Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङमा गङ्गाजमुना गा.पा.को भैंसे, आरूबोट, भंगेरी र मंसेरी गाउँ नमुना, सफा तथा स्वच्छ गाउँ घोषणा

प्रत्यूष ५६६ पटक पढिएको प्रकाशित मिति: २०८१ बैशाख ३०, आईतबार (१ साल अघि)
धादिङमा गङ्गाजमुना गा.पा.को भैंसे, आरूबोट, भंगेरी र मंसेरी गाउँ नमुना, सफा तथा स्वच्छ गाउँ घोषणा

धादिङबेशी । गङ्गाजमुना गाउँपालिका वडा नं. ६ स्थित भैंसे, आरूबोटे, भंगेरी र मंसिरे टोललाई नमुना, सफा तथा स्वच्छ गाउँ घोषणा गरिएको छ । गङ्गाजमुना गाउँपालिका अध्यक्ष भक्त बहादुर लामाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । गङ्गाजमुना गाउँपालिकाले बजेट विनियोजन गरी शान्ति नेपालको प्राविधिक सहयोगमा सात वटै वडामा उक्त कार्यक्रमहरू कार्यान्वयनको क्रममा रहेको छ ।

कार्यक्रममा झण्डै ३०० जनाको सहभागी भई विभिन्न पम्पलेट, ब्यानर सहित र्याली गरेर कार्यक्रम स्थलसम्म पुगेको थियो भने आफ्नो टोलको हरेक घर सरसफाई सहित सिंगारिएको थियो । चार वटै टोलको स्थलगत अनुगमन गरी नमुना स्वस्थ समुदाय प्राप्तिका आधारहरू क्षेत्रगत सूचकहरू १५ वटा प्राप्ति भए पश्चात आगामी दिनहरूमा समेत सो कार्यलाई निरन्तरता दिने प्रतिबद्धता गराई चार वटै टोललाई घोषणापत्र तथा बोर्ड वितरण गरिएको थियो भने सबैभन्दा उत्कृष्ट सरसफाइ भएका घरलाई पुरस्कृत समेत गरिएको थियो । कार्यक्रममा विभिन्न आमा समूह तथा साना नानीहरूले सांगितिक नाच सहित कार्यक्रमलाई थप रौनक प्रदान गरेको थियो । कार्यक्रममा स्थानीय रैथाने बालीको विभिन्न परिकारहरू समेत बनाएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि भक्त बहादुर लामाले सबै टोलबासीलाई बधाई दिंदै यसरीनै स्थानीय जागरूक भई उठेमा हरेक वर्ष बजेट विनियोजन गरी आ.व.२०८२/०८३ सम्ममा सिंगो गाउँपालिकालाई नै नमुना, सफा तथा स्वच्छ पालिका घोषणा गर्ने योजना बनाएकोले यस घोषणा कार्यक्रम मात्र नभई यसलाई निरन्तरता दिन अनुरोध गर्नुभयो ।

कार्यक्रमको विशेष अतिथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले चारवटै टोललाई बधाई दिंदै यस कार्यलाई निरन्तरता दिन सके मात्र यस कार्यक्रमको औचित्य हुने र उक्त सरसफाई कार्यक्रमले व्यक्तिगत र समुदायको समग्र स्वास्थ्य अवस्था समेत सुधार गर्न सघाउ पुर्याउने हुनाले रैथाने बालीको परिकार बनाई स्थानीय कला, संस्कृतिको संरक्षण र प्रबर्द्धन गर्दै पर्यटन विकासको लागि समेत महत्वपूर्ण हुने कुरा बताउनु भयो ।

कार्यक्रमको अध्यक्ष कार्यबाहक वडा अध्यक्ष धन बहादुर गुरूङले खुसी व्यक्त गर्दै यस कार्यलाई निरन्तरताको लागि आग्रह गर्नुभयो । उहाँले कार्यक्रममा उपस्थिति भएका टोलबासीहरूले गाउँपालिकालाई धन्यवाद दिंदै यस्तो कार्यक्रमले सभ्य भई अगाडी बढ्न मद्दत गरेकोले आगामी दिनहरूमा समेत यस कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका केहि तस्विरहरु

प्रतिक्रिया दिनुहोस
गङ्गाजमुना गाउँपालिका सम्बन्धि थप
  • बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

  • पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

  • नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

  • बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २६ गते सोमबार

    २०८२ माघ २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution