Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक २०, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सञ्चार ऐनलाई संशोधन गर्ने प्रक्रिया अघि बढाएका छौँ : मुख्यमन्त्री आचार्य

रासस २३३ पटक पढिएको प्रकाशित मिति: २०८१ पौष १९, शुक्रबार (१० महिना अघि)
सञ्चार ऐनलाई संशोधन गर्ने प्रक्रिया अघि बढाएका छौँ :  मुख्यमन्त्री आचार्य

देउखुरी (दाङ), १९ पुस ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सञ्चार क्षेत्रको सबलीकरणका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेर सञ्चार ऐनलाई संशोधन गर्ने प्रक्रिया अघि बढाएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल दाङबाट प्रतिनिधित्व गर्दै नेपाल पत्रकार महासङ्घमा नवनिर्वाचित पदाधिकारी, सदस्य, केन्द्रीय परिषद् सदस्य तथा प्रदेश परिषद् सदस्यहरुलाई बधाईज्ञापन गर्दै मुख्यमन्त्री आचार्यले सञ्चारमाध्यमलाई बलियो बनाउन र संरक्षण गर्न सञ्चार ऐनलाई संशोधन गरेर सुधार गरिने बताउनुभयो ।

“सञ्चार ऐनलाई संशोधन गरेर भए पनि मिडिया क्षेत्रमा देखिएका समस्या समाधान गर्ने प्रदेश सरकारको योजना छ । यो काम अघि बढेको छ,” उहाँले भन्नुभयो, “प्रदेशसभाको हिउँदे अधिवेशनबाट ऐनलाई संशोधन गरेर मिडिया क्षेत्रको कामलाई प्रभावकारी बनाउने योजना छ ।”

उत्तरदायी र व्यावसायिक पत्रकारितामा जोड दिँदै मुख्यमन्त्री आचार्यले पछिल्लो समय देखिएका विकृति, विसङ्गति अन्त्यका लागि स्वयं पत्रकारिता क्षेत्र सजग र चनाखो हुनुपर्ने धारणा राख्नुभयो । “मर्यादित र व्यावसायिक पत्रकारिता आजको आवश्यकता हो । तर केही विकृति, विसङ्गति भित्रिएका छन् । त्यसलाई निर्मूल पार्न जरुरी छ”, उहाँले भन्नुभयो, “प्रदेश सरकार पत्रकारहरुको हकहित सुनिश्चित गर्न दृढ र प्रतिबद्ध छ ।”

आम सञ्चारमाध्यमको विकासका लागि प्रदेश सरकारले साझा नीति अवलम्बन गरेको तथा सबै क्षेत्रको सन्तुलित विकासलाई प्राथमिकतामा राखेर काम गर्ने उहाँले बताउनुभयो । “ विज्ञापनलाई एकीकृत रुपमा वितरण गर्नेगरी नीतिगत सुधार गर्ने योजना छ”, मुख्यमन्त्री आचार्यले भन्नुभयो, “प्रदेशभित्रका सबै सञ्चारमाध्यम र पत्रकारहरुलाई साझा रुपमा सम्बोधन गर्ने नीति प्रदेशको छ ।”

प्रेस चौतारी दाङका अध्यक्ष प्रेमबहादुर राम्जाको अध्यक्षता सम्पन्न कार्यक्रममा प्रेस काउन्सिल नेपालका केन्द्रीय सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासन, नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष सन्तोष सुवेदी, नेपाल कम्युनिष्ट पार्टी ९एमाले० दाङ प्रचार विभाग प्रमुख सङ्गीत बस्याललगायतले उत्तरदायित्वसहितको स्वतन्त्र पत्रकारितालाई प्राथमिकतामा राखेर प्रदेश सरकारले नीतिगत सुधार गरेर जान आवश्यक रहेकामा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

    कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

  • पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

    पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

  • जलवायु प्रतिरोधात्मक पूर्वाधार निर्माणमा दातृ निकायले सघाउने

    जलवायु प्रतिरोधात्मक पूर्वाधार निर्माणमा दातृ निकायले सघाउने

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

    कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

    पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

    पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    जलवायु प्रतिरोधात्मक पूर्वाधार निर्माणमा दातृ निकायले सघाउने

    जलवायु प्रतिरोधात्मक पूर्वाधार निर्माणमा दातृ निकायले सघाउने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution