Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बिमाको रकमबाट निजी अस्पतालमा पनि उपचारको व्यवस्था मिलाउछौँ : स्वास्थ्यमन्त्री पौडेल

प्रत्यूष २८९ पटक पढिएको प्रकाशित मिति: २०८१ पौष १९, शुक्रबार (११ महिना अघि)
बिमाको रकमबाट निजी अस्पतालमा पनि उपचारको व्यवस्था मिलाउछौँ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ, १९ पुस ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निजी अस्पतालमा पनि बिमाको रकमबाट उपचारको व्यवस्था गर्न पाउने व्यवस्था मिलाइने बताउनुभएको छ ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको १२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले बिमाको रकमले निजी अस्पतालमा पनि उपचार गर्न पाउने व्यवस्था मिलाउन सरकार लागेको बताउनुभएको हो । “बिमालाई व्यवस्थित बनाउँदै नागरिकको योगदानमा आधारित बिमा प्रणालीको विकास गर्न सरकार लागेको छ”, उहाँले भन्नुभयो । सरकारले बिमाको रकम रु एक लाखबाट बढाएर पाँच लाख पु¥याएको उहाँको भनाइ थियो ।

स्वास्थ्यमन्त्री पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा ग्राण्डी अस्पतालले पु¥याएको योगदान महत्वपूर्ण रहेको बताउँदै सबै नागरिकको पहुँच पुग्नेगरी स्वास्थ्यसेवा प्रदान गर्न सुझाव दिनुभयो । स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सक तथा नर्सलाई स्वदेशमै बस्ने वातावरण निर्माणमा नेपालका स्वास्थ्य संस्थाहरु लाग्नुपर्ने मन्त्री पौडेलको भनाइ थियो । उहाँले अस्पतालभित्र कार्यरत चिकित्सक तथा नर्समाथि हिंसा गर्नेलाई फौजदारी अभियोगअन्तर्गत मुद्दा चलाउने व्यवस्था भएकाले कार्यक्षेत्रमा ढुक्क भएर काम गर्न आग्रह गर्नुभयो ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाको पहिचान ग्राण्डी अस्पतालले दिएको बताउनुभयो । “टोखाभित्र ग्राण्डी अस्पताल भएकामा नगरपालिकाले गौरवको महसुस गरेको छ, टोखालाई राष्ट्रियस्तरसम्म नभई अन्तर्राष्ट्रियस्तरसम्म ग्राण्डीले चिनाएको छ”, उहाँले भन्नुभयो । टोखालाई पहिचान दिन ग्राण्डीले खेलेको भूमिका सराहनीय रहेको उहाँको भनाइ थियो । उहाँले नगरपालिकाको प्रमुख लक्ष्य टोखालाई समुन्नत र समृद्ध बनाउने रहेको बताउँदै सबै मिलेर टोखाको गरिमा बढाउन लाग्नुपर्ने बताउनुभयो ।

अस्पतालका अध्यक्ष इञ्जिनियर दीपक कुँवरले ग्राण्डीले बिरामीलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको बताउनुभयो । उहाँले स्थापनापछि भूकम्प, नाकाबन्दी र कोरोनालगायत समस्यामा परेको ग्राण्डीले स्वदेशी तथा विदेशी बिरामीलाई गुणस्तरीय सेवा प्रदान गरेकोमा आफूलाई खुसी लागेको बताउनुभयो ।

“नाफा कमाउनेभन्दा सेवा प्रदान गर्ने उद्देश्यका साथ ग्राण्डी स्थापना भएको हो, सामूहिक रुपमा काम गरेमा हामी सफल हुन्छौँ, ग्राण्डीलाई सफल बनाउने जिम्मा अस्पतालका चिकित्सक, नर्स र कर्मचारीको हो”, उहाँले भन्नुभयो ।

अस्पतालका मेडिकल निर्देशक डा विनोद विजुक्छेले ग्राण्डीले नेपालीको मात्र नभई विदेशीको पनि सफल उपचार गरेर अन्तर्राष्ट्रियस्तरमा आफ्नो पहिचान कायम गर्दै आएको बताउनुभयो । कार्यक्रममा अस्पतालमा १० वर्षदेखि निरन्तर कार्यरत चिकित्सक, नर्स तथा कर्मचारीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

    मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

  • सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

    सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

  • तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

    तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

  • ‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’

    ‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस १३ गते आईतबार

    २०८२ पुस १३ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

    मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

    सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

    सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

    तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

    तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

    ‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’

    ‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution