भक्तपुर, ८ असार : भक्तपुर नगरपालिका–१ घलातेमा आज सल्लाघारीबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा१३च २२६५ नंको सुमोले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते बाग्लुङ गलकोट नगरपालिका–१० का ३५ वर्षीय मनबहादुर घर्तीको भक्तपुर अस्पतालमा उपचारका लागि लैजाँदा मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो ।
प्रहरीले दुर्घटना गराउने सवारी साधन र चालक काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ बस्ने ५४ वर्षीय मधुकर केसीलाई पक्राउ गरी प्रहरी वृत्त जगातीको नियन्त्रणमा राखेर थप अनुसन्धान सुरु गरेको उहाँले जानकारी दिनुभयो ।



प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
| प्रधानसम्पादक : | बद्रि अधिकारी |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |