Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ आश्विन १, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

डेङ्गी नियन्त्रण गर्न घरदैलो अभियान

प्रत्यूष ३७१ पटक पढिएको प्रकाशित मिति: २०८१ कार्तिक १२, सोमबार (१० महिना अघि)
डेङ्गी नियन्त्रण गर्न घरदैलो अभियान

दमौली (तनहुँ), १२ कात्तिक
डेङ्गी सङ्क्रमण बढ्दै गएपछि नियन्त्रणका लागि चेतना जगाउन सदरमुकाम दमौलीमा आजदेखि घरदैलो अभियान सुरु गरिएको छ । चिसो मौसम बढ्दै जाँदा पनि डेङ्गी सङ्क्रमण नघटेपछि व्यास नगरपालिका स्वास्थ्य शाखाले बजार क्षेत्रमा घरदैलो अभियान सुरु गरेको हो ।

डेङ्गी नियन्त्रणका लागि अपनाउनुपर्ने उपायका बारेमा नगरवासीलाई जानकारी गराउने उद्देश्यसहित घरदैलो अभियान सुरु गरिएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तनहुँमा सबैभन्दा बढी व्यास नगरपालिकामा डेङ्गी सङ्क्रमित छन् । नियन्त्रण गर्न घरदैलो अभियान सुरु गरिएको हो ।”

प्रमुख सोतीका अनुसार डेङ्गी नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजौँ र नष्ट गराँैं अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गरिनेछ । उहाँले भन्नुभयो, “लामखुट्टेको बासस्थान खोजेर र नष्ट गर्न सक्यौँ भने यसको नियन्त्रण गर्न सकिन्छ । लामखुट्टेले बासस्थान बनाउन सक्ने सम्भावित ठाउँको पहिचान गरी त्यस्ता ठाउँको नष्ट गर्छाँै ।”

दमौली बजारमा डेङ्गी सङ्क्रमित थपिने क्रम बढ्दो अवस्थामा रहेकाले चेतना जगाउन अभियान सञ्चालन गर्न आवश्यक भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले बताउनुभयो । जिल्लाभर चार हजार सात सय ११ डेङ्गी सङ्क्रमित रहेकामा व्यास नगरपालिकामा मात्रै एक हजार सात सय १५ छन् । यस्तै शुक्लागण्डकी नगरपालिकामा आठ सय २०, भिमाद नगरपालिकामा ८३, भानु नगरपालिकामा ४४, म्याग्दे गाउँपालिकामा ४५, बन्दीपुर गाउँपालिकामा एक सय ८६, आँबुखैरेनी गाउँपालिकामा एक हजार ६ सय ९८, ऋषिङ गाउँपालिकामा चार, घिरिङ गाउँपालिकामा ६, देवघाट गाउँपालिकामा ८० र अन्य जिल्ला घर भएका ३० जनामा डेङ्गी सङ्क्रमण भएको छ ।

दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालका अनुसार बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, खाना खान रुची नलाग्नु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनुलगायत डेङ्गीका लक्षण हुन् । डा बरालका अनुसार पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हम जस्ता सामग्री प्रयोग गर्नु, सधैँ राति र दिउँसो पनि झुलभित्र सुत्नु यसबाट बच्ने प्रमुख उपाय हुन् ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

    सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

  • कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

    कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

  • सुनको मूल्य तोलामा एक हजार घट्यो

    सुनको मूल्य तोलामा एक हजार घट्यो

  • पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

    पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र ३१ गते मंगलबार

    २०८२ भाद्र ३१ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

    सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

    कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

    कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

    सुनको मूल्य तोलामा एक हजार घट्यो

    सुनको मूल्य तोलामा एक हजार घट्यो

    पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

    पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution