Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ अषाढ २१, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

महालेखा परीक्षकको प्रतिवेदन : सेवाग्राहीको सास्ती हटेन

४१६ पटक पढिएको प्रकाशित मिति: २०८१ जेष्ठ १४, सोमबार (१ साल अघि)
महालेखा परीक्षकको प्रतिवेदन :  सेवाग्राहीको सास्ती हटेन

काठमाडौँ, १३ जेठ : सरकारी स्वास्थ्य संस्थामा स्वास्थ्य उपकरण र मेसिन प्रयोगविहीन अवस्थामा रहँदा सेवाग्राहीले सास्ती भोग्न परेको महालेखापरीक्षकको प्रतिवेदनले देखाएको छ । महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनका अनुसार खरिद गरिएका स्वास्थ्य उपकरण र मेसिन दक्षजनशक्तिको अभावमा प्रयोगविहीन अवस्थामा रहेको उल्लेख गरेको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा दैनिक दुई सय ५० जनाभन्दा बढी बिरामी आउने गर्छन् । यस अस्पतालमा चारवटा मेसिनबाट रेडियो थेरापीबाट सेवा दिँदै आएको आएको छ जसका कारण बिरामीले ४५ दिनसम्म कुर्नपर्ने समस्या रहेको प्रतिवेदनमा उल्लेख छ ।

सोही अस्पतालमा मेसिन उपकरण प्रयोगविहीन छ । अस्पतालले २०७९ साल चैतमा खरिद गरेको रक्त क्यान्सरको चरण पत्ता लगाउने मेसिन दक्ष जनशक्तिको अभावमा प्रयोगविहीन अवस्थामा छ । उक्त मेसिन रु एक करोड १८ लाख ६५ हजारमा खरिद गरेर गरिएको थियो । यस अस्पतालमा क्यान्सर रोगको अति आवश्यक पेट सिटी स्क्यान, बोनम्यारो ट्रान्सप्लान्ट र मेमोग्राफी मेसिन नहुँदा सेवाग्राहीले जटिल प्रकृतिको रोगको उपचार पाउन नसकेको उक्त प्रतिवेदनमा भनिएको छ ।

उक्त प्रतिवेदनमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ८६ डायलासिस मेसिन रहेकामा ६१ वटा मात्र प्रयोगमा रहेको बताइएको छ । उक्त केन्द्रमा दैनिक एक सय १० बिरामीले डायलासिस गराउने र बाँकी सात सय बिरामी प्रतीक्षारत रहनुपर्ने बाध्यता छ । बिरामीले सेवा लिन ६ महिनादेखि १ वर्षसम्म पालो कुर्नपर्ने अवस्था छ ।

केन्द्रमा मुटुको शल्यक्रियामा प्रयोग हुने इसिएमओ हर्टलङ्ग मेसिन जनशक्ति अभावमा प्रयोगविहीन अवस्थामा छ । उक्त मेसिन रु दुई करोड ६९ लाखमा खरिद गरिएको हो ।

राष्ट्रिय ट्रमा सेन्टरले मुटु रोगको उपचारका लागि खरिद गरिएको क्याथल्याब मेसिन प्रयोगविहीन छ । २०६९ सालदेखि दक्षजनशक्तिको अभावमा प्रयोगविहीन बनेको उक्त मेसिन रु चार करोड ७३ लाखमा खरिद गरिएको थियो । सुविधासम्पन्न रिफरल सरकारी अस्पतालमा समेत बिरामीले शल्यक्रियाका लागि लामो समय कुर्नपर्ने बाध्यता यथावत् रहेको प्रतिवेदनले उल्लेख गरेको छ । सरकारी अस्पतालमा समयमा शल्यक्रियाको सेवा नपाउँदा बिरामीहरु महँगो शुल्कमा निजी अस्पतालमा उपचार गराउन बाध्य हुने गरेको भन्दै प्रतिवेदनले भौतिक तथा जनशक्तिको सुधारका लागि सुझाव दिएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) सुविधा सम्पन्न रेफरल अस्पताल भए पनि बिरामीले विभिन्न शल्यक्रियाका लागि तीन महिनासम्म कुर्नपर्ने बाध्यता छ । यस अस्पतालमा युरोलोजी कस्मेटिक सर्जरीका लागि १ वर्षसम्म कुर्नुपर्ने बाध्यता छ । देशको एक मात्र सरकारी बालअस्पताल, कान्ति बाल अस्पतालमा बहिरङ्ग सेवाका लागि टिकट वितरणदेखि शल्यक्रियाका लागि धेरै समय कुर्नपर्ने बाध्यता प्रतिवेदनमा उल्लेख छ ।

हाइड्रोसिलको शल्यक्रिया गर्न ६ देखि २ वर्ष, सामान्य शल्यक्रिया गर्न ३ महिनादेखि १ वर्ष बिरामीले कुर्नपर्ने बाध्यता छ । यस अस्पतालमा छुट्टै कार्डियो युनिट र मुटु रोग विशेषज्ञको पदपूर्ति हुन नसकेको उल्लेख छ । अस्पतालमा शय्याको अभाव, इको, क्याथल्याब र सिसियु नभएका कारण अस्पतालमा मुटुको एन्जियोप्लास्ट, एन्जियोग्राफी लगायत सेवा उपलब्ध हुन नसकेको उल्लेख छ ।

यस्तै, भक्तपुर अस्पतालमा पत्थरी, ट्युमर लगायतको शल्यक्रियाका लागि बिरामीले कम्तीमा ३ महिना पर्खिनुपर्ने अवस्था छ । अस्पतालमा एमआरआई मेसिन क्याथल्याब मेसिन नभएको कारण बिरामी अन्यत्र रेफर गर्नुपर्ने अवस्था छ ।

सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र र परोपकार प्रसूति तथा स्त्री रोग अस्पताललगायत आवश्यक जनशक्तिको पदपूर्तिका लागि महालेखापरीक्षकको प्रतिवेदनले सुझाव समेत दिएको छ ।

महालेखा परीक्षकको प्रतिवेदन २०८१ ले यसअघिको प्रतिवेदनमा औँल्याएको ब्यहोरामा यस पटक पनि सुधार नदेखिएको औँल्याएको छ । खरिद योजनाअनुसार खरिद नगरको दरबन्दीअनुसार पदपूर्ति नभएको, सोझै खरिद गरेको, भुक्तानीमा कर कट्टी नगरेको र कोनाल्ट तथा सिटी सेमुलेटर मेसिन यो वर्ष पनि जडान एवं सेवा सञ्चालन नगरेको जस्ता ब्यहोरामा पुनरावृत्ति नहुने गरी सुधार गर्न महालेखाले सुझाव दिएको हो ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

    जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

  • प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

    प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

  • किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

    किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

  • साँझ बिहान  इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

    साँझ बिहान इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असार २१ गते शनिबार

    २०८२ असार २१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

    जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

    प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

    प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

    किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

    किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

    साँझ बिहान  इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

    साँझ बिहान इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution