Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

‘लू’ सम्बन्धी प्रतिकार्य योजना तयार

प्रत्यूष ३९३ पटक पढिएको प्रकाशित मिति: २०८१ जेष्ठ ९, बुधबार (१ साल अघि)
Post Thumbnail

काठमाडौँ, ९ जेठ ।

सरकारले गर्मी बढेसँगै द्रुत गतिमा तातो हावाको लहर अर्थात् ‘लू’ सम्बन्धी जोखिम न्यूनीकरण तथा प्रतिकार्य योजना निर्माण गरी लागू गरेको छ।

‘लू’ सम्बन्धी पहिलोपटक प्रतिकार्य योजना निर्माण गरी आजदेखि नै लागू गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो । मङ्गलबार प्रतिकार्य योजनाले पूर्णता पाएको हो ।

प्रतिकार्य योजनामा विपद् भइहालेमा स्थानीय पालिकाबाट तत्काल औषधिसहितको स्वास्थ्यकर्मीको टोली परिचालन हुने गरी एक्सन टिम तयार पार्नेदेखि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेसम्मका विषय समावेश गरिएको उहाँले बताउनुभयो ।

अहिलेसम्म लूका विषयमा खास पूर्वतयारीका काम हुन नसकिरहेका बेला यसपालि प्रतिकार्ययोजना नै तयार पारी लागू गरिएको हो । प्रमुख कार्यकारी अधिकृत पोखरेलका अनुसार जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तह तथा स्वास्थ्य कार्यालयलाई बढी जिम्मेवार हुने गरी कार्ययोजना तयार पारिएको छ ।

उक्त कार्ययोजनामा जिल्लास्तरमा विपद् संवाद सञ्चालन गर्ने, लूबाट बच्ने उपाएका सम्बन्धमा प्रचारप्रसार गर्ने, हेल्थ डेस्क स्थापना गरेर पानी, जीवनजल, सर्वतपानी वितरण गर्ने, प्राथमिक उपचारका लागि स्थानीय स्वास्थ्य संस्थालाई तयारीमा राख्ने, भीडभाड नियन्त्रण गर्ने, दिउँसोमा धेरै हिँड्डुल नगर्न सचेत गराउने, कार्यस्थलमा शीतल हुने सुविधा उपलब्ध गराउने, यातायातमा सिट क्षमताअनुसार मात्रै यात्रु राख्न लगाउने, पङ्खाको व्यवस्था मिलाउने, बिहान–बेलुका काम गर्ने वातावरण सिर्जना गर्नेलगायत रहेका छन् ।

यस्तै, प्रतिकार्य योजनामा लूसम्बन्धी जल तथा मौसम विज्ञान विभागबाट जारी सूचना पालिकातहसम्म पुर्याउने रहेको छ । प्रमुख कार्यकारी अधिकृत पोखरेलका अनुसार प्राधिकरणका नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख सहसचिव भरतमणि पाण्डेको नेतृत्वको टोलीले उक्त प्रतिकार्ययोजना तयार गरेको हो । यही योजनाअनुसार हरेक जिल्लामा कार्य गर्ने गरी मन्त्रालयले आवश्यक निर्देशन दिएको उहाँले बताउनुभयो ।

अहिलेसम्म नेपालमा तातो हावाको लहर र यसबाट बच्ने उपायका विषयमा ठोस कदम चालिएको छैन । रेडक्रसले नेपालगञ्जमा केही कार्यक्रम सुरु गरेको भए पनि सरकारी तहबाट काम हुन नसकिरहेका बेला अब भने व्यवस्थितरुपमा कार्य गर्ने गरी कार्य योजना निर्माण गरेर काम अघि बढाइएको छ । प्रमुख कार्यकारी अधिकृत पोखरेलले तातो हावाको लहरले प्रत्यक्षभन्दा अप्रत्यक्ष रुपमा बढी क्षति पुर्याउने बताउनुभयो । नेपालमा वार्षिक ०।०५२ प्रतिशतले अधिकतम तापक्रम बढिरहेको छ । न्यूनतम तापक्रम पनि ०।००२ प्रतिशतले वृद्धि भइरहेको मौसम्विद्हरुले बताएका छन् ।

नेपालको तराईका २२ जिल्ला तातो हावाको लहरबाट बढी प्रभावित छन् । यसपालि गर्मी बढ्ने र वर्षा पनि बढी हुने आँकलन जल तया मौसम विज्ञान विभागले सार्वजनिक गरेको छ । त्यसैले गर्मीबाट नागरिकको ज्यान बचाउन र जनजीवन प्रभाविन हुन नदिन प्रतिकार्ययोजना निर्माण गरी लागू गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

    दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

  • सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

  • धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

    दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution