानकारी दिनुभयो । विद्यालयको गतवर्षको एसइई नतिजा औसत ७५ दशमलव ८६ प्रतिशत छ ।
तीन सय १५ जना विद्यार्थी पढ्ने बारपाक सुलिकोटको सूर्यज्योति मावि ताकुकोटले कार्यक्रमअन्तर्गत सुरुको पाँच वर्ष डेढ–डेढ करोड र गतवर्ष रु ३० लाख प्राप्त गरेको छ ।  अनुदानवापत प्राप्त रु चार करोड विद्यालय भवन निर्माणमा खर्च गरेको विद्यालयले जनाएको छ । रु ९७ लाख बराबरको चमेना गृह, रु २१ लाख लागतमा विद्यालयको मञ्च र करिब रु १० लाखमा आइसिटी ल्याब निर्माण गरेको प्रअ प्राचार्य बाबुराम नेपालीले बताउनुभयो ।
बजेट करोडौँ खर्च गरेपनि एसइईको नतिजा खासै राम्रो देखिएको छैन । सुरुको वर्ष विसं २०७५ मा विद्यालयले २ दशमलव २५ जिपिए प्राप्त गरेको थियो । विसं २०७६ मा २ दशमलव ८४, २०७७ मा ३ दशमलव१४, २०७८ मा २ दशमलव २० र विसं २०७९ मा २ दशमलव ६५ जिपिए प्राप्त ग(यो भने गत वर्ष जम्मा ० दशमलव ५६ जिपिए प्राप्त गरेको छ ।
३६५ जना विद्यार्थी पढ्ने अर्को नमुना विद्यालय सिरानचोक–८ जौवारीस्थित परोपकार आदर्श माविको गत वर्षको एसईई नतिजा ६४ दशमलव २८ प्रतिशत छ । यस्तै, विद्यालयले २०७९ मा २ दशमलव ५५, २०७८ मा २ दशमलव ५३, २०७७ मा २ दशमलव ८५, २०७६ मा २ दशमलव ८५ र २०७५ मा २ दशमलव ८७ जिपिए ल्याएको थियो ।
जिल्लामा सबैभन्दापछि नमूना विद्यालय घोषणा भएको पालुङटार नगरपालिकास्थित अमरज्योति जनता माविमा गतवर्ष एसइई परीक्षामा नौ जना अनुत्तीर्ण भएको विद्यालयले जनाएको छ । त्यसअघिका वर्षहरुमा ग्रेडिङ प्रणाली लागू भएकाले केही विद्यार्थी फेल नभएको विद्यालयका प्रअ माधव देवकोटाले बताउनुभयो ।
छ सय ३० जना विद्यार्थीहरु अध्ययनरत उक्त विद्यालयमा हाल नमूना विद्यालय कार्यक्रमको चौथो वर्ष सञ्चालन भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • ‘पचास वर्षपछि जग्गाधनी प्रमाण पुर्जा’

    ‘पचास वर्षपछि जग्गाधनी प्रमाण पुर्जा’

  • ढोरपाटन र निसेलढोरमा स्याउ नफल्दा किसान चिन्तित

    ढोरपाटन र निसेलढोरमा स्याउ नफल्दा किसान चिन्तित

  • कोशी, वाग्मती र गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान

    कोशी, वाग्मती र गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान

  • धनगढीमा विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

    धनगढीमा विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र ५ गते बिहिबार

    २०८२ भाद्र ५ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

    भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

    ‘पचास वर्षपछि जग्गाधनी प्रमाण पुर्जा’

    ‘पचास वर्षपछि जग्गाधनी प्रमाण पुर्जा’

    ढोरपाटन र निसेलढोरमा स्याउ नफल्दा किसान चिन्तित

    ढोरपाटन र निसेलढोरमा स्याउ नफल्दा किसान चिन्तित

    कोशी, वाग्मती र गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान

    कोशी, वाग्मती र गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution