Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १४, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

प्राकृतिक विपत्तिको कहर : पहिरोले पृथ्वी राजमार्गमा जनधनको क्षति, सवारी आवागमन जोखिमपूर्ण

प्रत्यूष १९३ पटक पढिएको प्रकाशित मिति: २०८१ आश्विन १५, मंगलबार (१ साल अघि)
प्राकृतिक विपत्तिको कहर : पहिरोले पृथ्वी राजमार्गमा जनधनको क्षति, सवारी आवागमन जोखिमपूर्ण

धादिङ,१५ असोज ।

सङ्घीय राजधानी काठमाडौँको प्रमुख मार्ग पृथ्वी राजमार्गलाई लगातारको वर्षा र पहिरोले ठूलो क्षति पुर्‍याएको छ। तीन दिनदेखि परेको अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो गएको छ, जसले गर्दा कतै सडक पुरिएका छन् भने कतै छेउ भासिएका छन्। विशेषगरी त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा खण्डमा पर्ने झ्याप्ले खोलामा भएको पहिरोमा ३५ जनाले ज्यान गुमाए भने झण्डै दर्जन सवारीसाधन क्षतिग्रस्त भए।

पहिरोपछि आइतबारदेखि झ्याप्ले खोला क्षेत्रलाई एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। यस्तै, नागढुङ्गा–मुग्लिन खण्डमा पनि सोमबारदेखि सवारी सञ्चालनमा आएका भए पनि यात्रु र चालकको यात्रा सहज भइसकेको छैन।

पहिराका कारण विभिन्न स्थानमा यात्रा जोखिमपूर्ण बनेको छ भने निरन्तर पहिरो पन्छाउने काम जारी छ। जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रह्लाद सिलवालले सबै पहिरो पन्छाउन अझै केही समय लाग्ने जानकारी दिएका छन्।

सडकमा रोकेका सवारीसाधनलाई काठमाडौँ प्रवेश गराइए पनि पहिरोको जोखिम अझै बाँकी छ। धादिङको गल्छीबाट नुवाकोट हुँदै काठमाडौँ प्रवेश गर्नका लागि साना तथा हल्का सवारी साधनलाई निर्देशन गरिएको छ। पहिरो प्रभावित क्षेत्रबाट अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई नौबिसे–नागढुङ्गा सडकखण्ड प्रयोग गरेर प्रवेश गराइएको छ।

राजमार्गमा पहिराका कारण यात्रुहरू त्रसित छन्। विभिन्न ठाउँमा पहिरोका कारण यात्रा अवरुद्ध हुँदा यात्रुले लामो समयसम्म जाममा बस्नुपरेको छ। बिजुली अवरुद्ध हुँदा सञ्चारमा पनि समस्या देखिएको छ। यात्रामा शौचालय र खाद्यान्न अभावले पनि यात्रुहरूलाई कठिनाइ भएको छ।

दसैँको मुखमा यात्रुको चाप बढ्दै जाँदा राजमार्गको दयनीय अवस्था अझ बढी चुनौतीपूर्ण बन्ने देखिन्छ। चाडपर्वका बेला हुने सडक दुर्घटनाबाट हुने क्षति कम गर्न समन्वय आवश्यक देखिएको छ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बैंक तथा वित्तीय संस्थामाथिको आक्रमणले चुनौती बढाएको छ : अध्यक्ष कोइराला

    बैंक तथा वित्तीय संस्थामाथिको आक्रमणले चुनौती बढाएको छ : अध्यक्ष कोइराला

  • उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण

    उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण

  • चन्द्रागिरि ‘बालश्रममुक्त स्थानीय तह’

    चन्द्रागिरि ‘बालश्रममुक्त स्थानीय तह’

  • मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

    मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस १३ गते आईतबार

    २०८२ पुस १३ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बैंक तथा वित्तीय संस्थामाथिको आक्रमणले चुनौती बढाएको छ : अध्यक्ष कोइराला

    बैंक तथा वित्तीय संस्थामाथिको आक्रमणले चुनौती बढाएको छ : अध्यक्ष कोइराला

    उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण

    उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण

    चन्द्रागिरि ‘बालश्रममुक्त स्थानीय तह’

    चन्द्रागिरि ‘बालश्रममुक्त स्थानीय तह’

    मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

    मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution