Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक १७, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

झ्याप्ले खोला पहिरो अपडेट : अहिलेसम्म ३५ शव निकालिए

प्रत्यूष १६९ पटक पढिएको प्रकाशित मिति: २०८१ आश्विन १३, आईतबार (१ साल अघि)
झ्याप्ले खोला पहिरो अपडेट : अहिलेसम्म ३५ शव निकालिए

धादिङ, १३ असोज ।
धादिङ र काठमाडौंको सिमानामा पर्ने धुनिबेंसी नगरपालिका-९, झ्याप्ले खोलामा गएको पहिरोमा परेका सवारी साधनहरूबाट अहिलेसम्म ३५ जनाको शव निकालिएको छ। आज बिहानैदेखि सुरु गरिएको सुरक्षाकर्मीहरूको उद्धार प्रयासमा थप २१ जनाको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रह्लाद सिलवालका अनुसार एक माइक्रोबसबाट १६ र यात्रु बसबाट ५ शव निकालिएको छ।

हिजो राति सोही पहिरोमा परेका १४ जनाको शव निकालिएको थियो। पहिरोले पुरिएका सवारी साधनहरू पूर्ण रूपमा ध्वस्त भएका कारण शवहरू छुट्टाछुट्टै अवस्थामा फेला परेका छन्, जसले गर्दा कुन शव कुन सवारी साधनबाट हो भन्ने यकिन गर्न कठिन भएको प्रहरीको भनाइ छ।

सवारी साधनहरू टुक्राटुक्रा भएकोले नम्बर पहिचान गर्नसमेत कठिनाइ भइरहेको सूचना अधिकारी सिलवालले जानकारी दिनुभयो। गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको बस भने पहिचान गरिएको छ। एस्काभेटरले पहिरो पन्छाउने क्रममा बसको छतको डण्डीमा चालक मदन परियारको शव फेला परेपछि उक्त बसको पहिचान भएको यातायात व्यवसायी अर्जुन भट्टले बताउनुभयो।

पहिरोमा पुरिएको बसमा प्रारम्भिक रूपमा चालक दलका तीन सदस्य र एक यात्रु रहेको भए पनि बीच बाटोमा थप यात्रु चढाएको हुनसक्ने अनुमान गरिएको छ।

त्यस्तै, चितवनको पुल्चोकबाट यात्रु बोकेर काठमाडौंतर्फ जाँदै गरेको माइक्रोबस ९जम्बो हाइस० पनि झ्याप्ले खोलाको पहिरोमा पुरिएको छ। तर, माइक्रोबसमा कति यात्रु थिए भन्ने कुरा अझै यकिन भएको छैन।

यसैगरी, शुक्रबार अपराह्न करिब २ बजे मनकामना माई यातायात प्रालिद्वारा सञ्चालित बा २ ख १३४५ नम्बरको बस सम्पर्कविहीन रहेको जानकारी प्रालिका अध्यक्ष नरबहादुर रानाले दिनुभएको छ।

सुरक्षाकर्मीहरूले अझै पनि झ्याप्ले खोलामा गएको पहिरो पन्छाउने र उद्धार कार्य निरन्तर रूपमा जारी राखेका छन्।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ : कार्यवाहक प्रमुख आयुक्त

    निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ : कार्यवाहक प्रमुख आयुक्त

  • ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापना

    ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापना

  • राष्ट्रपति  कतारतर्फ  प्रस्थान

    राष्ट्रपति कतारतर्फ प्रस्थान

  • वायुसेवा निगमका बेथिति अन्त्यका लागि प्रधानमन्त्री कार्कीको निर्देशन

    वायुसेवा निगमका बेथिति अन्त्यका लागि प्रधानमन्त्री कार्कीको निर्देशन

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ : कार्यवाहक प्रमुख आयुक्त

    निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ : कार्यवाहक प्रमुख आयुक्त

    ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापना

    ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापना

    राष्ट्रपति  कतारतर्फ  प्रस्थान

    राष्ट्रपति कतारतर्फ प्रस्थान

    वायुसेवा निगमका बेथिति अन्त्यका लागि प्रधानमन्त्री कार्कीको निर्देशन

    वायुसेवा निगमका बेथिति अन्त्यका लागि प्रधानमन्त्री कार्कीको निर्देशन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution