Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ भाद्र ३, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

चेपाङले मनाए छोनाम (न्वागी) पर्व

रासस १९० पटक पढिएको प्रकाशित मिति: २०८१ भाद्र २३, आईतबार (११ महिना अघि)
चेपाङले मनाए छोनाम (न्वागी) पर्व

मुग्लिन (चितवन), २३ भदौ
सीमान्तकृत समुदायमा पर्ने चेपाङ समुदायले शनिबार छोनाम ९न्वागी० पर्व मनाएका छन् । विगत वर्षहरूमा जस्तै यस वर्ष पनि चेपाङ समुदायको राष्ट्रिय पर्व छोनाम (न्वागी) सामूहिक रूपमा मनाएका हुन् ।

नेपाल चेपाङ सङ्घ केन्द्रीय समितिको आयोजनामा गोरखाको गण्डकी गाउँपालिका–६ तोमनडाँडामा भेला भएर नाचगान गरी शुभकामना साटासाट गरेर यो पर्व मनाइएको हो । सो अवसरमा नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले चेपाङ समुदायको भाषा, धर्म, संस्कृति र परम्पराको संरक्षण गर्न हर्षोल्लासका साथ सामूहिक रूपमा यो पर्व मनाउने गरिएको बताउनुभयो । साथै उहाँले चेपाङ समुदायको बसोबास रहेको गण्डकी प्रदेशमा न्वागी पर्वका दिन सार्वजनिक बिदा दिनसमेत माग गर्नुभयो ।

कार्यक्रममा गोरखा, धादिङ, मकवानपुर, चितवन, तनहुँ र लमजुङका चेपाङ समुदायको सहभागिता थियो । कार्यक्रममा विभिन्न अन्नबाली तथा फलफूल राखेर चेपाङ समुदायको झाँक्री (पान्दे) हरूले ढ्याङ्ग्रो ठोकेर फलाकेका थिए भने चेपाङ समुदायको संस्कृति झल्किने विभिन्न प्रस्तुति प्रस्तुत गरेका थिए ।

अध्यक्ष चेपाङका अनुसार चेपाङ बाहुल्यता रहेको चितवन, मकवानपुर, धादिङ र गोरखामा हरेक वर्ष पालैपालो गरी भदौ २२ गते राष्ट्रिय पर्व न्वागी मनाउने गरिएको छ । चेपाङ सङ्घको आयोजनामा गोरखामा सामूहिक कार्यक्रम भए पनि उक्त समुदायको बसोबास गर्ने जिल्लाका पालिकामा पनि यो पर्व मनाइएको छ ।

नेपाल चेपाङ सङ्घका केन्द्रीय महासचिव सन्तबहादुर चेपाङका अनुसार चेपाङ समुदायले २०६३ सालदेखि चेपाङ सङ्घको पहलमा सामूहिक रूपमा उत्सवकै रुपमा न्वागी मनाउँदै आएका छन् । उत्सवमा सहभागी हुन नपाउनेले आ–आफ्नो घर र समुदायमा मनाउने गर्छन् । आफ्नो कूलअनुसार भदौ महिनाको पूर्णिमादेखि भदौभरि नै न्वागी मनाउने परम्परा रहे पनि २२ गतेलाई संस्थागत रूपमा मनाउन मान्यता पाएको महासचिव चेपाङको भनाइ छ ।

चेपाङ समुदायमा पितृलाई नचढाई र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ । न्वागी पर्वका दिन घैयाधानको चामल, काउनो, पिँडालुलगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ । यो पर्व चेपाङले नयाँ अन्न खाने दिन पनि रहेको उहाँले बताउनुभयो ।

न्वागीमा चेपाङ झाँक्री (पान्दे)ले ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि चढाउँछन् । यस दिन चेपाङ समुदायले कुनै काम नगरी रमाइलो गर्छन् । नाता कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् । न्वागी चेपाङ जातिको जीवनशैली र संस्कृतिसँग जोडिएको पर्व हो ।

राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा ८४ हजार तीन सय ६४ चेपाङ छन् । सबैभन्दा धेरै चितवनमा मात्रै ३५ हजार ६ सय ३७ सङ्ख्यामा चेपाङ समुदायका नागरिक बसोबास गर्छन् । मकवानपुरमा २३ हजार ६ सय ५०, धादिङमा १७ हजार एक सय ६० र गोरखामा चार हजार दुई सय ६८ जना चेपाङको बसोबास छ । छब्बीस जिल्लामा चेपाङ समुदायको बसोबास रहेको अध्यक्ष गोविन्द रामले बताउनुभयो । चेपाङहरूको राष्ट्रिय पर्व न्वागीका अवसरमा बागमती प्रदेश सरकारले २०७९ सालदेखि चितवन, मकवानपुर र धादिङमा भदौ २२ गते सार्वजनिक बिदासमेत दिँदै आाएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नेप्से परिसूचक बढ्यो

    नेप्से परिसूचक बढ्यो

  • मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत छः प्रधानमन्त्री

    मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत छः प्रधानमन्त्री

  • फोहरजन्य वस्तु बिक्री गरी १५ लाख बढी आम्दानी

    फोहरजन्य वस्तु बिक्री गरी १५ लाख बढी आम्दानी

  • रसुवाली माटोले खोजेको र जनताले रोजेको योजनालाई प्राथमिकता दिइनेः मन्त्री लामा

    रसुवाली माटोले खोजेको र जनताले रोजेको योजनालाई प्राथमिकता दिइनेः मन्त्री लामा

  • प्रत्यूष ई-पेपर थप

    २०८२ साउन २८ गते बुधबार

    २०८२ साउन २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेप्से परिसूचक बढ्यो

    नेप्से परिसूचक बढ्यो

    मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत छः प्रधानमन्त्री

    मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत छः प्रधानमन्त्री

    फोहरजन्य वस्तु बिक्री गरी १५ लाख बढी आम्दानी

    फोहरजन्य वस्तु बिक्री गरी १५ लाख बढी आम्दानी

    रसुवाली माटोले खोजेको र जनताले रोजेको योजनालाई प्राथमिकता दिइनेः मन्त्री लामा

    रसुवाली माटोले खोजेको र जनताले रोजेको योजनालाई प्राथमिकता दिइनेः मन्त्री लामा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution