Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १५, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

गोरखा बजार क्षेत्रमा खानेपानीको अभाव

प्रत्यूष ४८० पटक पढिएको प्रकाशित मिति: २०८१ बैशाख २७, बिहिबार (१ साल अघि)
गोरखा बजार क्षेत्रमा खानेपानीको अभाव

गोरखा, २७ वैशाख ।

गोरखा नगरपालिका–८ प्रतीक्षालयका सन्दीप ढकाल आजभोलि रातको तीन बज्न नपाउँदै खानेपानीका लागि एउटा जार र बोत्तल लिएर धारामा पुग्नुहुन्छ । विहान अलि ढिलो पुगे एक जार पानीका लागि घण्टाँै लाइन बस्नुपर्ने वाध्यता रहेकाले उहाँ सकभर राती नै खानेपानी ल्याउनका लागि धारा पुग्ने गर्नुभएको हो ।

‘‘रातको समयमा पुगेपनि कहिले त डेढ दुई घण्टा नै पालो नपर्खेसम्म पानी भर्न पाइँदैन, ढकालले भन्नुभयो, ‘‘कहिले त फर्कँदा उज्यालो नै हुन्छ ।’’ सुख्यायाम लागेसँगै खानेपानीको मुहान सुक्दै जाने र बजार क्षेत्रमा वितरण गरिएका लाइनको पानी समेत नियमित नआउँदा केही महिनादेखि गोरखा बजार क्षेत्रमा खानेपानीको चरम अभाव हुन थालेको हो ।

‘‘घरमा धारा छ, तर पानी कहिले आउँछ भन्ने कुनै टुङ्गो हुँदैन, गोरखा नगरपालिका–६ की स्थानीय गोमा श्रेष्ठले भन्नुभयो,‘‘पानी आइहाल्यो भने पनि पिउन डराउनुपर्ने भएपछि बरु नजिकैको सार्वजनिक धारामा पुगेर खानेपानी ल्याउने गरेको छु, त्यहाँ पानीको पालो कुर्दाकुर्दै हैरान हुनुपर्छ ।’’

सार्वजनिक धारामा समेत यतिवेला मूल सुकेर पानी सानो भएकाले एक गाग्री पानीका लागि धेरै समय कुर्नुपर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ । गोरखाबजार क्षेत्रमा खानेपानीको समस्याले दुःख नपाउने सायदै कमै होलान् । खानेपानीको चरम अभाव भएपछि गएको बिहीबार रानीवन क्षेत्रका स्थानीय त रित्तो गाग्री लिएर पानी माग्दै प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमै पनि पुगे ।

बजार क्षेत्रमा खानेपानी वितरण गर्दै आएको दरौँदी लिफ्टिङ खानेपानी आयोजनाले धारामा पानी नदिएको भन्दै बिरोध स्वरुप प्रसासनमा पुगेर प्रमुख जिल्ला अधिकारी भोला दाहालको ध्यानाकर्षण गराएका छन् । दरौँदी लिफ्टिङ खानेपानी आयोजनाको चरम लापरबाहीका कारण उपभोक्ताले खानेपानीमा दुःख भोग्नु परेको उनीहरुको भनाई छ ।

दरौँदी लिफ्टिङ खानेपानी आयोजना निर्माण भएपछि बजार क्षेत्रमा खानेपानीको समस्या अन्त्य हुन्छ भनेर दावी नगरिएको पनि होइन । करिब ४४ करोड भन्दाबढीको लागतमा आयोजना बनेपनि सदरमुकाम वासीलाई पानीको अभाव अहिलेपनि उस्तै छ । बजार क्षेत्र वरपर नै खोलखोले, चाइनिज धारा, बोसेपानी धारा, रङ्गशाला लगायतका स्थानमा झण्डै आधा दर्जन भन्दाबढी मूलको पानी आउने सार्वजनिक धारा पनि छन् ।

ती सवै धारामा विहानदेखि राती अवेरसम्म पानी भर्नेको घुइँचो हुने गरेको छ । दिनमा मात्र होइन, रातको समयमा पनि सदरमुकामवासी खानेपानीका लागि घण्टौँसम्म लाइन बस्नुपर्ने बाध्यताले हैरान छन् । सदरमुकाम क्षेत्रमा खानेपानी वितरण गर्दै आएका आयोजनाले नियमित पानी उपलब्ध नगराउने र सार्वजनिकस्थानमा रहेका धारामा समेत पानीको मुहान सुक्न थालेपछि उपभोक्ता समस्यामा पर्न थालेको अर्का स्थानीय रामकृष्ण खत्रीले बताउनुभयो ।

‘‘घरमा पानीको धारा आउन पनि मुस्किल छ, उहाँले भन्नुभयो, ‘‘सानो धारा, धेरैजना पानी भर्नका लागि पुग्ने गरेकाले समय लाग्ने गरेको हो ।’’ । परम्परागत सार्वजनिक धाराका पानी समेत व्यवस्थित गर्न नसक्दा समस्या भएको स्थानीयबासी बताउँछन् ।

सदरमुकाममा दरौँदी लिफ्टिङ, पृथ्वीनारायण साना शहरी खानेपानी आयोजना, थाकल डाँडा, पोखरीथोकलगायत गरी विभिन्न छ वटाभन्दा बढी आयोजनाले बजार क्षेत्रमा उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको छ । धारामा नियमित पानी नआउँदा उपभोक्ताले समस्या भोग्नु परेको हो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना

    प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना

  • जीवनउपयोगी शिक्षा आवश्यक छ ’

    जीवनउपयोगी शिक्षा आवश्यक छ ’

  • नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

    नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

  • बैंक तथा वित्तीय संस्थामाथिको आक्रमणले चुनौती बढाएको छ : अध्यक्ष कोइराला

    बैंक तथा वित्तीय संस्थामाथिको आक्रमणले चुनौती बढाएको छ : अध्यक्ष कोइराला

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस १५ गते मंगलबार

    २०८२ पुस १५ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना

    प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना

    लापा खोला जलविद्युत आयोजना (४.७२ मे.वा.) को  परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण (RIEE) प्रतिवेदन तयारी सम्बन्धी  सार्वजनिक सूचना

    लापा खोला जलविद्युत आयोजना (४.७२ मे.वा.) को परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण (RIEE) प्रतिवेदन तयारी सम्बन्धी सार्वजनिक सूचना

    जीवनउपयोगी शिक्षा आवश्यक छ ’

    जीवनउपयोगी शिक्षा आवश्यक छ ’

    नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

    नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution