Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनसँग जोड्ने उपाय

प्रत्यूष २१८ पटक पढिएको प्रकाशित मिति: २०८१ फागुन २४, शनिबार (९ महिना अघि)
अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनसँग जोड्ने उपाय

गोरखा, २४ फागुन
गोरखाको धार्चे गाउँपालिकाले भएका व्यक्तिलाई आयआर्जनसँग जोड्दै स्वरोजगार बनाउन मुढा बन्ने तालिम प्रदान गरेको छ । पालिकाले ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचय भएका व्यक्तिलाई छनोट गरेर १० दिने मुढा बुन्ने तालिम दिएको गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरूङले जानकारी दिनुभयो ।

“अपाङ्गता भएका व्यक्तिले केही गर्न सक्दैनन् भन्ने सोचाइ समाजमा छ”, उहाँले भन्नुभयो, “त्यस्तो धारणालाई परिवर्तन गर्दै अपाङ्गता भएका व्यक्तिलाई सीप प्रदान गरेर आत्मनिर्भर बनाउन तालिम दिइएको हो ।” गाउँपालिकाले तालिमपछि उनीहरूले उत्पादन गरेका मुढा वडावडामार्फत बजार व्यवस्थापनको पहल गर्ने उपाध्यक्ष गुरूङको भनाइ छ ।

तालिममा लाप्राक, खोर्लाबेँसी, हुल्चुक, सिङ्लालगायत विभिन्न क्षेत्रका गरी १५ भन्दा बढीको सहभागिता रहेको थियो । “सामाजिक सुरक्षा भत्ता ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका व्यक्तिले पाउँदैनन्”, उपाध्यक्ष गुरूङले भन्नुभयो, “उनीहरूलाई केही न केही सीप सिकाउन सके आयआर्जनसँग जोड्न सकिने र आत्मनिर्भर बनाउन सकिन्छ भन्ने पनि हाम्रो विश्वास हो ।”

गाउँपालिकाले धादिङबाट अपाङ्गता भएका व्यक्तिलाई नै प्रशिक्षकका रूपमा ल्याएर तालिम प्रदान गरेको हो । पालिकाले आवासीय सुविधासहित सहभागीलाई तालिम दिएको उहाँले बताउनुभयो । “सीप सिकेर मुढा उत्पादन गर्ने चाहानेले आआफ्नो उत्पादन सम्बन्धित वडाका बजारमा बिक्रीका लागि व्यवस्था मिलाइने छ”, उपाध्यक्ष गुरूङले भन्नुभयो, “वडाबाट बाहिर पठाउन परे पनि पालिकाले आवश्यक पहल गर्नेछ ।”

तालिमले अपाङ्गता भएका व्यक्तिलाई घरमै बसेर जीविकोपार्जनसँग जोड्न मद्दत पुग्ने उहाँले बताउनुभयो । धार्चे गाउँपालिकाभित्र प्रसस्त मात्रामा निगालो पाइने भएकाले पनि कम लागतमा मुढा उत्पादन गर्न सकिने हुँदा मेहनत गरे सीप सिकेकाले राम्रो आम्दानी गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

    मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

  • सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

    सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

  • तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

    तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

  • ‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’

    ‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस १३ गते आईतबार

    २०८२ पुस १३ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

    मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

    सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

    सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

    तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

    तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

    ‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’

    ‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution