Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बालबालिकालाई दुनाटपरी बनाउन सिकाउँदै ज्येष्ठ नागरिक

प्रत्यूष २३० पटक पढिएको प्रकाशित मिति: २०८१ पौष १६, मंगलबार (१२ महिना अघि)
बालबालिकालाई दुनाटपरी बनाउन सिकाउँदै  ज्येष्ठ नागरिक

वालिङ (स्याङ्जा), १६ पुस
यहाँका ज्येष्ठ नागरिकले आफूमा भएको सीप तथा अनुभव अन्तरपुस्तामा हस्तान्तरण गरेका छन् । फेदीखोला गाउँपालिका–१ का ज्येष्ठ नागरिकले अमोर सेवा बालगृहमा रहेका बालबालिकालाई ज्ञान हस्तान्तरण गरेका हुन् ।

सामाजिक विकास कार्यालयको सहयोगमा अन्तरपुस्ता सीप तथा अनुभव हस्तान्तरण गरिएको कार्यालयका प्रमुख जीवन पौडेलले जानकारी दिनुभयो । ज्येष्ठ नागरिकले बालगृहमा रहेका ३८ बालबालिकालाई हाम्रो मौलिक परम्परागत सीप र ज्ञान हस्तान्तरण गर्ने उद्देश्यले दुनाटपरी, बाती कात्ने, बाँसबाट बुनिने डोका तथा डस्टविन बनाउने सीप हस्तान्तरण गर्नुभएको उहाँले बताउनुभयो ।

“प्रायःजसो पढाइलेखाई र अन्य शैक्षिक गतिविधिमा रहने बालगृहका बालबालिका पुस १४ र १५ गते दुई दिन फरक दृश्यमा देखिए”, उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिक आफूले जानेका सीप तथा अनुभव नयाँ पुस्तालाई सिकाउँदै हुनुहुन्थ्यो भने नयाँ पुस्ता अझै उत्साहित भई सीप सिक्न दत्तचित्त भएर लागेको देखिन्थ्यो ।”

बालगृहमा अध्ययनरत ३८ बालबालिका दुई दिनसम्म कोही दुनाटपरी बुन्न, कोही ज्योति बाल्न प्रयोग हुने बाती बनाउन त कोही डोको, नाम्लो बुन्दै थिए । ज्येष्ठ नागरिकमा विभिन्न क्षेत्रको अनुभव र सीप रहेकाले त्यसलाई पुस्तान्तरण गर्न सामाजिक विकास कार्यालयले पुलको काम गरेको उहाँले बताउनुभयो ।

बालबालिकालाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक र प्रयोगात्मक ज्ञानले भोलिका दिनमा परम्पराको संरक्षणसँगै सीप पुस्तान्तरणमा पनि टेवा पुग्ने अमोर सेवा बालगृहकी सञ्चालिका कमला पराजुलीले बताउनुभयो । विभिन्न क्षेत्रमा सीप भएका स्थानीय ज्येष्ठ नागरिकले बालबालिकालाई आफूमा भएको सीप सिकाउनुभएको थियो ।

“बालगृहमा रहेका बालबालिका हरेक क्षेत्रमा सक्षम रहेको र छोटो समयमै विभिन्न सीप सिक्न सफल भएका छन्”, उहाँले भन्नुभयो, “बालबालिकाले सिकेका सीपलाई निरन्तरता दिँदै भोलिका दिनमा सीपको उपलब्धिका कारण रोजगारी सृजना हुनेछ ।”

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

    मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

  • सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

    सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

  • तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

    तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

  • ‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’

    ‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस १३ गते आईतबार

    २०८२ पुस १३ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

    मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

    सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

    सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

    तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

    तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

    ‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’

    ‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution