Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष २८, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

जीर्ण सडक निर्माण गर्न सांसदहरुको माग

३७१ पटक पढिएको प्रकाशित मिति: २०८१ भाद्र २६, बुधबार (१ साल अघि)
जीर्ण सडक निर्माण गर्न सांसदहरुको माग

काठमाडौँ, २६ भदौ

सांसद अमृतलाल राजवंशीले झापा जिल्लाको मध्य भागमा पर्ने कनकाई माई नदीको हुलाकी राजमार्गमा पर्ने करिब सात सय २० मिटर लामो मुख्य पुल निर्माण कार्यमा ढिलाइ भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उहाँले भन्नुभयो, “त्यहाँ बसोबास गर्ने झापाली जनताको एक मात्रै विकल्पका रुपमा रहेको सो पुल विगत १२ वर्षदेखि निर्माणाधीन अवस्थामा छ, त्यो पुल हाल जीर्ण छ, सरकार र निर्माण कम्पनी बीचको समस्या समाधान गरेर पुलको बाँकी काम तत्काल अघि बढाउन सरकारसँग माग गर्दछु ।”

सांसद अर्जुननरसिंह केसीले मङ्गलबारदेखि कोशी प्रदेशका पूर्वमुख्यमन्त्री अनशनमा रहेको उल्लेख गर्दै उहाँमाथि भएको प्रहरी हस्तक्षेप बन्द गरी सरकारले सहमतिबाट समस्याको समाधान गर्नुपर्छ भन्नुभयो ।

सांसद अशोककुमार चौधरीले राजनीतिक दलले आफ्नो राजनीतिक अभीष्ट पूरा गर्ने उद्देश्यले उपसभामुख इन्दिरा रानाको राजीनामाको माग गरिएको भन्दै आपत्ति जनाउनुभयो ।

सांसद आस्माकुमारी चौधरीले देशमा रहेका विद्यमान सबै संस्कृति, परम्पराको उत्तिकै महत्व हुने भन्दै थारु समुदायले मनाउने विभिन्न पर्वलाई पनि राष्ट्रिय क्यालेन्डरमा राख्न माग गर्नुभयो ।

सांसद असिम शाहले संविधानमा निःशुल्क शिक्षा भनिए पनि व्यावहारिक रुपमा कार्यान्वयन हुन नसकेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद ईश्वरबहादुर रिजालले नारायणघाटदेखि बुटवलसम्मको सडक निर्माणमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद उर्मिला माझीले दसैँ, तिहार, छठलगायतका चाडपर्वहरु नजिकिँदै गर्दा देशका विभिन्न ठाउँका सडक जीर्ण अवस्थामा रहेको भन्दै जतिसक्दो चाँडो निर्माणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरु ईश्वरी घर्ती, एकनाथ ढकाल, कल्पना चौधरी, कालुराम राई, कुसुमदेवी थापा, किरणकुमार शाह, कृष्णकुमार श्रेष्ठ, गणेश पराजुली, गोमा सापकोटा, चन्द्रबहादुर विश्वकर्मा, अम्मरबहादुर थापालगायतले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी

    पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी

  • सुनको मूल्यमा वृद्धि, चाँदी पनि महँगियो

    सुनको मूल्यमा वृद्धि, चाँदी पनि महँगियो

  • राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण

    राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण

  • थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै

    थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस २६ गते शनिबार

    २०८२ पुस २६ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी

    पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी

    सुनको मूल्यमा वृद्धि, चाँदी पनि महँगियो

    सुनको मूल्यमा वृद्धि, चाँदी पनि महँगियो

    राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण

    राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण

    थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै

    थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution