Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १४, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सरकारको एक सय दिन : एक लाख ५० हजार थप किसान सूचीकृत

प्रत्यूष ४८९ पटक पढिएको प्रकाशित मिति: २०८१ कार्तिक ५, सोमबार (१ साल अघि)
सरकारको एक सय दिन : एक लाख ५० हजार थप किसान सूचीकृत

काठमाडौँ, ५ कात्तिक ।

वर्तमान सरकार गठन भएको एक सय दिनको अवधिमा एक लाख ५० हजार थप किसान सूचीकृत भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हालसम्म सूचीकृत हुने कृषकको सङ्ख्या १९ लाख ३३ हजार पुगेको छ ।

किसान परिचयपत्र वितरणका लागि कार्यविधि स्वीकृतिको प्रक्रियामा रहेको मन्त्रालयले तयार पारेको एक सयदिने प्रगति विवरणमा उल्लेख छ । चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेटबाट रासायनिक मल आयात गरी बिक्री वितरण गर्न हालसम्म चार लाख ६० हजार ‘मेट्रिक टन’ मलको ‘टेन्डर’ सम्पन्न भएको छ । जसमा एक लाख ५५ हजार मेट्रिक टन रासायनिक मल आयात भएको छ । अघिल्लो वर्षको मौज्दातसमेत गरी एक लाख २९ हजार मेट्रिक टन मल बिक्री वितरण भइसकेको छ ।

अनुदानको मल बिक्री वितरण प्रक्रियाको सरलीकरणका लागि व्यवस्थापन निर्देशिका, २०७७ को संशोधन प्रस्ताव सहमतिका लागि अर्थ मन्त्रालय तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने तयारी भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

उखु उत्पादक कृषकलाई उखु बिक्री गरी क्रसिङ गराएबापत प्रतिक्विन्टल रु ७० का दरले गत आर्थिक वर्ष २०८१/८२ को रु एक अर्ब ४४ करोड ९२ लाख ३८ हजार प्रोत्साहन अनुदान रकम उपलब्ध गराउन मधेस प्रदेशका आठ जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयमा निकासा भई कृषकलाई भुक्तानी गरिएको छ । बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि, २०८१ स्वीकृत भई कार्यान्वयनमा रहेको छ । यस अवधिमा पशुधन बीमातर्फ ३७ हजार ६ सय ११ र बाली बीमातर्फ तीन सय २३ बीमालेख जारी भएको छ ।

मन्त्रालयस्तरको समितिबाट सहमति प्रदान गरिएको र विभागहरुबाट प्राधिकरणको खातामा निकासा भइसकेको छ । खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न दुई हजार सात सय ४६ बजार अनुगमन तथा निरीक्षण गरिएको मन्त्रालयले जनाएको छ । भन्सार नाकामा आयात हुने फलफूल तथा तरकारीको १३ हजार ६१ नमूनामा यन्त्र प्रयोग गरी विषादी अवशेष परीक्षण गरिएको छ ।

गत असोज ९ गते कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गर्नुभएको मन्त्रिस्तरीय निर्णयअनुसार दुग्ध विकास संस्थानको पुनर्संरचना एवं व्यावसायिक सुधारको कार्ययोजना बनाउन राष्ट्रिय किसान आयोगका सदस्यसचिवको संयोजकत्वमा आठ सदस्यीय कार्यदल गठन गरी कार्ययोजना तयार भएको छ । नेपाल सरकारले रु ६० करोड सहुलियत पूर्ण कर्जा प्रवाह गरी अधिकांश कृषकको जेठ मसान्तसम्मको दूधको भुक्तानी गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • चन्द्रागिरि ‘बालश्रममुक्त स्थानीय तह’

    चन्द्रागिरि ‘बालश्रममुक्त स्थानीय तह’

  • मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

    मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

  • मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

    मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

  • सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

    सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस १३ गते आईतबार

    २०८२ पुस १३ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    चन्द्रागिरि ‘बालश्रममुक्त स्थानीय तह’

    चन्द्रागिरि ‘बालश्रममुक्त स्थानीय तह’

    मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

    मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

    मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

    मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

    सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

    सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution