Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

वाग्मतीको शिरमा जेसुम यात्रा

रासस ३७८ पटक पढिएको प्रकाशित मिति: २०८१ अषाढ ३, सोमबार (१ साल अघि)
वाग्मतीको शिरमा जेसुम यात्रा

काठमाडौँ, ३ असारः कलाका विभिन्न माध्यममार्फत स्थानीय सम्पदा, संस्कृति र सम्पदा प्रवर्द्धन गर्ने ध्येयले वाग्मतीको उद्गमस्थल बागद्वारसम्म पदयात्रा गरेर यो वर्षको ‘जेसुम यात्रा’ सम्पन्न भएको छ ।

साहित्यकार, पत्रकार, चित्रकार र रङ्गकर्मीहरुले क्यानभासमा चित्र उतार्दै र साहित्य सिर्जना वाचन गर्दै बूढानीलकण्ठस्थित शिवपुरीको ऐतिहासिकस्थल बागद्वारमा पुगेर यात्रा समापन भएको अभियानका संस्थापक एवं बूढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख साहित्यकार अनिता लामाले बताउनुभयो । “बागद्वार बाग्मती नदीको उद्गमस्थल हो । त्यही भएर यसपटक हामीले वाग्मती सभ्यताको उद्गमस्थललाई रोज्यौँ । वाग्मती सभ्यता, कला संस्कृति र प्राकृतिक सौन्दर्यको अवलोकन ग¥र्यौं । कलाकारहरुले क्यानभासमा चित्र उतार्नुभयो । साहित्यकारले सिर्जना वाचन गर्नुभयो”, उहाँले भन्नुभयो ।

यसपटक बागद्वार जेसुम यात्रा उपप्रमुख एवं कवि लामासँगै नाराद बज्राचार्य, फूलकुमार बम्जन, स्नेह सायमी, बालकृष्ण बस्नेत, फूलमान वल, जयन्ता पोखरेललगायतले कविता सिर्जना गरी वाचन गर्नुभएको थियो । कलाकारहरु दीपेन्द्र बनेपाली, एनबी गुरुङ, विनोद गुप्ता, चन्द्र श्रेष्ठ, विपना महर्जन, नेमबहादुर तामाङ, मनरा प्रजापति, लुनिभा महर्जनलगायतका प्रत्यक्षरुपमा चित्र कोर्नुभएको थियो ।

त्यस्तै सरोज अर्याल, केदार श्रेष्ठ, अनामिका गौतम, समापिका गौतमलगायतका रङ्गकर्मीले जीवन र प्रकृतिसँगको सम्बन्ध जोडिएको शीर्षकमा ‘ठेगाना’ नामक छोटो नाट्य प्रस्तुति गर्नुभएको उपप्रमुख लामाले बताउनुभयो ।

बूढानीलकण्ठ नगरपालिकाको व्यवस्थापकीय सहकार्यमा सम्पन्न भएको जेसुम यात्रामा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारी, वाग्मती प्रदेशका पूर्वसांसद एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौँका जिल्ला अध्यक्ष दीपक निरौला, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलगायतका अतिथिहरु पनि सहभागी रहनुभएको उपप्रमुख लामाले बताउनुभयो ।

स्थानीय संस्कृति र सम्पदा प्रवद्र्धन गर्न, विश्वव्यापी प्रकोप बन्दै गइरहेको जलवायु परिवर्तनप्रतिको सचेतना जगाउनका लागि यो यात्रा निरन्तर सञ्चालन भइरहेको छ । काभ्रेको धुलिखेलबाट सुरु भएको जेसुम यात्रा नगरकोट, भक्तपुर, बौद्ध, तारकेश्वर, विष्णुद्वार, धनकुटालगायत विभिन्न थलोमा सम्पदास्थल पुगेर प्रत्यक्ष साहित्य रचना, चित्रकला सिर्जना र नाट्य प्रस्तुति गरिसकेको उपप्रमुख लामाले बताउनुभयो ।
—

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • एकमहिने माधवनारायण मेला  सम्पन्न

    एकमहिने माधवनारायण मेला सम्पन्न

  • उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

    उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

  • सुनचाँदीको भाउ घट्यो

    सुनचाँदीको भाउ घट्यो

  • स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

    स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १८ गते आईतबार

    २०८२ माघ १८ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    एकमहिने माधवनारायण मेला  सम्पन्न

    एकमहिने माधवनारायण मेला सम्पन्न

    उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

    उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

    सुनचाँदीको भाउ घट्यो

    सुनचाँदीको भाउ घट्यो

    स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

    स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution