Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक २१, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

प्रहरी सङ्गठन सुदृढ गर्न नयाँ ऐनको मस्यौदा तयार गरिँदै : गृहमन्त्री लेखक

रासस २०० पटक पढिएको प्रकाशित मिति: २०८१ आश्विन ३०, बुधबार (१ साल अघि)
प्रहरी सङ्गठन सुदृढ गर्न नयाँ ऐनको मस्यौदा तयार गरिँदै : गृहमन्त्री लेखक

काठमाडौँ, ३० असोज :

गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी सङ्गठन सुदृढीकरण गर्न विद्यमान कानुनी व्यवस्थालाई प्रतिस्थापन गरी नयाँ ऐनको मस्यौदा तर्जुमा गरी आवश्यक प्रकृया अगाडी बढाएको बताउनुभएको छ ।

६९औँ प्रहरी दिवसका अवसरमा आज यहाँ आयोजित समारोहमा गृहमन्त्री लेखकले उक्त विधेयकले कानुनी मान्यता प्राप्त गरेपश्चात नेपाल प्रहरीको वृहत्तर हित, प्रहरी कर्मचारीको वृत्ति विकास र सङ्गठनको जिम्मेवारी तथा कर्तव्यका नयाँ आयामहरू पहिचान हुनेविश्वास व्यक्त गर्नुभयो ।

नेपाल प्रहरी एउटा जीवन्त सङ्गठन भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता तथा स्वाधीनतालाई अक्षुण्ण राख्दै नागरिकको सार्वभौम अधिकारको रक्षाका लागि नेपाल प्रहरीले निष्ठापूर्ण योगदान गरेको बताउनुभयो । राष्ट्रसेवामा नेपाल प्रहरीका पदचापहरूले बाटो नबिराउने र कहीँ कतै नसुस्ताउनेमा आफू विश्वस्त रहेको उहाँको भनाइ थियो ।

गृह प्रशासनको पुरानो र लामो अनुभवी संस्था नेपाल प्रहरी रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले यस सङ्गठनको भूमिका र कार्यशैलीले नेपालको आन्तरिक सुरक्षा मजबुत बनाएको बताउनुभयो । “स्थापनाकालदेखि विविध प्रकृतिका घटनाक्रमका तीतामिठा अनुभव र अनुभूति प्रहरी सङ्गठनसँग रहेका छन्”, उहाँले भन्नुभयो, “तत्कालीन सशस्त्र द्वन्द्वको समयमा अग्र भागमा नेपाल प्रहरी रहेको थियो, नेपालमा विभिन्न समयमा भएका राजनीतिक परिवर्तनका आन्दोलनलाई शान्तपूर्वक व्यवस्थापन गर्न यो सङ्गठन अग्रभागमा रहेको इतिहास हामीसामु छ ।”

मुलुकमा आइपरेका जुनसुकै विषम परिस्थिति एवं विपत्तिमा उद्धार तथा व्यवस्थापन तथा हालै गएको बाढी पहिरोबाट प्रभावितको खोज तथा उद्धार र राहत व्यवस्थापनमा नेपाल प्रहरी सदैव अग्रभागमा खटिएको गृहमन्त्री लेखकले उल्लेख गर्नुभयो । “हरेक कालखण्डमा नेपाल प्रहरीले कर्तव्यबोधका साथ जुन जिम्मेवारी निर्वाह गरी आएको छ, ती योगदानहरू ज्यादै नै प्रशंसनीय छन् । अनुभवी, सबल र सक्षम नेपाल प्रहरीले जुनसुकै सुरक्षा चुनौतीलाई सहजरुपमा सम्बोधन गर्न सफल हुनेविश्वास छ”, उहाँले भन्नुभयो ।

मुलुकका सामु विभिन्न चुनौतीरहेको गृहमन्त्री लेखकले बताउनुभयो । अन्तर्राष्ट्रिय आतङ्कवाद, साइबर अपराध, प्राकृतिक प्रकोपको जोखिम, सीमापार र बहुक्षेत्रीय अपराधको सञ्जालको नियन्त्रण र अनुसन्धान, मुद्रा निर्मलीकरण र प्रविधिको दुरुपयोग गरी गरिने आर्थिक अपराध जस्ता विविध सुरक्षाका चुनौतीको उचित सम्बोधन गर्नुपर्ने अवस्था रहको उहाँको भनाइ थियो । “ती सुरक्षा चुनौतीको अनुभूती र आंकलन गरी तद् अनुरूपको रणनीति अख्तियार गर्न सकिन्छ । तर, प्रविधिको दुरुपयोग गरेर गरिने साइबर अपराधका अधिकांश सुरक्षा चुनौती हाम्रो आंकलन बाहिर रहेका छन् । उन्नत प्रविधिको दुरुपयोगका कारण अपराधको जोखिम बढ्दो छ । उक्त जोखिम न्यूनीकरण र व्यवस्थापन गर्न हाम्रो पूर्व तयारी, उपयुक्त नीतिको कार्यान्वयन र प्रविधियुक्त क्षमताको विकास हुनु जरुरी छ । यो समस्याको सम्बोधन सामूहिकरूपमा हुनु पर्दछ, यद्यपि नेपाल प्रहरीले पनि आफ्नो तयारी र क्षमता विकास गर्नु आवश्यक छ । यसका लागि गृह मन्त्रालयबाट आवश्यक सहयोग र समन्वय हुनेछ”, उहाँले भन्नुभयो ।

गहृमन्त्री लेखकले प्राकृतिक घटनाक्रमको सम्बोधन र व्यवस्थापन गर्नुपर्ने टड्कारो आवश्यकता रहेको उल्लेख गर्दै आत्महत्या न्यूनीकरण, सडक दुर्घटना तथा लागूऔषध दुव्र्यसनमा कमी ल्याउन तत्काल विभिन्न प्रभावकारी नीति तथा कार्यक्रमको आवश्यकता रहेको बताउनुभयो । यी सबै समस्या सम्बोधन गर्न नेपाल प्रहरीले सञ्चालनमा ल्याउने हरेक रचनात्मक कार्यक्रमलाई आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न गृह मन्त्रालय सदैव सकारात्मक रहेको उहाँको भनाइ थियो ।

आम नागरिकको सुरक्षा र सेवाका लागि देशको दूरदराजमा रहेका प्रहरी इकाइलाई साधन श्रोत उपलब्ध गराउन, नेपाल प्रहरीलाई साधन श्रोत सम्पन्न तुल्याउन तथा प्रहरी कर्मचारीका हित र कल्याणका लागि विविध कल्याणकारी कार्यक्रम सञ्चालनमा ल्याउन गृह मन्त्रालयले उच्च प्राथमिकता दिएको गृहमन्त्री लेखकले बताउनुभयो । ६९औँ प्रहरी दिवसका अवसरमा बहालमा रहनुभएका र सेवा निवृत्त सम्पूर्ण प्रहरी कर्मचारीलाई बधाई तथा शुभकामना दिँदै उहाँले लामो इतिहास भएको प्रहरी सङ्गठनको आगामी दिन थप उज्वल रहनेमा आफू विश्वस्त रहेको उल्लेख गर्नुभयो । “प्रहरी दिवसको दिनले नेपाल प्रहरीलाई अझ नागरिकमैत्री प्रहरी सेवाको प्रवर्द्धन गर्न, मानव अधिकारको संरक्षण र प्रवर्धन एवं कसूरको प्रमाणमूखी निष्पक्ष अनुसन्धान गरी मुलुकमा कानुनी राजको सुनिश्चितता गर्न अझ निष्ठावान् रहन उत्प्रेरणा मिल्नेविश्वास छ”, गृहमन्त्री लेखकले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

  • भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

  • धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

  • कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

    कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

    कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution