Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक ८, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

आर्थिक सम्बन्ध विस्तारमा नेपालको जोड

रासस १८९ पटक पढिएको प्रकाशित मिति: २०८१ आश्विन २, बुधबार (१ साल अघि)
आर्थिक सम्बन्ध विस्तारमा नेपालको जोड

काठमाडौँ, २ असोज
नेपालले बङ्गलादेशसँगको आर्थिक सम्बन्ध विस्तारका साथै अल्पविकसित मुलुकको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नत हुन लागेका दुवै देशले सहज एवं दिगो स्तरोन्नतिका निम्ति उत्कृष्ट अभ्यास र अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिएको छ ।

बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले त्यहाँको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुससँग मङ्गलबार भएको शिष्टाचार भेटमा द्विदेशीय सम्बन्धलाई नवीकृत गर्दैै आर्थिक सहकार्य र साझेदारीमा जोड दिनुभएको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ ।

राजदूत भण्डारीले व्यापार, पारवहन र सम्पर्क सञ्जालका क्षेत्रमा सम्भाव्यताको खोजी तथा दुवै देश र जनतालाई लाभ हुने गरी ऊर्जा सहयोगमा केन्द्रित रहेर छलफल गर्नुभएको थियो । भारतीय प्रसारण लाइनमार्फत नेपालबाट ४० मेगावाट बिजुली निर्यातका सन्दर्भमा उहाँले द्विपक्षीय साझेदारीमा जोड दिनुभएको हो । दुई देशबीच चाँडोभन्दा चाँडो विद्युत् निर्यात सम्झौता कार्यान्वयन हुनुपर्नेमा दुवै पक्षले सहमति जनाएका थिए ।

प्रमुख सल्लाहकार युनुस र राजदूत भण्डारीबीच द्विपक्षीय सम्बन्ध विस्तारका साथै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)लगायत क्षेत्रीय सङ्गठनलाई नवजीवन प्रदान गर्दै अन्य क्षेत्रीय एवं अन्तरराष्ट्रिय सङ्गठनहरूमा सहकार्य गर्ने सम्बन्धमा पनि विचारविमर्श भएको थियो ।

त्यस अवसरमा राजदूत भण्डारीले सरकार प्रमुखको रुपमा नियुक्त भएकामा बधाई ज्ञापन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पठाउनुभएको पत्र हस्तान्तरण गर्नुभएको थियो । नेपाल सरकारले बङ्गादेशप्रति दर्शाएको समर्थन र ऐक्यबद्धताको सरकार प्रमुख युनुसले प्रशंसा गर्दै दुई देशबीच राजनीतिक र जनस्तरमा सौहार्दपूर्ण सम्बन्ध रहेकोमा सन्तोष व्यक्त गर्नुभएको दूतावासले जारी गरेका विज्ञप्तिमा जनाइएको छ ।

बङ्गलादेश सरकारले हालैको आन्दोलनका क्रममा नेपाली नागरिक तथा विशेष गरी नेपाली विद्यार्थीको सुरक्षाका निम्ति गरेको सहयोगप्रति कृतज्ञता ज्ञापन गर्दै राजदूत भण्डारीले आगामी दिनमा पनि यो सहयोग जारी रहने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • कामपाले थाल्यो ‘सिल्भर भोलिन्टियर कार्यक्रम’

    कामपाले थाल्यो ‘सिल्भर भोलिन्टियर कार्यक्रम’

  • आजको मौसम पूर्वानुमान : यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको मौसम पूर्वानुमान : यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

  • रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

    रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

  • आज पनि बढ्यो सुनको मूल्य

    आज पनि बढ्यो सुनको मूल्य

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असोज २७ गते सोमबार

    २०८२ असोज २७ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कामपाले थाल्यो ‘सिल्भर भोलिन्टियर कार्यक्रम’

    कामपाले थाल्यो ‘सिल्भर भोलिन्टियर कार्यक्रम’

    आजको मौसम पूर्वानुमान : यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको मौसम पूर्वानुमान : यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

    रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

    आज पनि बढ्यो सुनको मूल्य

    आज पनि बढ्यो सुनको मूल्य

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution