Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङबेशीदेखि पौवाघर–भैरवी मन्दिर पदयात्रा 

प्रत्यूष १०५६ पटक पढिएको प्रकाशित मिति: २०८१ मंसिर २३, आईतबार (१ साल अघि)
धादिङबेशीदेखि पौवाघर–भैरवी मन्दिर पदयात्रा 

धादिङ,२३ मंसिर ।

धादिङबेशीदेखि नीलकण्ठ–४ मा रहेको पौवाघर र नीलकण्ठ नगरपालिका– ६ मा रहेको भैरवी मन्दिर पदयात्रा गरिएको छ । नीलकण्ठ नगरपालिका– ४ मा रहेको पौवाघर र नीलकण्ठ नगरपालिका– ६ मा अवस्थित भैरवी मन्दिरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले शनिबार पदयात्रा गरिएको हो ।

स्वस्थ जीवन, आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पदयात्रा भन्ने मूल मर्मका साथ नीलकण्ठ नगरपालिकाका ३, ४ र ६ वडाहरु, नेपाल हर्ट फाउण्डेसन धादिङ र रोटरी क्लव अफ धादिङको आयोजना तथा विभिन्न स्थानीय संघ सस्थाको सहकार्यमा ऐतिहासिक स्थलहरु पौवा घर र भैरवी मन्दिरसम्मको पदयात्रा गरिएको हो ।

जिल्ला सदरमुकाम धादिङबेशीबाट सुरु भएको पदयात्रा अल्छिडाँडा, पौवा, रिजालथोक, सल्लाघारी, मैदान हुदै भैरवी मन्दिर पुगेको थियो । पदयात्रामा करिव तीन सय भन्दा बढीको सहभागिता रहेको थियो । पद यात्राले पौवा घर तथा भैरवी मन्दिरमा स–साना बालबालिकादेखि युवाहरुको भीड नै लागेको थियो ।

बाजागाजासहितको पदयात्राले हिड्ने बानी हटेकाहरुलाई समेत उत्साहित बनाएको सहभागीहरुको भनाई छ । ठाउँ ठाउँमा पुष्पगुच्छासहितको स्वागतले यात्रा स्मरणयोग्य रहेको सहभागीहरुको भनाई छ । पदयात्रामा रहेका सहभागीहरुलाई खाजा, खानाको व्यवस्था गरिएको थियो । व्यवस्थित पदयात्राले पर्यटन प्रवद्र्धन तथा एकताको सञ्देश दिएको सहभागीहरुको भनाई छ ।

ऐतिहासिक धार्मिक तथा पर्यटकिय स्थलको रुपमा रहेका भैरवी मन्दिरलाई नीलकण्ठ नगरपालिकाले विशेष प्राथमिकतामा लिएर संरक्षण तथा प्रवर्धन गर्दै आएको नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले बताउनुभएको छ । २०७२ सालको महाभुकम्प पछि भैरवी मन्दिरमा पनि क्षती पुगेको मन्दिर पुनर्निर्माण गरिएपछि मन्दिर घुम्न तथा दर्शन गर्न आउनेहरुलाई थप लोभ्याएको छ ।

चारैतिर देखिने हिमश्रखंला उत्तिकै आकर्षक छन्’ उनले भने– ‘संघ, प्रदेश तथा स्थानीय सरकारको पहलमा पुनर्निर्माण गरिएको हो । प्रचारप्रसार र संरक्षण गर्न सकियो भने धादिङमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने छ । भैरवी मन्दिर धार्मिक तथा ऐतिहासिक सम्पदा र धादिङको सम्पत्ति हो ।’ ‘भैरवी मन्दिरले नीलकण्ठ नगरपालिका मात्र होइन, जिल्लाकै उचाई थपेको छ । भैरवी मन्दिर धादिङ आइपुगेका र आउने चाहना राख्नेहरुका लागि रोजाईको राम्रो गन्तव्य बनेको छ ।’

जिल्लाभित्रै रहेको भैरबी मन्दिर, पौवाघर लगायत थुप्रै यस्ता मनमोहक ठाउँहरु, धार्मिक आश्थाको केन्द्रहरु, हिमशृङ्खलाहरु, गणेश हिमाल, प्याल्दोर पिक लगायतको ठाउँ रहेको य सको प्रबर्धन हामिले नै गर्नुपर्ने धादिङका डिभिजन बन अधिकृत बिष्नु प्रसाद आचार्यको भनाई छ । आफुहरु धादिङ जिल्लाभित्रका ऐतिहासिक तथा पर्यटकिय क्षेत्रहरुको पहिचान र प्रवर्धनमा लागिरहेको पनि आचार्यको भनाई छ ।

जिल्लाको सदरमुकाम धादिङबेशी भएपनि विभिन्न ठाउँमा रहेका धार्मिक तथा ऐतिहासिक स्थलहरुले जिल्लाको पहिचान दिएको नीलकण्ठ नगरपालिका ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयो । आफुहरु ‘नगर भित्रका भैरवी मन्दिर, पौवा घर जस्ता थुप्रै ठाउँहरुको पर्यटन प्रवद्र्धनमा सहकार्र्य गरिरहेको र यो पदयात्रा एकता र नीलकण्ठ नगरभित्रको ठाउँको पहिचानको सञ्देश भएको श्रेष्ठको भनाई छ ।

नगरपालिकालाई चिनाउन नेपाल लगायत छिमेकी राष्ट्र भारतदेखि पर्यटकहरु मन्दिर दर्शन तथा अवलोकनका लागि आउने गरेको नीलकण्ठ नगरपालिका– ६ का वडा अध्यक्ष भुपेन्द्र कुमार श्रेष्ठ बताउनुहुन्छ । ‘भैरवी मन्दिर एउटो आस्थाको धरोहर हो । सुखदुखमा दर्शन गर्ने थलो हो । दर्शन गर्दा मनोकामना पुरा हुने विश्वासले पनि यस मन्दिरमा आउने पर्यटकहरुको भीड लाग्ने गरेको छ । स्थानीय सरकारले यस मन्दिरको संरक्षण तथा प्रवर्धनको क्षेत्रमा काम गरिरहेको छ’ अध्यक्ष श्रेष्ठको भनाई छ ।

ऐतिहासिक महत्व बोकेको भैरवी मन्दिरको प्रचारप्रसार हुन सके जिल्लामा मात्र नभई राष्ट्रिय स्तरमै प्रख्यात हुने नीलकण्ठ नगरपालिका– ४ का वडा अध्यक्ष हरि श्रेष्ठले बताउनुभयो । नीलकण्ठ नगरपालिकामा मात्रै पनि ऐतिहासिक महत्व बोकेको थुप्रै ठाउँहरु छन् । नीलकण्ठ ६ मा रहेको भैरवी मन्दिर, गुप्तेश्वरी गुफा, नीलकण्ठ नगरपालिका– ४ मा रहेको पौवा घर, नीलकण्ठ–११ मा रहेको ज्याम्रुङ दरबार लगायतका ठाउँहरुको प्रचार प्रसार तथा संरक्षण गरी जिल्लाको थप पहिचान स्थापित गर्नु पर्ने श्रेष्ठको भनाई छ ।

पदयात्रा जस्ता गतिविधिले आम नागरिकमा सकरात्मक सञ्देश दिएको नेपाल हर्ट फाउण्डेसन धादिङ उपाध्यक्ष शान्तविक्रम बानियाले बताउनुभयो । स्वस्थ रहन खानपिन र कसरतमा ध्यान दिनुपर्दछ । पदयात्रा जस्ता हाइकिङले मानिसहरुलाई रमाइलोसँगै ठाउँ चिन्ने घुम्ने तथा स्वस्थ रहन सहयोग पुगेको बानियाले बताउनुभयो ।

त्यस्तै, पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षाले पदयात्रा गरिएको सामाजिक कार्य गर्दै आएको संस्था रोटरी क्लव अफ धादिङका अध्यक्ष सुदिप रसाइलीले बताउनुभयो । भैरवी मन्दिरको पुनर्निमार्णदेखि अहिलेसम्म संस्थाले जेजति सहयोग गर्न सकियो, भैरवी मन्दिर परिवारप्रति आभारी रहेको बताउदै आगामी दिनमा पनि सहकार्य रहने रसाइलीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

  • Post Thumbnail

    लागुऔषधसहित तीन जना पक्राउ

  • Post Thumbnail

    सशस्त्र प्रहरीका एआइजी दाहाल निलम्बित

  • Post Thumbnail

    सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

    Post Thumbnail

    लागुऔषधसहित तीन जना पक्राउ

    Post Thumbnail

    देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution