Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ भाद्र ३, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नुवाकोट र रसुवावासीलाई निःशुल्क रगत उपलब्ध

प्रत्यूष ३६८ पटक पढिएको प्रकाशित मिति: २०८१ आश्विन २, बुधबार (११ महिना अघि)
नुवाकोट र रसुवावासीलाई निःशुल्क रगत उपलब्ध

त्रिशूली (नुवाकोट), २ असोज
 नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखा नुवाकोटले नुवाकोट र रसुवाका सातसय भन्दाबढी बिरमीलाई निःशुल्क रगत उपलब्ध गराएको छ । रेडक्रस नुवाकोट र दुई जिल्लाका स्थानीयतहबीच जिल्लावासी तथा जिल्लामा बसोबास गर्दै आएका बिरामीलाई आवश्यक परिणामको रगत निःशुल्क उपलब्ध गराउने सम्झौता अनुसार हालसम्म सात सय ८० जना बिरामीले सेवाको लाभ लिएका हुन् ।
विसं २०८० साउन १ गतेदेखि सुरु भएको निःशुल्क सेवाको लागि दुई जिल्लाका पालिकाको सहयोगले सेवा उपलब्ध गराउँदै आएको रेडक्रस नुवाकोट शाखाले जनाएको छ । शाखाका अनुसार नुवाकोट र रसुवावासीलाई कोलनीस्थित केन्द्रमार्फत निःशुल्क रगत उपलब्ध हुनेछ भने जिल्ला बाहिर आवश्यक परेमा उपलब्ध गराउन सहजीकरणसहित खरिद शुल्कबापत प्रति युनिट रु एक हजारका दरले रकम सोधभर्ना फिर्ता दिने गरिएको छ । निःशुल्क रगत उपलब्ध गराउन दुई जिल्लाका स्थानीय तहले स्वेच्छिक अनुसार आर्थिक सहायता उपलब्ध गराउँदै आएका छन् ।
रेडक्रसले दिगो व्यवस्पनको लागि रु एक करोडको अक्षय कोष स्थापनाको लक्ष्य लिएर हाल उक्त कोषमा रु ५२ लाख भन्दाबढी रकम सङ्कलन भइसकेको छ ।केन्द्रलाई रगतलाई निःशुल्क उपलब्ध गराउन भन्दा पनि अहिलेको मुख्य चुनौती सङ्कलनको समस्याको देखिएको छ । नियमित दान गर्ने दाताको घट्दो सङ्ख्या र रगत उपभोग गर्ने बिरामीको बढ्दो क्रमले विगतको तुलनामा रगत सङ्कलनमा कठिनाइ भइरहेको रक्तसञ्चार केन्द्रका प्रमुख लक्ष्मी श्रेष्ठले जानकारी दिनुभयो ।
‘रक्तदान–जीवन दान’को नारासहित परिवर्तिन समय अनुसार कार्यक्रमकोस्वरुप बदलेर रक्त सङ्कलनलाई भने प्रभावकारी बनाउँदै आएको उहाँको भनाइ छ ।“नियमित दान गर्ने दाता विदेश जानेक्रम बढेको छ । यहाँ बसोबास गर्नेमा सुगर, प्रेसर लगायतका स्वास्थ्य समस्याले रगत सङ्कलनमा कठिनाइ बनेको छ ।” केन्द्र प्रमुख श्रेष्ठले भन्नुभयो “दाताहरुमा जनचेतना अभिवृद्धि र सहयोगी सङ्घ सँस्थाको सक्रियताले अहिलेसम्म नुवाकोट र रसुवामा मागअनुसार रगत सङ्कलनमा समस्या देखिएको छैन ।”
नुवाकोट रेडक्रसले सङ्कलन गरेको रगत दुई जिल्लालाई प्रयाप्त भएपछि भक्तपुर रेडक्रसमार्फत सञ्चालित रक्त सञ्चार केन्द्रमा समेत पठाउने गरिएको छ ।नुवाकोटमा विसं २०७१ फागुन २५ मा स्थापना भएको रक्तसञ्चार केन्द्रमा हालसम्म छ हजार तीनसय २७ दाताले रक्तदान गरेका छन् । पछिल्लो एक वर्षको अवधिमा दुई सय ११ जना महिलासहित एक हजार तीन सय ६५ दाताले रक्तदान गरेको रक्तसञ्चार केन्द्रको तथ्या¬ङ्क छ ।
रेडक्रसको प्राविधिक सहयोगमा एक वर्षमा नुवाकोट र रसुवामा ५२ स्थानमा रक्तदान कार्यक्रम गरिएको छ भने रक्तदान कार्यक्रमलाई अभिवृद्धि गर्न विद्यालयतहमा रक्तसमूहको पहिचान, जुनियर रेडक्रस सर्कल र युवा रेडक्रस सर्कल गठन गरेर उनीहरुलाई सक्रिय बनाउन नुवाकोट रेडक्रस तल्लिन छ । अठार वर्ष उमेर पुगेका युवालाई रक्तदान कार्यक्रम सहभागी हुन रेडक्रस सहितको विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा अभियान चलाउँदै आएको केन्द्र प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
नयाँ रक्तदाताको खोजी, एक पटक दान गरिसकेका दातालाई नियमित बनाउन उत्प्रेरणा जगाउने, धेरै पटक रक्तदान गर्ने दातालाई प्रदेश स्वास्थ्य मन्त्रालयबाट सम्मानको कार्यक्रम लगायतका अभियानले  रगत सङ्कलनमा उल्लेख्य सफलता हासिल भएको बताइएको छ  ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नेप्से परिसूचक बढ्यो

    नेप्से परिसूचक बढ्यो

  • मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत छः प्रधानमन्त्री

    मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत छः प्रधानमन्त्री

  • फोहरजन्य वस्तु बिक्री गरी १५ लाख बढी आम्दानी

    फोहरजन्य वस्तु बिक्री गरी १५ लाख बढी आम्दानी

  • रसुवाली माटोले खोजेको र जनताले रोजेको योजनालाई प्राथमिकता दिइनेः मन्त्री लामा

    रसुवाली माटोले खोजेको र जनताले रोजेको योजनालाई प्राथमिकता दिइनेः मन्त्री लामा

  • प्रत्यूष ई-पेपर थप

    २०८२ साउन २८ गते बुधबार

    २०८२ साउन २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेप्से परिसूचक बढ्यो

    नेप्से परिसूचक बढ्यो

    मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत छः प्रधानमन्त्री

    मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत छः प्रधानमन्त्री

    फोहरजन्य वस्तु बिक्री गरी १५ लाख बढी आम्दानी

    फोहरजन्य वस्तु बिक्री गरी १५ लाख बढी आम्दानी

    रसुवाली माटोले खोजेको र जनताले रोजेको योजनालाई प्राथमिकता दिइनेः मन्त्री लामा

    रसुवाली माटोले खोजेको र जनताले रोजेको योजनालाई प्राथमिकता दिइनेः मन्त्री लामा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution