Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ अषाढ २२, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै

प्रत्यूष २८३ पटक पढिएको प्रकाशित मिति: २०८१ आश्विन १७, बिहिबार (९ महिना अघि)
अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै

बागमती, १७ असोज ।

वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका हेटौँडा–काठमाडौँ जोड्ने खण्ड अन्तर्गतका सडक यथाशीघ्र सञ्चालनमा ल्याउने गरी तीव्र रुपमा पहिरो पन्छाउने काम भइरहेको छ ।

चाडपर्वमा आवागमन सहज बनाउने उद्देश्यले अवरुद्ध भएका सबै सडक सञ्चालनमा ल्याउन सडक विभाग, सुरक्षाकर्मी तथा बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको टोलीले तीव्रताका साथ पहिरो पन्छाउने काम गरिरहेको जिल्ला सुरक्षा समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार हेटौँडा–काठमाडौँ जोड्ने सडकमध्ये हेटौँडा–भैँसे–रातोमाटे खण्डअन्तर्गत गोल्पिङबेँसीमा ठूलाठूला ढङ्गासहित खसेको पहिरो पन्छाउन चारवटा उपकरणसहित काम भइरहेको छ । यही असोज ११ र १२ गतेको वर्षाले खसेको पहिरो पन्छाएर सो सडक मङ्गलबार सञ्चालन आएकामा केही समयपछि पुनः पहिरो खसेपछि अवरुद्ध भएको प्रजिअ चिलुवालले बताउनुभयो ।

सडक विभाग र सुरक्षाकर्मीको टोलीले मकवानपुरको सोही खण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ स्थित देउरालीबाट इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलासम्मको पहिरो पन्छाइसकिएको जनाउँदै प्रजिअ चिलुवालले इन्द्रसरोवर–२ स्थित बाढीले बगाएको कुलेखानी पुल तीव्रताका साथ निर्माण जानकारी दिनुभयो ।

दक्षिणकाली–फर्पिङ खण्डअन्तर्गत महालक्ष्मी खोलाबाट पाकेलसम्म र पाकेलबाट फर्पिङसम्मको पहिरो पन्छाउन दुईवटा जेसिबीसहित प्रहरीको टोली परिचालन गरिएको भन्दै प्रजिअ चिलुवालले महालक्ष्मीखोलाको पुल छेउमा बाढीले बगाएको सडक पुनःनिर्माण भइरहेको उल्लेख गर्नुभयो । बाढीले महालक्ष्मी खोलाको पुलको छेउमा करिब एक सय ५० मिटर सडक बगाएको थियो ।

बाढीपहिरोका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको सिस्नेरीमा गएको पहिरोले सडक, पुललगायत भौतिक संरचनामा क्षति भएको प्रजिअ चिलुवालले बताउनुभयो । त्यहाँका पीडितलाई राहतसामग्री पु¥याउन, सिस्नेरीमा अलपत्र सवारीसाधनलाई गन्तव्यतर्फ पठाउन काठमाडौँ–दक्षिणकाली–सिस्नेरी खण्डको पहिरो पन्छ्याउने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रजिअ चिलुवालका अनुसार काठमाडौँबाट सिस्नेरीसम्म सडक एकतर्फी रुपमा सञ्चालनमा आइसकेको छभने हेटौँडाबाट सिस्नेरीसम्मको सडक खुलाउने प्रयास भइरहेको छ । आपत्कालीन सेवाका लागि हेटौँडा–भीमफेदी–कुलेखानी–कलङ्की–मार्खु र तथा हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाडाँै सडक सञ्चालनमा आइसकेको उहाँले जानकारी दिनुभयो ।

काम तीव्र रुपमा भइरहेकाले केही दिनभित्रै हेटौँडा–भीमफेदी–कुलेखानी–फाकेल–काठमाडौँ खण्ड सञ्चालनमा ल्याइने भन्दै कुलेखानीको पुल निर्माण नभएसम्म वैकल्पिक मार्ग बनाउने कार्य भइरहेको प्रजिअ चिलुवालले जानकारी दिनुभयो ।

अवरुद्ध सडक खुलाउन बागमती प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री अमनकुमार मास्के प्राविधिक जनशक्तिसहित आवश्यक उपकरण लिएर आफैँ खटिनुभएको छ । “अहिलेसम्म काठमाडौँतर्फको सडकका पहिरा पन्छाएर फर्पिङ आइपुगेका छौँ, अब हेटौँडासम्म बाटो खुलाउने गरी काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

फर्पिङ–हुमाने खण्डमा ग्राभेल थुप्रिएकाले त्यसलाई हटाएर सडक सञ्चालन गरी नागरिकको यात्रा सहज गर्न प्रदेश सरकारले निरन्तर प्रयास गरिरहेको मन्त्री मास्केले उहाँले बताउनुभयो । प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले विपद्बाट अवरुद्ध भएका सडक सञ्चालन गराउन मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुष्करप्रसाद पोखरेलको संयोजकत्वमा ‘क्यूआरटी’ समूह गठन गरी काम गरिरहेको जनाइएको छ ।

क्यूआरटी टोलीले हेटौँडा हुँदै भैँसेअन्तर्गत दुई स्थानमा खसेको पहिरो पन्छ्याएर भीमफेदीसम्म पुगेको पोखरेलले बताउनुभयो । “अवरुद्ध सडकमध्ये मकवानपुरको हेटौँडा–काठमाडौँ र हेटौँडा–धरान–चतरा जोड्ने दुई वटा सडक पूर्णरुपमा सञ्चालनमा आइसकेका छन्भने अन्य सडक सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ”, उहाँले भन्नुभयो ।

कान्ति लोकपथ सडकखण्डको बकैया गाउँपालिका–१२ घट्टेपाखा र ११ नम्बर वडाको लाम्राङ, आपचौरमा पहिराले र भीमफेदी गाउँपालिका–८ स्थित वाग्मती खोलाले पुल कटान गरी सडक अवरुद्ध भएकामा उक्त खण्ड सञ्चालनमा आउन नसकेको उहाँले जानकारी दिनुभयो ।

दक्षिणकाली–छैमले–सिस्नेरी खण्डअन्तर्गत इन्द्रसरोवर–३ रामचन्द्र भञ्याङमा पहिरो खस्दा कुलेखानी–फाखेल–फर्पिङ बाटो पूर्णरुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले बताउनुभयो ।

दक्षिणकाली–छैमले–सिस्नेरी खण्डअन्तर्गत इन्द्रसरोवर–२ सिमखोलास्थित लच्कामा सिमखोलमा आएको बाढीले कटान गरी कुलेखानी–सिस्नेरी–फर्पिङ बाटो पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

कुलेखानी–मार्छुभित्री सडकको इन्द्रसरोवर–१ सिम्लाङमा पहिरो खस्दा थानकोट–कुलेखानी पूर्णरुपमा अवरुद्ध बनेको छ । भीमफेदी गाउँपालिका–४ रातोमाटे, भीमफेदी–६ ढोकाफेदीमा पहिरो खसी हेटौँडा–कुलेखानी जोड्ने बाटो पूर्णरुपमा अवरुद्ध बनेको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

    जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

  • प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

    प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

  • किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

    किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

  • साँझ बिहान  इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

    साँझ बिहान इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असार २१ गते शनिबार

    २०८२ असार २१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

    जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

    प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

    प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

    किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

    किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

    साँझ बिहान  इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

    साँझ बिहान इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution